Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महेश बस्नेत भन्छन्: सामाजिक सञ्जालले सबथोक हुने भए इजरायलमा हमासले स्टाटस बर्साउनुपर्ने हो

२०८१, १९ भाद्र बुधबार ०८:५२

भदौ १९, काठमाडौँ | नेकपा एमालेका नेता महेश बस्नेतले सामाजिक सञ्जालको प्रभाव र यसको सीमितताबारे आलोचनात्मक विचार प्रस्तुत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनफोलो गर्ने प्रवृत्तिको विरोध गर्दै उनले सामाजिक सञ्जालका फलोअर र स्टाटसले नेता वा प्रभावशाली व्यक्तिहरूको वास्तविक योग्यता र प्रभावको प्रतिनिधित्व नगर्ने मत राखेका हुन् ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले भनेका छन्, “सामाजिक सञ्जालमा भएका फलोअर्सकै कारण नेता हुने भए दीपिका पादुकोण भारतकी प्रधानमन्त्री हुनुपर्ने तथा पोर्नस्टार मिया खलिफासँग वार्ता गर्न बाइडेन आउनु पर्ने हो ।”

उनी अगाडि लेख्छन्, “रुस र युक्रेन युद्धमा बम र तोप हैन स्टाटस र ट्विट बर्सन पर्ने हो । इजरायलमा हमासले स्टाटस आक्रमण गर्नुपर्ने हो । बंगलादेशमा हसिनाका वस्त्र चोर्ने हैन, उनका पोस्टमा डिसलाइक हुनपर्ने हो । भारत र पाकिस्तानको क्रिकेटमा हार्ने खेलाडीको घर तोडफोड गर्ने आफ्नै टेलिभिजन फुटाउनुको सट्टा फेसबुकमा बटन थिच्नुपर्ने हो ।”

“नेपालको कुरा गरौं, ७० करोड भन्दै गोकुल बास्कोटाको खेदो खनियो, तर उल्टो आफूले गरेको विकासे योजनाको बजेट हान्देकै हो भनेपछि शिथिल भयो यो गैरसामाजिक सञ्जाल ।  के जेपी गुप्तालाई सञ्चार मन्त्रालयबाट अदालत र अदालतबाट जेल पुर्‍याएको सामाजिक सञ्जालले हो र ? के अफ्ताव आलम जेल पुगेको तिम्रै फेसबुकले हो र ? अमेरिकामा सबैले दुई पटक राष्ट्रपति खाँदा डोनाल्ड ट्रम्प पहिलोमा सीमित भएको यही फेसबुकले हो र ?”

बस्नेतले सामाजिक सञ्जाल असामाजिक बन्दै गएकाले यसलाई कानूनी रूपमा नियमन गर्न र भाइरल बन्ने रोगले ग्रस्त व्यक्तिहरूको उपचार गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश