Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विश्वासको मत मागेर संसद बैठकबाट कता लागे ओली ?

२०८१, ६ श्रावण आईतवार ११:२१

साउन ६,  काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले मागेको विश्वासको मतलाई लिएर अहिले संसदमा छलफल चलिरहेको छ । विश्वासको मतको पक्ष र विपक्षमा सांसदहरूले धारणा राखिरहँदा प्रधानमन्त्री अकस्मात् बैठकबाट बाहिर निस्किए ।

विश्वासको मत माग्दै ओलीले करिब एक घण्टा लामो सम्बोधन गरेका थिए । उनको सम्बोधनमा यसपालि विपक्षीहरूमाथि गालीगलौज र घोचपेच थिएन । बरु आफ्नो सरकारको सैद्धान्तिक विषयवस्तु र भिजन उनले प्रस्तुत गरे ।

प्रधानमन्त्रीपछि कांग्रेस सभापति शेरबहादुर देउवा र त्यसपछि एमालेकै गोकर्ण बस्नेतले रोष्टममा आएर बोले । दुवैले बोल्दा प्रधानमन्त्री ओली आफ्नो आसनमै थिए । माओवादी केन्द्रका महासचिव तथा पूर्वअर्थमन्त्री वर्षामान पुनले बोल्दा भने उनी उठेर हिँडे । पुनले ओलीको सम्बोधनको प्रतिवाद गरेका थिए ।

पुनपछि बोलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ओलीको खोजी गरेका थिए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यू हुनुहुन्न, सायद कतैबाट सुन्दै हुनुहुन्छ होला ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने ओली हिँडेकोप्रति असन्तुष्टि जनाए । प्रधानमन्त्री बैठकबाट बेपत्ता बनेको टिप्पणी उनले गरे ।

नेपालले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत मागिरहनु भएको छ । तर, अहिले यो हलबाट बेपत्ता हुनुहुन्छ । उहाँले संसदलाई महत्त्व नदिनुभएको जस्तो लाग्यो । आजको सदनमा उहाँको पूरा उपस्थिति आवश्यक थियो । सबैका विचार र धारणा सुन्ने धैर्यता राख्नुपर्थ्यो । सायद अरूका बचन सहन नसक्ने हो कि !’

स्रोतका अनुसार ओली संसदभित्रै छन् । उनी आफ्नो कार्यकक्षमा गएर बसेको बताइएको छ । केहीबेरमा जवाफी सम्बोधनका लागि उनी फेरि बैठकमा आउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश