2026-07-06 08:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेसले भन्यो- उपसभामुखले गर्नै नहुने काम गर्नुभयो, राजीनामा दिनुपर्छ

भदौ २६, काठमाडौँ । नेपाली कांग्रेसलले उपसभामुख इन्दिरा रानाले गर्नै नहुने काम गरेको निष्कर्ष निकालेको छ ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले उपसभामुख रानालाई राजीनामा गर्न आग्रह गरेको छ । बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले भने, “उपसभामुखले गर्नै नहुने काम गर्नुभयो । उहाँको कदमले देशकै शिर झुकाएको छ । उहाँको सचिवालयमार्फत परराष्ट्र हुँदै हुनुपर्ने काम उहाँ आफैँले गर्नुभयो । यो गम्भीर कुरा हो । उहाँले राजीनामा दिनुपर्छ । सबै प्रक्रियामा जानुभन्दा उहाँ आफैँले मार्गप्रशस्त गर्दा राम्रो हुन्छ ।”


घिमिरेले यही कांग्रेसको संस्थागत धारणा भएको बताए । “अब हाम्रो संसदीय दलको बैठक पनि बस्दैछ । गठबन्धनको बैठक पनि बस्दैछ । त्यहाँ साझा धारणा बन्छ, त्यहीअनुसार हामी अगाडि बढ्छौँ,” उनले भने, “तर, उहाँको कदमले संसद्कै अपमानित गरेको छ भन्ने हाम्रो बुझाइ छ ।”

घिमिरेले बैठकले उपसभापति धनराज गुरुङ दोषी देखिए सजाय भोग्नुपर्ने निष्कर्ष निकालेको बताए । “उहाँ दोषी हो भने सजाय भोग्नुपर्छ । अन्यथा सम्बन्धविच्छेद नक्कली वा सक्कली भनेर बहस गर्न पाइँदैन,” उनले भने, “उहाँ आफैँले पनि ममाथि छानबिन होस् भनेर भनिसक्नुभएको छ ।”

उनले पार्टी उपसभापति गुरुङमाथि छानबिन गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने