Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मुकुललाई साधारण सदस्यबाटै बर्खास्त गर्दै रास्वपा, पार्टी सिध्याउन षड्यन्त्र गरेको आरोप

२०८१, ३० श्रावण बुधबार ०८:१७

साउन ३०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुकुल ढकाललाई साधारण सदस्यबाट समेत बर्खास्त गर्ने प्रक्रिया थालेको छ । यसका लागि ढकाललाई रास्वपाले २४ घण्टाको समय दिएर स्पष्टीकरण सोधेको छ । 

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको हस्ताक्षर रहेको पत्रमा ढकालले पार्टीलाई समाप्त पार्ने षड्यन्त्रस्वरुप अन्य दलका नेतालाई भेट गरेको आरोप लगाइएको छ । तीन दिनअघि ढकालले एमाले अध्यक्ष केपी ओलीसँग भेटेको सार्वजनिक गरेका थिए ।


‘उल्लिखित विषयमा मिति २०८१।०४।२५ को केन्द्रीय समितिको निर्णय बमोजिम तपाईंलाई पार्टीले महामन्त्री, प्रवक्ता एवम् केन्द्रीय सदस्यबाट पदमुक्त गरेसँगै आफूमाथि गरिएको कारबाही मनासिब नलागेमा पार्टी विधानको धारा ५७ बमोजिम पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गर्ने समय दिइएकोमा पुनरावेदन नगरी तपाईंले सञ्चारमाध्यम लगायत विभिन्न माध्यमहरूबाट पार्टी हित विपरीत गई पार्टी तथा पार्टीका नेताहरूको छवि, इज्जत, प्रतिष्ठा धमिल्याउन लगातार झुठा आरोप लगाउने, अनर्गल प्रचार एवं पार्टी सदस्य तथा शुभचिन्तकहरूलाई भड्काउने, पार्टीभित्र भ्रम सिर्जना गर्नेजस्ता क्रियाकलापहरूमा निरन्तर लाग्नुभएको संलग्न स्रोतहरू समेतबाट देखिएको छ’, रास्वपाले सोधेको स्पष्टीकरणमा  भनिएको छ, ‘साथै यसबीचमा पार्टीलाई समाप्त पार्ने षडयन्त्रपूर्ण ढंगले अन्य दलका नेताहरूसँग भेटेको सूचना प्राप्त भएको छ ।’

पार्टीविरुद्ध नियोजित रूपमा निरन्तर सक्रिय भएको भन्दै पार्टीको साधारण सदस्यबाट हटाउनुनपर्ने जवाफ २४ घण्टाभित्र पेश गर्न ढकाललाई भनिएको छ । रास्वपाले यसअघि उनलाई महामन्त्री तथा प्रवक्ता पदबाट बर्खास्त गरेको थियो । यद्यपि, आफ्नो बर्खास्तीलाई उनले अवैधानिक भन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश