2026-07-06 05:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाले महाधिवेशन गर्ने विधानमा गर्‍यो संशोधन

असोज ५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षमा दुईपटक महाधिवेशन गर्ने विधानको व्यवस्थालाई संशोधन गरेको छ ।

विधान संशोधन सुझाव कार्यदलले तयार गरेको सुझाव अनुसार १ र २ असोजमा बसेको राष्ट्रिय भेलाले संशोधित विधान पारित गरेको हो ।

पाँच वर्षको अन्तरमा दुईपटक महाधिवेशन गर्ने यसअघिको व्यवस्थालाई हटाइएको छ । यसअघि एक महाधिवेशनबाट अर्को महाधिवेशनको समयावधि १८ महिना देखि ३६ महिनाको फरकमा दुईपटक हुने व्यवस्था हटाएर पाँच वर्षमा एकपटक गर्ने गरी संशोधन गरिएको छ ।

संशोधित विधानमा कोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता बाहेकका पदाधिकारी निर्वाचनबाट छनोट गरिने व्यवस्था गरिएको छ । यी तीन पदमा भने सभापतिले मनोनीत गर्नेछन् । १३ जना पदाधिकारीमा उपसभापति, सहमहामन्त्री, कोषाध्यक्ष वा सह कोषाध्यक्ष र सहप्रवक्तामा एक महिला अनिवार्य गरिएको छ ।

२१ जना सचिवालय हुने यसअघिको व्यवस्थालाई संशोधन गरि २५ जना हुने गरी विधानमा व्यवस्था गरिएको छ । केन्द्रीय सदस्य १२१ बाट बढाएर १२९ जनाको बनाइएको छ ।

संशोधित विधानमा प्रदेश अनुसारको कार्यसमितिको प्रदेशगत संख्या तोकिएको छ । कोशीमा ६१, मधेसा ५९, बामगतीमा ६५, गण्डकी ४८, लुम्बिनी ५७, कर्णाली ४० र सुदूरपश्चिम ४४ जनाको प्रदेश समिति गरी विधान बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा