Skip to content
Friday, July 17, 2026 Nepali Online Media

एमाले बिरुद्ध कपिलवस्तुमा भण्डाफोर, ओलीको पुत्ला जलाइयो

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मनिष गुप्ता | मङ्सिर २२, बहादुरगंज (कपिलवस्तु) | कपिलवस्तु जिल्लाको बहादुरगंजमा मंगलबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।

मंसिर १४ गते संशोधन प्रस्ताव दर्ता हुने बित्तिकै एमाले पार्टीले प्रदेश नः५ अखण्ड राख्नुपर्ने मांग गर्दै बुटवल लगायत महेन्द्र राजमार्ग अवरुद्ध पारेको छ । सो बन्दको बिरोध स्वरुप संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा तथा संघीय गठबन्धनले एमाले पार्टीको भण्डाफोर तथा केपी शर्मा ओलीको पुत्ला दहन कार्यक्रम गरिएको हो ।

क्षेत्र नः ५ मा पहाडी जिल्ला समावेश गराई बिष्णु पौडेललाई मुख्यमन्त्री बनाउने ओलीको सपनालाई धक्का दिने संशोधन प्रस्ताव पेश भएको कारणले नै एमालेले बन्दको घोषणा गरेको हो भन्ने बुझाई पुर्व राज्यमन्त्री ईश्वर दयाल मिश्रको रहेको छ । पुर्व राज्यमन्त्री मिश्रका अनुसार तीन ठुला दलले मधेशको मांग सम्बोधन नगरिए ब्यावस्थापिका संसदको म्याद बढाउनको लागि यस्तो संशोधनको षड्यन्त्र रचेको हो । उनले भने – 'एमाले अध्यक्ष ओली त्यसको मुख्य नायक हुन जसको सिके राउतसंग अन्तरसम्बन्ध रहेको छ, राउतले मधेशलाई बिखण्डित गर्ने कार्यक्रम गर्दै आएको छ भने ओलीले त्यसमा घ्यू हाल्ने काम गर्दै आएका छन् ।' राजमार्गमा पुग्ने र चक्काजाम गर्ने कार्य एमाले कार्यकर्ता र त्यसका भार्तसंगठन मात्रै रहेको मिश्रको दाबी छ ।

नेकपा एमालेले गर्दा नै संविधान संशोधन अवरुद्ध भएको तथा बन्द अराजकता बढेको उनले बताए, आफ्नो बहुमतको दम्भ देखाउदै आएकोले अहिले देश जटिल मोडमा आईपुगेको सदभावना पार्टीका केन्दीय सदस्य रविदत्त मिश्रको भनाई छ ।

ओलीको पुत्ला दहनमा संघिय युवा मोर्चाका जिल्ला अध्यक्ष अजित सिहं, सदभावना पार्टीका शिवकुमार गुप्ता, राहुल सिहं लगायत मधेशी दलका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।