४ माघ २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महेश बस्नेत भन्छन्: सामाजिक सञ्जालले सबथोक हुने भए इजरायलमा हमासले स्टाटस बर्साउनुपर्ने हो

१९ भाद्र २०८१, बुधबार ०८:५२

भदौ १९, काठमाडौँ | नेकपा एमालेका नेता महेश बस्नेतले सामाजिक सञ्जालको प्रभाव र यसको सीमितताबारे आलोचनात्मक विचार प्रस्तुत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनफोलो गर्ने प्रवृत्तिको विरोध गर्दै उनले सामाजिक सञ्जालका फलोअर र स्टाटसले नेता वा प्रभावशाली व्यक्तिहरूको वास्तविक योग्यता र प्रभावको प्रतिनिधित्व नगर्ने मत राखेका हुन् ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले भनेका छन्, “सामाजिक सञ्जालमा भएका फलोअर्सकै कारण नेता हुने भए दीपिका पादुकोण भारतकी प्रधानमन्त्री हुनुपर्ने तथा पोर्नस्टार मिया खलिफासँग वार्ता गर्न बाइडेन आउनु पर्ने हो ।”

उनी अगाडि लेख्छन्, “रुस र युक्रेन युद्धमा बम र तोप हैन स्टाटस र ट्विट बर्सन पर्ने हो । इजरायलमा हमासले स्टाटस आक्रमण गर्नुपर्ने हो । बंगलादेशमा हसिनाका वस्त्र चोर्ने हैन, उनका पोस्टमा डिसलाइक हुनपर्ने हो । भारत र पाकिस्तानको क्रिकेटमा हार्ने खेलाडीको घर तोडफोड गर्ने आफ्नै टेलिभिजन फुटाउनुको सट्टा फेसबुकमा बटन थिच्नुपर्ने हो ।”

“नेपालको कुरा गरौं, ७० करोड भन्दै गोकुल बास्कोटाको खेदो खनियो, तर उल्टो आफूले गरेको विकासे योजनाको बजेट हान्देकै हो भनेपछि शिथिल भयो यो गैरसामाजिक सञ्जाल ।  के जेपी गुप्तालाई सञ्चार मन्त्रालयबाट अदालत र अदालतबाट जेल पुर्‍याएको सामाजिक सञ्जालले हो र ? के अफ्ताव आलम जेल पुगेको तिम्रै फेसबुकले हो र ? अमेरिकामा सबैले दुई पटक राष्ट्रपति खाँदा डोनाल्ड ट्रम्प पहिलोमा सीमित भएको यही फेसबुकले हो र ?”

बस्नेतले सामाजिक सञ्जाल असामाजिक बन्दै गएकाले यसलाई कानूनी रूपमा नियमन गर्न र भाइरल बन्ने रोगले ग्रस्त व्यक्तिहरूको उपचार गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बागमतीका मेयर र उपमेयरलाई झुटो वन मुद्दामा फसाउन खोजिएको भन्दै माओवादीको आपत्ति प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरूको बैठक, बैठकपछि संयुक्त पत्रकार सम्मेलन गर्ने माधव नेपाललाई धक्का : समाजवादी प्रेस संगठनका अध्यक्षसहितको टीम प्रेस चौतारीमा प्रवेश मदिराको सेवनले बढाउँछ यी ७ प्रकारका क्यान्सरको जोखिम, पुरुषमा भन्दा महिलामा अझ बढी (नयाँ अध्ययन) भक्तपुरको मनहरा खोलामा भेटियो पुरुषको शव हिजो राजावादी भए पनि मसँग आएपछि मातृभूमि जागरण अभियानका हुन् : भीम रावल दुई अर्ब बराबरको सम्पत्ति जफत गर्दै गृहमन्त्रालय उच्च अदालतले सरकारलाई सोध्यो: आशिका तामाङलाई किन थुनेको ? यूके र दुबई पठाइदिन्छु भन्दै १३ जनाबाट करिब ८५ लाख असुल्ने २ जना पक्राउ पहिलेको मुद्दाको सक्कल फाइल फेला नपरेपछि रविसहित १४ जनाविरुद्धको पूरक मुद्दा दर्तामा ढिलाइ १३ वर्षीया बालिकालाई बलात्कार अभियोगमा युवक पक्राउ रुपन्देहीमा कुटपिटबाट एक भारतीय मजदुरको मृत्यु, १९ वर्षीय युवक पक्राउ रास्वपा कार्यवाहक प्रवक्तामा प्रतिभा रावल एमाले छोड्न लागेको हल्ला निराधार : कर्ण थापा गोरखा सैनिक भर्ती पुनः सुरु गर्न भारतीय सेना प्रमुखको आग्रह प्रचण्डलाई गोकुलको प्रश्न : बडेमान नेताले सत्ता खुस्केको झोक सिस्टममाथि पोख्न मिल्छ ? आज पनि तोलामा १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? डा. निकोलस भुसाललाई बयानका लागी आज अदालत पेस गरिँदै आज दुई संसदीय समितिको बैठक बस्दै विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै