2026-09-16 02:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

संबिधान संशोधन प्रस्तावको औचित्य पुष्टि गर महासचिव पोख्रेल

दिपक अनुरागी/फाल्गुण ३०, कपिलवस्तु । नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले संबिधान संशोधनको औचित्य पृष्टि गर्न प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेर बहादुर देउवालाई चुनौती दिनुभएको छ । संबिधान संशोधन विधेयकलाई एमालेले अवरोध सिर्जना गरेको भ्रम जनतामा माओबादी केन्द्र र काङ्ग्रेसले छर्दै हिडेको भन्दै महासचिव पोख्रेलले संबिधान संशोधनको औचित्य पुष्टि गर्न चुनौती दिनुभयो ।

मेची महाकाली अभियान अन्तर्गत आज कपिलवस्तुको बुङ्चीमा भएको बृहत आमसभालाई सम्बोधन गर्दै उहाले भारतीय इसारामा देशको अस्मिता लुट्ने प्रयास भैरहेको तर्क गर्नुभयो । हिन्दि भाषालाई राष्ट्रिय भाषाको मान्यता दिने, अंगिकृत नागरिकलाई देशको कार्यकारी पद बनाउने, पहाड र तराईलाई टुक्राउने र भूगोललाई वेवास्था गरि जनसंख्याको आधारमा प्रतिनिधित्व गराउने बिषयमा संबिधान कुनै पनि हालतमा संशोधन हुन नसक्ने उहाले बताउनुभयो ।

सरकारका प्रधानमन्त्री प्रचण्ड हुतिहारा भएको संज्ञा दिदै महासचिव पोख्रेलले भारत अनुकुल गतिविधि गरिरहेको बताउनुभयो । ‘भारतको चाहनामा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्, उसैको आज्ञा अनुसार चल्नै पर्यो, नचले पद जान्छ,“ उहाले टिप्पणी गर्नुभयो । ”

आमसभामा बोल्दै एमाले सचिव गोकर्ण विष्टले सामाजिक सद्भाव भड्काउने तत्वहरु देशमा क्रियाशिल भैरहेको जिकिर गर्नुभयो । अहिले देशको सम्मान र स्वतन्त्रतामा प्रहार भैरहेको बताउदै सचिव विष्टले नेपाल माथि भैरहेको षडयन्त्रका विरुद्ध एमाले लागिरहेको बताउनुभयो । जारी संबधिान कार्यान्वयन गर्न दबाब दिदै देशका गरिव, निमुखा जनताको अधिकार र सामाजिक सद्भावको लागि मेची महाकाली अभियान चलाइएको उहाले बताउनुभयो ।

यस्तै एमाले नेता लालबाबु यादवले मधेसको मतियार ठान्ने मधेसी मोर्चाले आज सम्म मधेसी जनताको पक्षमा के के काम गरे बताउन चुनौती दिनुभयो । जनतालाई भ्रममा पार्दै एमाले मधेस विरोधी पार्टि हो भनेको प्रति कडा आपत्ति जनाउदै नेता यादवले मधेसी जनताको पक्षमा कुन पार्टिले के के काम गर्यो बसेर टेबुल टक गर्न मधेसी मोर्चालाई चुनौती दिनुभयो । मधेसी मोर्चा पहाड र तराईमा दुई राष्ट्रियता छ भन्दै हिडेको र यसमा देश टुक्राउने खेल भैरहेको उहाले जिकिर गर्नुभयो । कुनै पनि हालतमा तराई र पहडा नटुक्रिने उहाले बताउनुभयो ।

एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल, पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, वरिष्ठ उपाध्यक्ष बामदेव गौतम, एमाले उपमहासचिव घनश्याम भुषाल, विष्णु पौडेल, सचिव योगेश भट्टराई, प्रदिप ज्ञवाली, युवराज ज्ञवाली, पोलिटब्यूरो सदस्य लालबाबु पण्डित लगायत सयौँ नेताको आतिथ्यता रहेको बृहत आमसभामा कपिलवस्तु, अर्घाखाची र रुपन्देहिका गरी हजारौँ सर्वसाधारणको उपस्थिती रहेको थियो ।

एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षतामा भएको बृहत आमसभामा झण्डै एक हजार जना विभिन्न पार्टि परित्याग गरि एमालेका प्रवेश गरेका छन् । साथै आमसभामा जनगायक बद्री पङ्गेनी, लगायत राष्ट्रिय जनसांस्कृतिक महासंघका कलाकारले देशभक्ती र प्रगतिशिल गीत प्रस्तुत गरेका थिए । आमसभाको सञ्चालन एमाले जिल्ला उपसचिव तथा सासंद विश्राम प्रसाद चौधरीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल