2026-07-07 01:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यी हुन् रास्वपा केन्द्रीय समितिले गरेका सात निर्णय

साउन १०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधानमा आवश्यक परिमार्जन तथा संशोधनका कार्यदल बनाउने निर्णय गरेको छ।

बैठकले कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटी संयोजक रहेको कार्यदल गठन गरेको हो।

कार्यदलको सदस्यमा सोबिता गौतम, गणेश कार्की, डा. तोसिमा कार्की, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम,  नारायण घिमिरे र शंकर श्रेष्ठ रहेका छन्।

यसअघि महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समितिको बैठकले पनि विधान संशोधन कार्यदल बनाएको थियो। संयोजक रहेका महामन्त्री डा. मुकुल ढकाल निलम्बनमा परेपछि कार्यदल हेरफेर भएको हो।

बैठकले भदौको दोस्रो साता कर्णाली विशेष अभियान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त अभियानमा पार्टी सभापति रवि लामिछानेसमेत सहभागी हुने निर्णय भएको कार्यबाहक प्रवक्ता मनीष झाले जानजकारी दिए। अभियान सम्बन्धी कार्ययोजना सहप्रवक्ता विपिनकुमार आचार्यले तयार पार्ने निर्णय गरिएको छ।

यस्तै पार्टी, पार्टी पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरूलाई रणनीतिक रूपमा सक्षम बनाउन सघन प्रशिक्षण आयोजना गर्ने भएको छ। यसलाई क्लोज क्याम्प नाम दिइएको झाले जानकारी दिएका छन्।

आजको बैठकले पार्टीको केन्द्रीय विभागहरूमा विभिन्न मितिमा मनोनीत सदस्यहरूलाई अनुमोदन गर्ने निर्णय गरेको झाले बताएका छन्।

केन्द्रीय सदस्यबाट अल्पकालीन राजीनामा दिएका अरनिको पाँडेलाई केन्द्रीय समिति सदस्यमा पुनर्बहाली गर्ने निर्णय पनि आजको बैठकले गरेका थिए। उनी राष्ट्रिय योजना आयोगका सदस्य हुँदा पार्टी केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए। आयोगको सदस्यबाट हटेपछि केन्द्रीय समितिमा फर्किएका हुन्।

पार्टी सचिवालयले विभिन्न मितिहरूमा गरेका निर्णयहरूलाई अनुमोदन गरेको झाले बताए।

पार्टीका सम्बन्धमा सार्वजनिक बहसमा आएका सबै उपयुक्त विषयहरूमा अध्ययन अनुसन्धानका लागि केन्द्रीय अनुशासन आयोगलाई अनुरोध गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने