पढ्न करिब 4 मिनेट लाग्छ

दिपक अनुरागी/माघ ३, कपिलवस्तु । नेकपा (माओबादी)का प्रभावशाली नेता चन्द्र बहादुर चन्द्र ‘विरजंग’ ले आफुहरुले देशमा छुट्टै संबिधान जारी गरेको बताउनुभएको छ ।

देशमा जारी गरिएको संबिधान र संघियता संग आफ्नो पार्टिको कुनै सरोकार नभएको उहाँले बताउनुभयो । “हाम्रो आफ्नै संबिधान छ, यो राज्य प्रणाली संग कुनै सरोकार छैन् ” उहाँले भन्नुभयो । ’ नेपालमा संसदिय राजनिति असफल भएको भन्दै नेपालका कुनै पनि व्यबस्था आफुहरुले नमान्ने उहाँको उद्घोष थियो । नेकपा माओबादी कपिलवस्तुको पाचौँ जिल्ला सम्मेलनको सोमबार कोपवामा उद्घाटन गर्दै नेता चन्दले यस्तो बताउनुभएको हो ।

देश संबिधान जारी संगै संघियतामा गैरहेको बेला नेकपा (माओबादी) का नेता चन्दले आफुहरुको १३ स्वायत्त प्रदेश, जनसरकार र जनअदालत रहेको खुलासा गर्नुभयो । ‘ उहाँले भन्नुभयो’– “ हामीलाई अहिलेको राज्य व्यवस्था संग कुनै सरोकार छैन्, संसदीय राजनिति देशमा असफल भैसक्यो हामीले छुट्टै राज्य चलाइरहेका छौ । ” जनता न्याय माग्न आफुकहाँ आउने गरेको भन्दै उहाँले अन्याय परेको खण्डमा उजुरी दिन पनि जनता संग आग्रह गर्नुभयो । जनताको काम आफुहरुको जनसरकारले गरिरहेको उहाँको दाबी छ ।

१० बर्षे महान जनयुद्धका गद्धार प्रचण्ड बाबुराम रहेको उहाँले जिकिर गर्नुभयो । महान जनयुद्धमा हजारौँ सर्वहाराको बलीदानलाई प्रचण्ड बाबुरामले सत्ता संग साटे ! आक्रोशित मुद्रामा नेता चन्दले भन्नुभयो, “ त्यसैले हामी एकिकृत जनक्रान्तिको कार्यदिशामा अगाडी बढेका छौ । ”

अहिलेको समसमायिक राजनितिक घटनाक्रमको टिप्पणी गर्दैै नेता चन्द्रले भारतीय शासकले नेपालका नेतालाई नचाइरहेको आरोप लगाउनुभएको छ । बादर र डमरुको उदाहरण दिदै उहाँले भारतको गोटि बनी अहिलेको सत्ता र प्रतिपक्षले देशमा राजनिति गरिरहेको जिकिर गर्नुभयो ।

कांग्रेस, एमाले र माओबादी केन्द्रका नेता इतिहासकै दलाल र भ्रष्ट भएको उहाँको कथन थियो । पहिलो संबिधानसभालाई भारतीय इसारामा बाबुराम भट्टराईले बिघटन गराएको र भारतीय आग्रहकै कारण दोस्रो संबिधानसभाको चुनाव हुन पुगेको उहाँले जनाउनुभयो । आफुहरुले दोस्रो निर्वाचन बहिस्कार गरेको भन्दै बिश्वकै प्रगतिशिल संबिधान बनायौँ भन्नेहरुको रबैया आफुहरुले राम्रै संग देखिरहेको टिप्पणी गर्नुभयो । ‘ ९० प्रतिशत जनताको प्रतिनिधिले संबिधान जारी गह्यौ भन्छन्, ’ “ साथै जो सरकारमा जान्छ उसैले संशोधन पनि गर्नै पर्छ ? हर्नेु त यिनीहरुको नाटक ? नेता चन्दको आक्रोश थियो ।

पार्टिको केन्द्रिय महाधिवेशन नजिकिदै गैरहेकोले यसको अन्तिम तयारीमा आफुहरु जुटिरहेको नेता चन्दले जानकारी दिनुभयो । यहि फाल्गुण १ गते काठमाण्डौमा लाखौँ जनता उतारी पार्टिको केन्द्रिय महाधिवेशनको खुल्लासस्त्र गर्ने गरी तयारी तीव्र पारिएको नेता चन्दले बताउनुभयो । पार्टिका लुम्बिनी अञ्चल ब्यूरो प्रमुख समेत रहनुभएका नेता चन्दले लुम्बिनी अञ्चलका नवलपरासी, गुल्मि र अर्घाखाचीमा जिल्ला सम्मेलन गरिसकेको बताउनुभयो ।

सबै जिल्लाका अधिवेशन सकि काठमाण्डौमा खुल्लासस्त्र गरि रोल्पाको थवाङमा गई बन्दसस्त्र गर्ने पार्टिले तयारी रहेको बताउनुभयो । राष्ट्रिय महाधिवेशनले राजनितिक कार्यनिति र कार्यदिशा तय गरि सकेपछि व्यापक साथ आफुहरु फिल्डमा उत्रने उहाँको जिकिर थियो ।

सम्मेलनमा नेकपा (माओबादी) अर्घाखाँचीका सचिव सुमन ज्ञवाली, जनसरकार प्रमुख पिताम्बर पोख्रेल, क्रान्तिकारी पत्रकार संगठन लुम्बिनी व्यूरो प्रमुख प्रकाश डुम्रे लगायतले बोल्नुभएको थियो । नेकपा माओबादीका जिल्ला सचिव संगम पुनको अध्यक्षता, नेता संघ प्रसाद थारुको स्वागत र कमल केशिको सञ्चालनमा सम्मेलनको उद्घाटन सस्त्र सकिएको थियो ।

सोमबार राती सम्म बन्दसस्त्र चल्ने, मङ्गलबार सम्म नेतृत्व छान्ने कसरत

नेकपा माओबादी कपिलवस्तुको पाचौँ सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । जिल्ला भरका १५ सय पार्टि सदस्यबाट १ सय ३० जनाले प्रतिनिधिको रुपमा सम्मेलनमा उपस्थिती जनाएका छन् । नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने नेकपा (माओबादी) कपिलवस्तुले जनाएको छ ।

सोमबार रातीसम्ममा पार्टिको सांगठनिक प्रतिवेदन माथि गहल छलफल गर्ने कार्यक्रम छ । नेकपा (माओबादी)को अहिलेको बिधान अनुसार २ बर्षे कार्यकालको जिल्ला नेतृत्व रहने व्यवस्था छ भने पार्टि सचिव प्रणालीमा चल्नेछ । एक जना जिल्ला सचिव बाहेक अरु सचिवालय सदस्य र सस्दय मात्र चयन हुनेछन् । बिशेष सुत्रले जनाए अनुसार अहिलेका पार्टि सचिव संगम पुननै पार्टिको नेतृत्वमा आउने सम्भावना रहेको छ ।

वाणगंगा नगरपालिका कोपवाको श्री महेन्द्र उमाविमा जारी सम्मेलनको खुल्लासस्त्रमा कलाकारहरुले जनबादी सांस्कृति कार्यक्रम देखाएका थिए । पार्टिका झण्डा, शहिदका तस्विर, कार्ल काक्र्स, लेनिन, एंगेल्स, स्तालिलका तस्विरले खुल्लासस्त्र रंगिएको देखिन्थ्यो भने कम्युनिष्टका आचारण र भनाईहरुका ब्यानर पनि बाक्लै टागिएको थियो ।