2026-07-06 08:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ऊर्जा राज्यमन्त्री तामाङलाई गृह जिल्लामा आफ्नै कार्यकर्ताबाट कालोझण्डासहित अवरोध

भदौ २४, रामेछाप । बीपी जयन्ती मनाउन गृहजिल्ला मन्थली पुगेका ऊर्जा राज्यमन्त्री तथा रामेछाप कांग्रेसका सभापति पूर्णबहादुर तामाङ कान्छारामलाई कांग्रेसकै जिल्ला सचिवको नेतृत्वको कालोझण्डासहित अवरोध सिर्जना भएको छ ।

मन्थली सामुदायिक अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्न जान लाग्दा जिल्ला कार्य समितिका सचिव दीपक खड्कासहित ४०/५०जना कार्यकर्ताले कालो झन्डा देखाएर नाराबाजीसहित अवरोध गरेका थिए ।

कार्यकर्ताको अवरोधपछि प्रहरीलाई ऊर्जा राज्यमन्त्री तामाङलाई अर्को बाटोतिरबाट लगेको थियो ।


उनीसँग रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपाने,नेता लेखबहादुर कार्कीलगायत थिए भने जिल्लाका वरिष्ठ नेता र पदाधिकारीले कार्यक्रम बहिस्कार गरेको नेविसंघ केन्द्रीय सदस्य चन्द्र थापा मगरले बताए ।

अवरोधका र कालेझण्डा देखाउने क्रममा प्रहरीसँग कांग्रेस कार्यकर्ताको केही बेर घम्साघम्सी समेत भएको थियो । कार्यक्रम स्थलबाहिर केही व्यक्तिले विरोध गरे पनि राज्यमन्त्रीको कार्यक्रम निर्बाध चलेको प्रहरीले जनाएको छ ।

ऊर्जा राज्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले पार्टीमा सल्लाह नगरी एकलौटी गरिरहेको भन्दै अन्य पदाधिकारी र सदस्यले उनलाई अवरोध गर्ने चेतावनी दिएका थिए ।

जिल्ला कार्य समितिका सचिव दीपक खड्काले आइतबार नै प्रेस विज्ञप्ति जारी गर्दै सभापति कान्छारामको विधान विपरीत तानाशाही प्रवृत्ति बढिरहेकाले त्यसकाविरुद्ध एकजुट हुन आह्वान गरेका थिए ।

उनले सभापतिले एकलौटी र छलफलविना गरेको कार्यक्रममा विद्रोहका नारा लगाउँदै विरोध कार्यक्रमहरू सञ्चालन गरिने भन्दै सबैलाई सहभागी हुन आव्हान गरेका थिए ।

कांग्रेस रामेछापमा लामो समयदेखि विवाद छ । यसअघि नेताहरूमाथि कुटपिट समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने