२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो

२०८१, ४ आश्विन शुक्रबार ०८:५०

असोज ४, काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले ११ सय २४ पृष्ठलामो पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको प्रतिवेदनमा रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानको बयान पनि उल्लेख छ । बयानमा रविले आफुलाई  दोषी देखाउने होडमा सहकारी समस्यालाई एकदमै धेरै जटिल बनाइएको बयान दिएका छन् । साथै उनले बयानमा जिबी राईले आफ्नो नाममा र सयौं अन्य व्यक्तिहरुको नाममा लिएको ऋण फर्जी भएको बताएका छन् ।


साथै उनले सहकारीबाट एक रुपैया नलिएको र गोरखा मिडियामा रहँदा आफ्नो बिज्ञताको जिम्मेवारी बाहेक अन्य कार्यमा संलग्नता नरहेको समितिलाई बताएका छन् ।

समितिले सोधेका ५१ वटा प्रश्नको उनले जवाफ दिएका छन् । सोक्रम अन्त्यमा लामिछानेले समितिलाई दिएको बयान-   

मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई एकदमै धेरै जटिल बनाइयो। जबकि मेरो संलग्नता ग्यालेक्सी टेलिभिजनबाट सुरु भएर ग्यालेक्सी टेलिभिजनबाटै सकिन्छ, तर यसलाई राजनीतिक विषय बनाइँदा सहकारी प्रति नै मानिसको विश्वास उड्यो जसले अर्थतन्त्रलाई निकै ठूलो धक्का दियो ।

सहकारी पिडितलाई न्याय दिन खर्च गर्नु पर्ने समय मलाई दोषी देखाउन खर्च गरियो। यो विषय फौजदारी कसूरको विषय हो। यसलाई अनुसन्धान गर्ने निश्चित निकायहरु विद्यमान छन्। र ती निकायहरूले आफ्नो सम्पूर्ण क्षमता लगाएर अनुसन्धान गरेका पनि हुन् । सहकारीको बचत रकम अपचलन गर्नेहरू अनुसन्धानको दायरामा छन्। प्रमाणले भ्याएकाहरू कोही छुटेका छैनन्। कुनै पनि व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सानो भन्दा सानो आधार पनि पर्याप्त हुन्छ। मेरो संलग्नताको खोजी गर्न सरकारले कुनै कसूर बाँकी राखेन ।

जिबी राईले मेरा नाममा र म लगायत सयौं व्यक्तिहरुको नाममा लिएको ऋण फर्जी हो भनेर प्रमाण जुटाई मुद्दा चलाइसक्दा पनि र उक्त ऋण लिदा पूरा गर्नु पर्ने कुनै पनि प्रक्रिया पूरा नगरी करोडौ रुपैयाको अपचलन भएको प्रमाण जुटाइसक्दा पनि राज्य म माथि नै केन्द्रित भयो, मिडिया म माथि नै खनियो तर सहकारीको समस्या समाधान गर्नेतर्फ केन्द्रित हुन सकेन ।

यसले पीडितले न्याय पाउने कुरा निकै पर धकेलियो । यो विषय यति जटिल हुने नै थिएन। यदि मैले कुनै सहकारीबाट ऋण लिएको भए प्रमाण हुन्थ्यो। प्रमाण भएको भए म ऋणी हुन्थे। ऋणी भएको भए ऋण तिर्ने दायित्व हुन्थ्यो। तर ऋणी कसरी ठग हुन सक्छ? त्यसमाथि सिंगो राज्य लागेर गरेकी अनुसन्धानमा यत्रो प्रचार गरिएको अपचलनमा एक त्यान्द्रो पनि प्रमाण भेटिएन किनकी मैले सहकारीको पैसा अपचलन गरेको थिइन छैन ।

मिडियाले जे जे भन्यो राज्य र विपक्षी दलहरू त्यसैमा विश्वास गर्ने तिर लागे। संसदमा मैले ऋण लिन निवेदन दिएको प्रमाण छ भनियो। मैले त्यो प्रमाण दिनुस, राजनीति छोडिदिन्छु भनेर चुनौती दिएँ। त्यस्तो प्रमाण छ भनिएको आज १०६ दिन भयो त्यो एउटा प्रमाण मैले पाउन सकिन। गोरखा मिडियामा रकम आएको हो भने ल्याउने मानिस पनि देखिएकै होला कुनै पनि कम्पनीको कुनै पनि जिम्मेवारीमा रहनु भनेको आफुले गर्दै नगरेको तर अरू साझेदारले गरेको गल्तिको भारी बोक्नु हो र ? त्यसमाथि सम्पूर्ण दायित्व बुझाएर, आफ्नो शेयर आधिकारीक रुपमा फिर्ता गरी उक्त शेयरको दायित्वबाट मुक्त भईलगतकट्टा समेत सम्पन भएको अवस्थामा बाहिरीएको शेयर सदस्यको कुनै जिम्मेवारी हुन्छ र कम्पनी छोडेको डेढ वर्षपछि सार्वजनिक भएको विषयमा मैले कसरी के आधारमा जानकारी पाउन सक्थे ?

मैले सहकारीबाट एक रुपैया लिएको छैन, गोरखा मिडियामा रहँदा आफ्नो बिज्ञताको जिम्मेवारी बाहेक अन्य कार्यमा मेरो संलग्नता छैन। सहकारी त परको कुरा गोरखा मिडियाभित्रैको पनि अन्य कसैले गरेको बदमासीको जिम्मेवारी मैले लिनुपर्ने कुनै आधार म देखिन। मेरो पेटमा सहकारीको एक रुपैया परेको छैन। मैले ऋण लिएको प्रमाण पनि छैन र ऋण लिएको पनि छैन, मेरो बैंक खातामा कुनै सहकारीबाट रकम जम्मा भएको छैन, मैले उल्लिखित सहकारीहरूमा ऋण माग गरेको छैन, अभियोग पत्रहरूमा मैले ऋण लिएको पुष्टि भएको छैन, गैरकानूनी ऋण प्रवाहमा मेरो कतै संलग्नता छैन । म निर्दोष छु । 

आफ्नाबारे उठेका कुराहरुलाई स्पष्ट पार्ने अवसर दिनु भएकोमा यस सम्मानित समितिका माननिय सभापती लगायत सम्पूर्ण माननीय सदस्यहरु र कर्मचारीहरू प्रति आभारी छु । उपरोक्त प्रश्नहरूको जवाफ मैले भने बमोजिम कम्प्युटर टाइप गरी उतार गरिएको छ। जम्मा पाना १७ को उक्त विवरण मैले संसदीय समितिको बैठकमा स्वतन्त्र रूपमा खुलाएको हुँ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो