2026-07-07 04:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मुकुललाई पुनरावेदनका लागि ३५ दिनको समय, अहिले कार्यवाहकलाई नै निरन्तरता

असार २५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्कालै नयाँ महामन्त्री चयन नगर्ने भएको छ । आज महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गर्ने निर्णय मात्रै भएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

महामन्त्री बर्खास्त लगत्तै नयाँ महामन्त्री चयन गर्ने तयारी थियो । तर, बैठकमा केही केन्द्रीय सदस्यले कारबाहीमा पुनरावेदन गर्न सक्ने म्यादसम्म पर्खिने सुझाव दिएका थिए । रास्वपाको विधानमा कारबाहीमा पुरावेदनसम्बन्धी व्यवस्था छ । यसका लागि पुनरावेदन समिति बनाइएको छ ।


कति दिनसम्म पुनरावेदन गर्न पाउने भन्ने विधानमा व्यवस्था छैन । तर, आजको बैठकले ३५ दिन समय दिने निर्णय लिएको झाले बताए ।

‘उहाँले पुनरावेदन गर्नुभयो र यदि त्यसलाई स्वीकार गरियो भने त फेरि महामन्त्रीमा कमब्याक पनि त गर्न सक्नुहुन्छ, त्यसैले अहिले हतार नगरौँ भन्ने कुरा भयो,’ उनले भने ।

रास्वपा केन्द्रीय सदस्य सोभिता गौतमले न्याय निरूपण गर्ने सवालमा विधानलाई र नेपालको कानूनलाई अनुसरण गरेर अघि बढ्ने निर्णय गरिएको बताइन् ।

महामन्त्री चयन नगरिएपछि कार्यवाहकलाई नै निरन्तरता दिइएको छ । यसअघिको बैठकले कार्यवाहक महामन्त्रीमा कवीन्द्र बुर्लाकोटी र कार्यवाहक प्रवक्तामा मनिष झालाई तोकेको थियो । अर्को महामन्त्री र प्रवक्ता नबन्दासम्म उनीहरूले नै जिम्मेवारी सम्हाल्नेछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने