2026-07-07 03:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

साना दल पनि सरकारमा आउने भएपछि कांग्रेस-एमालेको मन्त्रालय संख्या कटौति, कसलाई कति ?

असार ३०, काठमाडौँ । सरकारमा साना दल पनि सहभागी हुने भएपछि कांग्रेस एमालेको मन्त्रालय घट्ने भएको छ। सहमति अनुसार दुवै दलले आजै मन्त्रालय र मन्त्री टुंग्याउनेगरी आन्तरिक गृहकार्यमा छन्।

साना दलहरूलाई पनि सरकारमा सहभागी गराउनेबारे छलफल चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।साना दल सहभागी हुने भएपछि कांग्रेसले ९ र एमालेले ८ मन्त्रालय लिने गरी सहमति बन्ने गरी छलफल अघि बढेको उनले बताए।

उनले भने, ‘छलफल चलिरहेको छ। साँझसम्ममा सबै टुंगिन्छ। हामी सरकारको दायरा फराकिला बनाउने प्रयास गर्दैछौ। कुन कुन दल सहभागी हुन्छन् भन्ने साँझसम्ममा टुंगिन्छ।’


जसपा, जसपा नेपाल, लोसपा, जनमतलाई सरकारमा सामेल गर्नेबारे छलफल भइरहेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार अहिलेसम्म १७ मन्त्रालयमा कांग्रेस एमालेबीच भागबण्डा मिलिसकेको छ।

उनले भने, ‘२१ ओटा मन्त्रालयमा अहिले १७ मन्त्री बनाउने सहमति भइसकेको छ। साना दललाई चार मन्त्रालय राख्ने भन्ने छ।’

कांग्रेस एमाले दुई दलबीच मात्रै सहमति कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने सहमति भएको थियो। दुई दलबीच एक-एक जना उपप्रधानमन्त्री राख्ने सहमति भएको बताइन्छ।

कांग्रेसबाट प्रकाशमान सिंहले सरकारको नेतृत्व गर्दैछन् भने एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बन्ने सम्भावना छ।

नयाँ प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गर्दैछन्। प्रधानमन्त्रीसँग मन्त्रीहरूको पनि शपथ गराउने कांग्रेस-एमालेको तयारी छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने