दिपक अनुरागी | मङ्सिर २१, कपिलवस्तु | पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई अलग गर्ने गरी सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको बिरोधमा आन्दोलन जारी रहे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिपक अनुरागी | मङ्सिर २१, कपिलवस्तु | पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई अलग गर्ने गरी सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको बिरोधमा आन्दोलन जारी रहे"/>
2026-06-25 05:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सरकार विरुद्ध गोरुसिङगेका हजारौँ जनता सडकमा ओर्लिए

दिपक अनुरागी | मङ्सिर २१, कपिलवस्तु | पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई अलग गर्ने गरी सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको बिरोधमा आन्दोलन जारी रहेको छ । सोमबार कपिलवस्तुको गोरुसिंगेमा संघर्ष समितिको आह्वानमा वृहत् र्याली निकालिएको थियो । 

र्याली पछिको सभालाई सम्बोधन गर्दै नेकपा एमालेका युवा नेता एवं केन्द्रीय सदस्य खिमलाल भट्राईले जनताको भावनामा कुठाराघात गर्ने अधिकार कसैलाई नरहेको वताए । पाँच नम्बर प्रदेशका पहाड र तराईलाई अलग गराउने सरकारको प्रस्ताव यथा शिघ्र फिर्ता लिनु पर्ने उनले वताए । व्यवसायीहरूले पहाडबाट घिउ र तराईबाट नुन साट्ने सदियौं देखिको सम्बन्ध रहेकोले पहाड–तराई छुट्याउने प्रस्ताव फिर्ता लिन सरकारलाई उनले आग्रह गरे ।  

पाँच नम्बर प्रदेश जोगाउने एजेन्डा कुनै एउटा दलको नभई सिंगै पाँच नम्बर प्रदेशको भएकोले यसलाई जोगाउन पनि आन्दोलित भएको उनले स्पष्ट पारे । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले राष्ट्रको पक्षमा जनता भएकाले यो आन्दोलन उत्कर्षमा पुग्ने दावी गरे ।  

कार्यक्रममा नेपाली कांग्रेसका पुर्व महाधिवेशन प्रतिनिधि पदम खनालले पार्टि भन्दा राष्ट्र ठुलो भएको बताए । राष्ट्र अहिले गम्भिर संकटमा परेको बताउदै राष्ट्र बचाउन आफ्ना राजनितिक सहकर्मीलाई आग्रह गरे । 

सो अवसरमा एमालेका आजाद अहमद दर्जी, राष्ट्रिय जनमोर्चाका राम प्रसाद वेल्वासे, नेकपा मालेका राजेश श्रेष्ठ, नेविसंघका महाधिवेशन प्रतिनिधि रुपक खनाल, अनेरास्ववियुका जिल्ला अध्यक्ष विकास आचार्य लगायतले वोल्दै अविलम्ब संविद्यान संसोधन फिर्ता लिन सरकारलाई जोडदार माग गरेका थिए । 

राष्ट्रिय झन्डा सहित स्वःतस्र्फुत सहभागी भएका हजारौं जनताले  पाँच नम्बर प्रदेश कायम गर, प्रदेश टुक्राउन पाइँदैन, संविधान संशोधन चाहिँदैन, संशोधन प्रस्ताव फिर्ता गर, नेपाली एकता कायम गर, हिमाल पहाड तराई, कोही छैन पराईजस्ता नाराले सडक गुञ्जायमान भएको थियो । 

यसअघि जिल्ला सदरमुकाममा प्रदर्शन गर्न कार्यक्रम आयोजना गरिएको भएपनि जिल्ला प्रशासनले सम्पुर्ण बजार क्षेत्रमा निशेधाज्ञा लगाएपछि आन्दोलनरत दलले पुर्व निर्धारित कार्यक्रम परिवर्तन गर्दै गोरुसिङगेमा बिशाल जनप्रर्दशन गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने