मनिष गुप्ता | मङ्सिर २२, बहादुरगंज (कपिलवस्तु) | कपिलवस्तु जिल्लाको बहादुरगंजमा मंगलबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओली"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मनिष गुप्ता | मङ्सिर २२, बहादुरगंज (कपिलवस्तु) | कपिलवस्तु जिल्लाको बहादुरगंजमा मंगलबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओली"/>

2026-10-31 06:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

एमाले बिरुद्ध कपिलवस्तुमा भण्डाफोर, ओलीको पुत्ला जलाइयो

मनिष गुप्ता | मङ्सिर २२, बहादुरगंज (कपिलवस्तु) | कपिलवस्तु जिल्लाको बहादुरगंजमा मंगलबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।

मंसिर १४ गते संशोधन प्रस्ताव दर्ता हुने बित्तिकै एमाले पार्टीले प्रदेश नः५ अखण्ड राख्नुपर्ने मांग गर्दै बुटवल लगायत महेन्द्र राजमार्ग अवरुद्ध पारेको छ । सो बन्दको बिरोध स्वरुप संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा तथा संघीय गठबन्धनले एमाले पार्टीको भण्डाफोर तथा केपी शर्मा ओलीको पुत्ला दहन कार्यक्रम गरिएको हो । 

क्षेत्र नः ५ मा पहाडी जिल्ला समावेश गराई बिष्णु पौडेललाई मुख्यमन्त्री बनाउने ओलीको सपनालाई धक्का दिने संशोधन प्रस्ताव पेश भएको कारणले नै एमालेले बन्दको घोषणा गरेको हो भन्ने बुझाई पुर्व राज्यमन्त्री ईश्वर दयाल मिश्रको रहेको छ । पुर्व राज्यमन्त्री मिश्रका अनुसार तीन ठुला दलले मधेशको मांग सम्बोधन नगरिए ब्यावस्थापिका संसदको म्याद बढाउनको लागि यस्तो संशोधनको षड्यन्त्र रचेको हो । उनले भने – ‘एमाले अध्यक्ष ओली त्यसको मुख्य नायक हुन जसको सिके राउतसंग अन्तरसम्बन्ध रहेको छ, राउतले मधेशलाई बिखण्डित गर्ने कार्यक्रम गर्दै आएको छ भने ओलीले त्यसमा घ्यू हाल्ने काम गर्दै आएका छन् ।’ राजमार्गमा पुग्ने र चक्काजाम गर्ने कार्य एमाले कार्यकर्ता र त्यसका भार्तसंगठन मात्रै रहेको मिश्रको दाबी छ । 

नेकपा एमालेले गर्दा नै संविधान संशोधन अवरुद्ध भएको तथा बन्द अराजकता बढेको उनले बताए, आफ्नो बहुमतको दम्भ देखाउदै आएकोले अहिले देश जटिल मोडमा आईपुगेको सदभावना पार्टीका केन्दीय सदस्य रविदत्त मिश्रको भनाई छ ।

ओलीको पुत्ला दहनमा संघिय युवा मोर्चाका जिल्ला अध्यक्ष अजित सिहं, सदभावना पार्टीका शिवकुमार गुप्ता, राहुल सिहं लगायत मधेशी दलका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय