2026-07-06 05:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जसपा नेपालले संविधान दिवसको विरोध गर्ने

असोज २, काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बोलाइएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा असोज ३ गते मनाउने संविधान दिवस, चार महिने अभियानलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

सो पार्टीले भदौ ९ गतेदेखि चार महिने साङ्गठनिक अभियान चलाइरहेको छ । प्रत्येक प्रदेशमा कार्यक्रम सम्पन्न गरिसकेको छ । अहिले पालिका र जिल्लाहरूमा कार्यक्रम जारी रहेको छ । बैठकमा त्यसको समीक्षा गर्नुका साथै असोज ३ गतेको संविधान दिवसबारे पनि छलफल गर्ने बताइएको छ ।

सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । उनले संविधान दिवसको विरोध गर्ने बताए । असोज ३ गते संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि विभिन्न प्रकारका कार्यक्रम आयोजना गरी संविधान संशोधनद्वारा यसलाई सच्याउनका लागि दबाब दिने समेत उनले बताए ।


संविधानको संशोधन, परिमार्जन र पुनर्लेखन गरी सङ्घीय संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व, राष्ट्रिय पहिचानको मान्यता, न्यायपालिकाको संरचनागत परिवर्तन लगायत विषयलाई समेट्नुपर्ने उनले बताए ।

जनआन्दोलन, जनयुद्ध, ऐतिहासिक मधेस जनविद्रोह लगायतका आन्दोलनमा सरकारसँग भएका सम्झौता, अन्तरिम संविधानमा भएका प्रावधान, पहिलो संविधानसभामा सर्वसम्मत भइसकेका विषय तथा जनताको अभिमतलाई समेत उपेक्षा गरिएको बताउँदै अध्यक्ष यादवले संविधानसभामा समेत छलफल नै नगराई जबरजस्ती सरकारले जनतामाथि दमन गरी जारी गरिएको संविधान विभेदकारी र त्रुटिपूर्ण रहेको दाबी गरे ।

यो संविधानले मधेसी, आदिवासी जनजाति, दलित÷शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसङ्ख्यक समुदायहरूका साथै उत्पीडित जात÷जाति एवम् समुदायहरूले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्न नसकेको बताउँदै उनले संविधानमा सङ्घीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरू पनि अधुरो र अपूर्ण भएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा