४ श्रावण २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

साना दल पनि सरकारमा आउने भएपछि कांग्रेस-एमालेको मन्त्रालय संख्या कटौति, कसलाई कति ?

३० असार २०८१, आईतवार ०७:३८

असार ३०, काठमाडौँ । सरकारमा साना दल पनि सहभागी हुने भएपछि कांग्रेस एमालेको मन्त्रालय घट्ने भएको छ। सहमति अनुसार दुवै दलले आजै मन्त्रालय र मन्त्री टुंग्याउनेगरी आन्तरिक गृहकार्यमा छन्।

साना दलहरूलाई पनि सरकारमा सहभागी गराउनेबारे छलफल चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।साना दल सहभागी हुने भएपछि कांग्रेसले ९ र एमालेले ८ मन्त्रालय लिने गरी सहमति बन्ने गरी छलफल अघि बढेको उनले बताए।

उनले भने, ‘छलफल चलिरहेको छ। साँझसम्ममा सबै टुंगिन्छ। हामी सरकारको दायरा फराकिला बनाउने प्रयास गर्दैछौ। कुन कुन दल सहभागी हुन्छन् भन्ने साँझसम्ममा टुंगिन्छ।’


जसपा, जसपा नेपाल, लोसपा, जनमतलाई सरकारमा सामेल गर्नेबारे छलफल भइरहेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार अहिलेसम्म १७ मन्त्रालयमा कांग्रेस एमालेबीच भागबण्डा मिलिसकेको छ।

उनले भने, ‘२१ ओटा मन्त्रालयमा अहिले १७ मन्त्री बनाउने सहमति भइसकेको छ। साना दललाई चार मन्त्रालय राख्ने भन्ने छ।’

कांग्रेस एमाले दुई दलबीच मात्रै सहमति कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने सहमति भएको थियो। दुई दलबीच एक-एक जना उपप्रधानमन्त्री राख्ने सहमति भएको बताइन्छ।

कांग्रेसबाट प्रकाशमान सिंहले सरकारको नेतृत्व गर्दैछन् भने एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बन्ने सम्भावना छ।

नयाँ प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गर्दैछन्। प्रधानमन्त्रीसँग मन्त्रीहरूको पनि शपथ गराउने कांग्रेस-एमालेको तयारी छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिका द्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, एकको मृत्यु अफगानिस्तानमा सडक दुर्घटना, ४ जनाको मृत्यु भारतको बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की, खोजतलासपछि केही फेला परेन गाजामा खाद्य सङ्कट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता “युरोपेली सङ्घप्रति बोस्नियाली जनताको विश्वास कायमै” पूर्णिमाको ह्याट्रिकसहित नेपालको पहिलो हाफमै ६ गोल को अग्रता एमाले पोलिटब्युरो बैठकः उपाध्यक्षको प्रतिवेदनमा छलफल जारी पोखरामा चिनियाँ तस्बिर प्रदर्शनी मधेसको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त ईश्वर पोखरेल र कर्ण थापाको फेसबुक पोस्ट विवादको केन्द्रमा,कारबाही गर्न माग काभ्रेमा यात्रुबाहक बस दुर्घटनामा,२३ जना घाइते प्रकाशमान सिंहको संकेत: “अबको सभापति म नै होस् भन्ने कार्यकर्ताको चाहना छ” तनहुँमा चैतेधान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन नयाँ ट्रेन्ड: रेस्टुरेन्टमा खानाको बहानामा प्रेम खोज्दै महिलाहरू १२ वर्ष कान्छो श्रीमान्को कुटाइबाट ५० वर्षीया श्रीमतीको मृत्यु कर्ण थापालाई ओलीको चेतावनी – ‘कारबाहीको कुरा भोलि थाहा हुन्छ’ चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री एमाले पोलिटब्युरो बैठक सुरु अमेरिकाको मध्यस्थतामा सिरिया–इजरायल युद्धविराम, ड्रुज क्षेत्र अझै अशान्त