2026-07-07 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

घण्टी बजाउँदै, लौरो ठटाउँदै आएको देखेर कांग्रेस–एमाले मिले : रवि लामिछाने

साउन ३, काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशका दुई ठूला दल देशको स्वार्थका लागि रियलाइज गरेर एक नभएको ठोकुवा गरेका छन्। 

बिहीबार पार्टीले आयोजना गरेको नीति मन्थनलाई सम्बोधन गर्ने क्रममा सभापति लामिछानेले भागबन्डाको  राजनीति अझै मौलाउन सहयोग पुगेको बताए। 


‘हाम्रो जस्तो भागबन्डाको राजनीति, नियमक निकायमा नियुक्ति, संवैधानिक निकाय सबैतिर भागबन्डा चल्छ। सहि नीति लिएर अहिलेको सरकार बनेको भए गज्जब हुन्थ्यो,’ उनले भने, ‘अब एकपटक ठूला दल मिलेर देशका समस्या समाधान गर्न मुलुकको स्वार्थको लागि काम गर्नुपर्छ भनेर सरकार बनेको भए रिजल्ट दिन्थ्यो।’

उनले लौरो ठटाउँदै र घण्टी बजाउँदै स्वतन्त्रहरू निस्किएपछि कांग्रेस र एमाले मिलेको उनको भनाइ थियो। 

‘रियलाइजेसनको नतिजा अहिलको दुई ठूला दलको मिलनमा देखिँदैन। साँच्चै हामीले नराम्रो गरेकै कारणले भन्दा पनि यतबाट घण्टी बजाउँदै आए, उताबाट लौरा ठटाउँदै आए भनेर अहिले त मल्टिपार्टी होइन दुई पार्टी नै मिल्नुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति नै आइसकेको छ। त्यो रियलाइजेसनको कारणले भएको देखिँदैन,’ उनले भने। 

उनले कांग्रेस र एमालेको सत्ता सहकार्य अझै बढी खतरनाक हुनसक्ने पनि बताए। 

‘हामीले भागबन्डा गरेका होइनौँ। दुईवटा राजदूतको जुन कोटा छ त्यसमा देशबाट योग्य मान्छे जाउन् भन्ने हो,’ उनले भने, ‘हामीले राजदूत बन्नका लागि यो यो क्राइट एरिया हुनुपर्छ भन्ने स्पष्ट पारेका हौँ।’ 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने