माधव बेल्वासे/फागुन २४, कपिलवस्तु  । शिवगढी गाउ विकास समितिको सार्वजनिक सुनुवाई कार्यक्रम आज समपन्न भएको छ ।

गाउ विकास समिति क्षेत्र भित्र रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/फागुन २४, कपिलवस्तु  । शिवगढी गाउ विकास समितिको सार्वजनिक सुनुवाई कार्यक्रम आज समपन्न भएको छ ।

गाउ विकास समिति क्षेत्र भित्र रह"/>

2026-10-31 07:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शिवगढि गाविसको सार्वजनिक सुनुवाई सम्पन्न


माधव बेल्वासे/फागुन २४, कपिलवस्तु  । शिवगढी गाउ विकास समितिको सार्वजनिक सुनुवाई कार्यक्रम आज समपन्न भएको छ ।

गाउ विकास समिति क्षेत्र भित्र रहेका सेवा प्रदायक संस्थाले संचालनमा ल्याएका योजना तथा कार्यक्रमको प्रभावकारीताका  विषयलाई उठान गर्ने उद्धेश्यका साथ कार्यक्रम गाविसले आयोजना गरेको थियो । 

सेवा प्रदायक संस्थाले प्रदान गर्ने सेवाहरुमा सेवा ग्राहिको प्रतिक्रया संकलन गरी भावी दिनमा गुणस्तरिय सेवा प्रदान गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरीएको गाविस सचिव प्रेम ओलीले बताउनुभयो  । 

चालु आर्थिक वर्ष भित्र संचालनमा रहेका योजना तथा कार्यक्रमका विषयमा सर्वसाधरणको गुनासो तथा सुझाव संकलनका लागी कार्यक्रम गरीएको सचिव ओलीले बताउनुभयो । जनताको थाहा पाउने अधिकार हो त्यसैले पनि हामीले हाम्रो सम्पुर्ण गतिविधीलाई जनता सामु राख्न चाहन्छौ । त्यस भित्र हुने आर्थिक पारदर्शिता र जवाफ देहिता हाम्रो उत्तरदायित्व भएकाले हामीले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेका हौ सचिव ओलीले भन्नु भयो । 

कार्यक्रममा जिज्ञासा राख्ने सर्वसाधरणले गाविसले निकै पारदर्शि ढंगबाट आफना निती तथा कार्यक्रम सपन्न गरेकोमा सर्वसधारणले सचिव ओलीको प्रंशसा गरेका थिए । साथै उनिहरुले गाविसले जसरी अन्य समाजिक संघ संस्था समुह तथा उपभोक्ता समितिलाई पारदर्शि भई कार्यक्रम गर्न सुझाव दिएका थिए । 

कार्यक्रम शिवगढी गाविसको भगवानपुरमा संचालन गरीएको हो । 

शिवराज एफ एम ले सहजीकरण गरेको कार्यक्रममा गाविस सचिव प्रेम वलीको अध्यक्षता तथा निर्वतमान अध्यक्ष गने गीरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जवाफदेहिका रुपमा स्वास्थ्य शिक्षा कृर्षि पशु लगायत सुरक्षा निकायका लगायतको प्रतिनीधीको सहभागीता रहेको थियो । संचारक्रमी दिपक केसीले कार्यक्रम सहजीकरण गर्नु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय