Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गिरीबन्धु बारे कांग्रेसमाथि लागेको आरोपमाथि छानबिन हुनुपर्छ- महामन्त्री शर्मा

२०८१, १३ श्रावण आईतवार ११:०९

साउन १३, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टी स्टेट बारे कांग्रेसमाथि लागेको आरोप छानबिन हुनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री ओलीले विगतमा गिरीबन्धुको ७० विघा जग्गा कांग्रेसले बेचेर खाएको भनी अभिव्यक्ति दिएको स्मरण गराउँदै उनले सो प्रकरणको छानबिन हुनुपर्ने माग गरेका हुन् ।


उनले भने- 'गिरीबन्धुको ७० विघा जग्गा कांग्रेसले बेचेर खाएको हो भनी सिंगो कांग्रेसलाई नै बदनाम गर्नेगरी एउटा आरोप लागेको थियो । यो बेलामा म सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, कांग्रेसका ती को व्यक्ति हुन तिनले छुट पाउन हुँदैन । यो आरोपको छानविन गरियोस् । नक्कली भुटानी शरणार्थीको प्रकरणमा पनि त्यही हो, निर्दोष कोही फस्न हुँदैन, दोषी कोही उम्किन हुँदैन ।'

महामन्त्री शर्माले पुर्व गृहमन्त्री रवि लामिछानेले आफ्नो कार्यकालमा फाइल नखोलेर हल्ला मात्र गरेको भन्दै आरोप लगाए । साथै शर्माले नयाँ गृहमन्त्रीलाई स्टन्ट नगरिकन, कसैको पक्षमा नलागी काम गर्न सुझाव दिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश