2026-07-06 08:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नक्कली भुटानी शरणार्थी र गिरीबन्धु जग्गा काण्डले बुढानीलकण्ठ र बालकोटलाई मिलायोः दाहाल

भदौ ३०, झापा | नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा भएको सरकारले उठान गरेका मूलतः नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेट जग्गा घोटाला काण्डका कारण नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेको बताएका छन्।

आइतबार झापाको बिर्तामोडमा पार्टीद्वारा आयोजित प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै दाहालले यी दुई काण्डमा दुई पार्टीका ‘गतिलै’ नेताहरू पर्ने भएकाले बुढानीलकण्ठ र बालकोटको मिलन भएको बताए।


उनले भने, ‘हामीले निकै ठूल्ठूला भ्रष्टाचारका फाइल खोल्यौँ। तर यी दुईवटा फाइलले उनीहरूको निद्रा बिग्रियो र संसारमा हुँदै नभएको संसदका दुई ठूला दलको अप्राकृतिक गठबन्धन बन्यो।’

आफूले गिरीबन्धु टी स्टेटको ५१ बिघा जग्गा टेक्ने अवसर पाएको भन्दै त्यही जग्गा काण्डमा कांग्रेसले एमालेलाई र एमालेले कांग्रेसलाई दोष लगाएको दाहालले बताए।

उनले भने, ‘उनीहरूको त्यो एक–अर्काको आरोप भ्रष्टाचारीलाई जोगाउन बाहेक केही होइन।’

अहिलेसम्म प्राप्त उपलब्धिलाई सिध्याउने किसिमले संविधान संशोधनको कुरा ल्याए मान्य नहुने उनले बताए। बंगलादेशको घटना दोहोर्‍याउँदै उनले बहुमतको घमण्ड नगर्न कांग्रेस र एमालेका नेताहरूलाई चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने