2026-09-16 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सरकार विरुद्धको आन्दोलन रचनात्मक बन्दै

दिपक अनुरागी/पूस ७, कपिलवस्तु । सरकारले संसदमा दर्ता गरेको संबिधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै ५ नम्बर प्रदेशमा करिब १ महिना देखि आन्दोलन चलिरहेको छ । शुरुवातका दिनमा हप्ता एक बन्द गरी चरणबद्ध आन्दोलनमा उत्रेका कपिलवस्तु लगायत जिल्लाका राजनितिक दलले अहिले भने आन्दोलनलाई रचनात्मक तरिकाले अगाडी बढाइरहेका छन् । 

मङ्गलबार युवा तथा विद्यार्थीले सिठ्ठि जुलुस निकालेर सरकारको विरोध गरेका थिए भने बुधबार महिलाहरुले थाल ठटाएर सरकारको ध्यानाकर्षण गरेका छन् । आज जिल्लाको चन्दैटामा शिक्षक, प्रध्यापक, अधिकारकर्मी, पत्रकार, नागरिक समाजले कार्यक्रम गर्न लागेको संयुक्त आन्दोलन संघर्ष समितीका संयोजक तथा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिनुभयो । 

उक्त कार्यक्रममा सहभागीता जनाउनु हुन संघर्ष समितिका सहसंयोजक डोलकराम घिमिरेले सबैमा आह्वान पनि गर्नुभएको छ । 

यसैबिच मनाव अधिकार एलाइन्सका जिल्ला अध्यक्ष रोमकान्त घिमिरेले प्रदेश टुक्राउने निर्णय जनभावना विपरित भएकोले सबैलाई उपस्थितीको लागी आग्रह गर्नुभएको छ । यो बिषय कुनै पार्टिको नभई समग्र प्रदेशका नागरिकको भएकोले आन्दोलनमा सहभागीता जनाउनु हुन उहाले विज्ञप्ति मार्फत आग्रह गर्नुभएको छ । 

उता प्रेस चौतारीका केन्द्रिय सदस्य पार्वती पाण्डे र शाखा अध्यक्ष हरी अधिकारीले पनि चन्द्रौटामा आज हुन लागेको कार्यक्रममा सहभागी हुन सबै पत्रकारलाई आग्रह गर्नुभएको छ । समग्र पत्रकारिता जगतले पनि प्रदेश टुक्राउने कदम प्रति विरोध गरेको जनाउदै सरकारलाई कलमबाट दबाब दिनुपर्ने बताउनुभएको छ ।

यसैबिच कपिलस्तुका अधिकारकर्मी पोमनारायण पौडेलले पाच नम्बर प्रदेश टुक्राउने सरकारको कदम जनभावना विपरित रहेको तर्क गर्नुभएको छ । सरकारले उक्त निर्णय गर्दा वित्तिकै प्रदेशभरी भैरहेको आन्दोलनलाई सामान्य रुपमा नहेर्न सरकारलाई अधिकारकर्मी पौडेलले आग्रह गर्नुभएको छ । 

आज चन्द्रौटा हुन गैरहेको विरोध कार्यक्रममा उपस्थित हुन पनि उहाले सबैमा आग्रह गर्नुभएको छ । आफ्नो अधिकारको आन्दोलनमा स्वर्तस्फूत सहभागी भई संघर्षलाई उपलब्धिमुलक बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल