कात्तिक २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मजदुर वर्गको समस्या समाधानका लागि आफू र आफ्नो सरकार गम्भीर रहेको बताएका छन । 

प्रधानमन्त्री निवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मजदुर वर्गको समस्या समाधानका लागि आफू र आफ्नो सरकार गम्भीर रहेको बताएका छन । 

प्रधानमन्त्री निवा"/>

2026-07-07 02:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मजदुरका समस्या समाधान गर्न कुनै कसर बाँकी राख्दिन: प्रधानमन्त्री

2016-11-12

कात्तिक २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मजदुर वर्गको समस्या समाधानका लागि आफू र आफ्नो सरकार गम्भीर रहेको बताएका छन । 

प्रधानमन्त्री निवास बालुवाटरमा आज पुगेको अखिल नेपाल ट्रेड युनियन महासङ्घको प्रतिनिधि मण्डलसँग भएको भेटमा उनले आफू मजदुर किसान वर्गको मुक्तिका लागि अनवरत सङ्घर्षमा रहेको भन्दै अहिले सरकारमा रहेर मजदुरका समस्या समाधान गर्न कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरे । 

वर्तमान सरकारले सक्ने जति समस्या समाधान गर्न आफ्नो ध्यान गएको स्पष्ट गर्दै प्रधानमन्त्री दाहालले त्यसका लागि सबै क्षेत्रबाट सहयोग आवश्यकपर्ने बताएको उनका सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 

भेटमा महासङ्घका अध्यक्ष शालिकराम जम्मकट्टेलले केही समयअघि पारित भएको औद्योगिक व्यवसाय ऐन मजदुरको पक्षमा नभएको भन्दै यसलाई संशोधन गर्न तथा संसद्मा पुगेको श्रम ऐनको संशोधन विद्येयक र सामाजिक सुरक्षा ऐनलाई मजदुरमैत्री बनाउन आग्रह गरेका थिए । 

उनले संविधानमा राष्ट्रिय मजदुर आयोगको व्यवस्था, मजदुरको समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्न, यातायात क्षेत्रका मजदुरका समस्या सम्बोधन गर्न, ‘इ’ रिक्सालाई व्यवस्थित गर्न नियमावली तयार गर्न तथा सरकारी ज्यालादारी र करारमा नियुक्त कर्मचरी, कामदारलाई अन्य सरकारी कर्मचारीसरह सेवा सुविधा दिन आग्रह गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने