दिपक अनुरागी/पुस २६, कपिलवस्तु । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले पार्टि भन्दा ठुलो राष्ट्रियता भएको बताउनुभएको छ । 

अहिले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिपक अनुरागी/पुस २६, कपिलवस्तु । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले पार्टि भन्दा ठुलो राष्ट्रियता भएको बताउनुभएको छ । 

अहिले"/>

2026-09-16 01:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नेता भण्डारीको प्रश्न -घरमा आगो लागिरहेछ, टुलु टुलु हेर्ने कि दमकल खोज्ने ?


दिपक अनुरागी/पुस २६, कपिलवस्तु । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले पार्टि भन्दा ठुलो राष्ट्रियता भएको बताउनुभएको छ । 

अहिलेको जल्दोबल्दो राजनितिक बिषयबस्तु पाच नम्बर प्रदेशको बारेमा बोल्दै नेता भण्डारीले घरमा आगो लागिरहेको बेला टुलु टुलु हेरेर बस्न नमिल्ने बताउनुभयो । कपिलवस्तुको जीतपुरमा पार्टि कार्यकर्ता संग मङ्गलबार संक्षिप्त कुराकानी गर्दै उहाले पार्टि भन्दा ठुलो देश र राष्ट्रियता भएकाले कार्यकर्तालाई प्रदेश टुक्राउने निर्णयको विरुद्धमा लाग्न निर्देशन दिनुभयो ।

प्रदेश टुक्राउने निर्णय पार्टिको आधिकारिक धारणा नभएकोले आफुहरु आन्दोलनमा जान नसकेको भन्दै पार्टि कार्यकर्ताले नेता भण्डारी समक्ष गुनासो गरेका थिए । गुनासो माथि जवाफ दिदै नेता भण्डारीले भन्नुभयो, “घरमा आगो लागिरहेको छ, दमकल लिएर निभाउन जाने कि टुलु टुलु बसेर हेर्ने ? अब यसको जवाफ दिनुहोस । ”

अहिले पार्टि भित्र आगो लागिरहेको छ भन्ने उहाकोे आशयले प्रष्ट हुन्थ्यो । संबिधान संशोधन विधेयक लैजानु पुर्व पार्टिमा गहन छलफल हुनुपर्ने बेला अहिले सम्म कुनै छलफल हुन नसकेको उहाले खुलासा गर्नुभयो । नेतृत्वलाई पार्टिको केन्द्रिय समितीको बैठक राख्न भने पनि बैठक बसाल्न नसकेको उहाले जनाउनुभयो । पाच नम्बर प्रदेश कुनै पनि हालतमा नटुक्रिने उहाँले स्पष्ट पार्नुभयो ।  

हालै सर्वोच्चो अदालतले गरेको फैसला सकारात्मक भएको भन्दै उहाले संबिधान संशोधनको बारेमा बहस गर्न मिल्ने भएपनि पारित हुन नसक्ने तर्क दिनुभयो । संसदमा संशोधन विधेयक दर्ता भएपनि पारित हुन नसक्ने उहाको दाबी थियो ।

नेपाली कांग्रेस गुल्मिका सासंद समेत रहनुभएका नेता भण्डारीले पार्टिले समयमा ढङ्ग नपु¥याउने हो भने भविष्यतामा ठुलो घाटा पुग्ने ठोकुवा गर्नुभयो । एमालेले हाल राष्ट्रियताको नारा बोकेर जनताको बिचमा पुगेको प्रति इंकित गर्दै उहाले भन्नुभयो, गणतन्त्र कम्युनिष्टले ल्याए भन्छन्, धर्मनिरपेक्षता हिन्दुधर्मका बिरोधीले ल्याएको भन्छन्, संघियता मधेसी दलले ल्याएको हो भन्छन्, नेपाली कांग्रेसले ल्याएको संबिधान हो त्यहि पनि अहिलेको नेतृत्वले गर्दा गुम्ने खतरा बढ्यो ।

संबिधान जारी गर्दा जसरी देशका मुख्य राजनितिक दल मिलेका थिए संबिधान कार्यान्वयनको बेलामा पनि मिल्नुको बिकल्प नभएको नेता भण्डारीले जनाउनुभयो । भारत तर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, ‘ जसरी संबिधान जारी गर्दा ताका भारतले रोक्ने प्रयास गरेको थियो मानेनौ, अहिले त्यहि राजनितिक बातावरणको आवश्यक्ता देशमा छ । ’ तीन दल भुट्दा भारत नेपाल माथि खेल्ने वातावरण पाएको उहाँले जनाउनुभयो ।

भारत प्रति निकै आक्रमक रुपले प्रस्तुत हुनु भएका नेता भण्डारी भन्नुभयो, “संबिधान जारी गर्दा स्वागत नगर्ने भारतले अहिले संबिधान संशोधन गर्दा स्वागत गर्न खोज्नु के हो ? देशलाई तराई र पहाड मिलाउनै हुन्न भन्ने मधेसी दलको सोच अतिवादी भएको उहाले जिकीर गनुभयो । जनताबाट पराजित कहि मधेस केन्द्रित दलले मधेसको प्रतिनिधित्व गर्छु भन्ने बिषयको कुनै अर्थ नभएको जिकिर थियो । देशमा लोकतन्त्र स्विकार गर्ने दलले जनमतलाई स्विाकार गर्नुपर्ने उहाको तर्क थियो ।

विवादित बिषयलाई जनमतबाट टुङ्ग्याउनुपर्नेमा नेता भण्डारीको जोड छ । कार्यक्रममा संयुक्त संर्घष समिती कपिलवस्तुका सह–संयोजक तथा नेपाली कांग्रेसका युवा नेता डोलकराम घिमिरेले जिल्लाको आन्दोलनको बारेमा जानकारी दिनुभएको थियो । आफु चुनौतीको बिचबाट प्रदेश टुक्राउने निर्णयको विरुद्धमा लागेको बताउनुभयो । हुने जति सहयोग आफुलाई पार्टिबाट नभएको उहाले गुनासो गनुभयो । तर पनि आफु लगायतका कार्यकर्ता यसको विरुद्धमा सधै लाग्ने जनाउनुभयो ।

नेविसंघ महाधिवेशन प्रतिनिधि रुपकराज खनालको सञ्चालनमा भएको कार्यक्रममा महासमिती सदस्य दुर्गा सेन, नेपाली कांग्रेसका क्षेत्रिय सचिव अनिल घिमिरे, सहसचिव चन्द्रकान्त पोख्रेल, तरुण दलका जिल्ला अध्यक्ष खोम बहादुर सिंह, क्षेत्रिय अध्यक्ष तिलक थापा लगायतको उपस्थिती रहेको थियो ।

गृहमन्त्री निधिलाई आफ्नो काम चिन्न आग्रह

कांग्रेस नेता चन्द्र भण्डारीले गृहमन्त्री विमलेन्द्र निधिलाई आफ्नो काम चिन्न आग्रह गर्नुभयो । रेडियो बुद्धआवाज संग कुराकानीको क्रममा नेता भण्डारीले संबिधान जसरी हुन्छ पारित गरेर देखाउन्छौ भन्ने गृहमन्त्री निधिको बोलीको कुनै तुक नभएको उहाले जनाउनुभयो । “व्यवस्थापिका संसदले संबिधान शंसोधन पारित गराउने हो प्रधानमन्त्री र गृहमन्त्रीले होइन्, उहाले भन्नुभयो । ” प्रायजसो कार्यक्रममा गृहमन्त्री निधिले संबिधान जसरी हुन्छ पारित गराएर देखाउन्छौ भन्दै हिड्नुभएको छ ।

यस बिषयमा बोल्दै नेता भण्डारीले भन्नुभयो, गृहमन्त्री ज्यू आफ्नो पद चिन्नुन , देशलाई शान्ति सुरक्षा दिनुस, प्रशासन चलाउनुस, भारत नेपालमा रहेका सिमा हेर्नुस, विग्रे भत्के पुर्ननिर्माण पनि गर्नुस तर संबिधान संशोधन पारित गराएर छाड्दै भन्दै नहिड्नुस । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल