2026-07-07 03:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

देउवासँग शेखर-गगन समूहले माग्यो कम्तीमा ४ मन्त्री, को-को बन्दै छन् मन्त्री ?

असार ३०, काठमाडौँ ।  नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले आफ्नो समूहले कम्तीमा चार मन्त्री पाउनुपर्ने निष्कर्ष निकालेको छ । 

पार्टी सभापति शेरबहादुर देउवासँग कम्तीमा चार मन्त्री माग गर्ने निर्णय भएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले बताए ।

एमालेसँग मिलेर सरकार गठन गर्दा कांग्रेसले १० वटा मन्त्रालय पाउँदा ४ वटा आफूहरूले पाउनुपर्ने मत बनेको केसीले जानकारी दिए । ‘कांग्रेसले पाउने १० मन्त्रालयमा सामूहिक र उचित ढंगले निर्णय गर्नुपर्छ भन्ने हाम्रो मत छ,’ केसीले भने, ‘कांगेसले १० मन्त्रालय पाउने स्थितिमा ४ वटा हाम्रो समूहले पाउनुपर्छ भन्ने समान मत बनेको छ ।’


सभापतिले नाम मागेपछि आफ्नो समूहले बुझाउने उनले बताए । आफ्नो पक्षबाट सांसद जीवन परियारको नाम टुंगिएको उनले जानकारी दिए । ‘उहाँ यस अघिदेखि दाबेदार हो । समुदायको प्रतिनिनिधित्वको हिसाबले पनि जीवनजी यसपटक छुट्नु हुन्न,’ केसीले भने ।

परियारबाहेक यसपटक चन्द्र भण्डारी पनि समूहबाट मन्त्रीका लागि अर्का बलिया दाबेदार हुन् । कांग्रेसको शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले समावेशीता, भूगोल र योगदानकालाई आधार बनाउँदै मन्त्री चयन गर्ने मापदण्ड बनाएको थियो ।

कांग्रेसमा संस्थापनबाट प्रकाशमान सिंह, रमेश लेखक र आरजु राणा मन्त्री बन्ने पक्काजस्तै भइसकेको छ । लेखकले गृह र आरजुले परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

 यो समूहले ४ वटा मन्त्रालय दाबेदारी गरे पनि संस्थापन २ देखि ३ वटा मन्त्रालय दिने तयारी गरेको छ ।

बैठकमा शेखर-गगनसहित धनराज गुरुङ, जीवन परियार, बद्री पाण्डे, अर्जुननरसिंह केसी, दिलेन्द्र बडू, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल र डा. चन्द्र भण्डारी सहभागी थिए ।

कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । भोलि ११ बजे उनको प्रधानमन्त्रीले शपथग्रहण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने