Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यी युवाले गरेका थिए सांसद सोवितासँग दुर्व्यवहार, भिडियोमा के छ ?

२०८१, २१ श्रावण सोमबार ०९:३६

साउन २१, काठमाडौँ । सोविताले संसद्‍मा बोल्ने क्रममा आफूलाई एउटा राष्ट्रिय दलसम्वद्ध युवाहरूले दुर्व्यवहार गरेको जिकिर गरेकी छन् ।

उनले फेसबुक प्रोफाइल हेर्दा उक्त गलफत्तीको भिडियो, प्रोफाइल र कभर फोटोका आधारमा ती युवा राष्ट्रिय दलका सदस्य रहेको जिकिर गरेकी थिइन् ।

सोविताको दाबीअनुसार त्यो विवादका क्रममा नदेखिएका तर फेसबुकमा भिडियो अपलोड गरेका युवा हुन् सुदीप फुयाँल । उनी राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता रहेको फेसबुक प्रोफाइलले देखाउँछ ।

फुयाँलले प्रोफाइलमा राप्रपाको चुनाव चिह्न हलो काँधमा बोकेको फोटो राखेका छन् । त्यस्तै कभरमा अध्यक्ष लिङ्देनसँगको फोटो छ । तर सोवितासँगको विवादमा उनी पनि थिए भन्ने भिडियोले पुष्टि गर्दैन । यद्यपि सोविताले ५ देखि ७ मिनेट विवाद भएको र अपशब्द पनि प्रयोग भएको बताइरहँदा सुदीपले भने पूरै हेर्नुस् भनेर केबल १ मिनेट ५३ सेकेन्डको मात्रै भिडियो फेसबुक र युट्युबमा पनि हालेका छन् ।

उनले उक्त प्रकरणको भिडियोमा आफ्नै क्षेत्रका युवाहरूले समस्या राख्दा सोविता भागेको दाबी गरेका छन् । ‘आफ्नै क्षेत्रका युवाहरूले समस्या राख्दा यसरी तर्केर हिँडिन् काठमाडौं क्षेत्र नं २ की संघीय सांसद (सोविता गौतम)’, उनले उक्त घटनाबारे यति लेखेका छन् ।

सोविताले भने जस्तै स्थानीयबासीले उनलाई घेरेर प्रश्न गरेको भिडियोमा देखिन्छ । उनी आफूलाई घेरेका युवाहरूसँग सवाल-जवाफमा पनि उत्रिएकी छन् । उनले त्यही प्रसंगामा गाँजा खाएका र मदिराले मातेका युवाहरूले घेरेर दुर्व्यवहार गरेको उनले सोमबार बसेको संसद् बैठकमा बताइन् ।

यस्तो छ १ मिनेट ५३ सेकेन्डको सवाल-जवाफ

सोविता : म गएर कुरा गर्छु

युवा : तपाईं गएर आउनेसम्म कुर्नुपर्ने हामीले, तपाईंलाई माथि कसले पुर्‍याएको ?

सोविता : तपाईं एकछिन पख्नुस् म बोल्छु पहिले

यसैबीच भिडियो लिइरहेका युवातिर स्वकीय सचिव आउर भिडियो नखिच्न भन्छिन् ।र

युवा : अगाडि नजितुन्जेल हाम्रो लागि आउने भन्ने

अर्का युवा : होइन नि हामीले त नेतालाई पो गाली गरेको त, उहाँलाई होइन नि

अर्का युवा : त्यसो भए हामी केही बोल्दैनौँ, झन्डा बोकेर मात्रै हिँड्छौँ

अर्का युवक : हामी भोट मात्रै माग्न हिँडिदिन्छौँ (नमस्कार गर्दै)

सोविता : यस्तो कुराले देश बन्दै न क्या

युवा : पहिले गाउँ घर बनाउनुपर्‍यो हाम्रो ठाउँ बनाउनुपर्‍यो ।

युवा : तपाईंले त नम्र भएर बोल्नुपर्‍यो नि

सोविता : त्यो होइन गाउँ बनाउन घर बनाउन तपाईं हामी त बस्नुपर्‍यो

युवा : मूल कुरा पहिले त हामी राम्रो हुनुपर्‍यो नि

सोविता: तपाईंले यही अपेक्षा गलत गर्नु हुन्छ, तपाईंले ढुंगा हाने त मलाई नि लाग्छ नि । तपाईंहरूले मिठो बोल्नुपर्यो ।

युवा : मिठो बोलेर काम भएन नि, मिठो बोल्ने भए त केपीको समर्थन गरिजान्थ्यौँ नि, रेल ल्याउँछु भन्छन् के ल्याउँछु भन्छन् ।

अर्का युवा : हामीले तपाईंलाई भेट्न खोजेको हो नि !

सोविता : तपाईंहरूलाई शुभकामना छ साथीहरू, राम्रो गर्नु भयो (यति भनेर बाटो लाग्छिन्)

एकजना युवा : कतिजनालाई रोजगारी दिनु भयो म्याम तपाईं सांसद भएदेखि ?

सोविता : रोजगारी मैले…..

सोविताकी स्वकीय : तपाईंहरू अफिसमा आउनुस् न ।

आफूलाई दुर्वयवहार गरिएको भिडियो काटेर अन्तिमको सानाे क्लिप मात्रै सामाजिक सञ्जालमा अपलोड भएको भन्दै शुरुमा आफूमाथि दुर्व्यवहारको चक्रब्युह रचिएको र सुरक्षामा चुनौती महसुस भएको बताएकी छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश