2026-09-16 02:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलबस्तुको जीतपुरमा एमालेको सभा सम्पन्न

माधव बेल्वासे/फागुन ३०, कपिलबस्तु । नेकपा एमालेको मेची–काली राष्ट्रिय अभियानका क्रममा सोमवमर कपिलवस्तुको जीतपुरमा आमसभा गरिएको छ । जीतपुरको वुङचि स्थित सिद्धार्थ क्यामपसको प्रङगणमा भएको कार्यक्रममा नेकपा एमाले  बरिष्ठ नेता हरुले सम्वोधन गरेका थिए ।नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलिको  भने विशेष कारणवंश उपस्थिति गराउन नसकेको  कारण नेकपा एमाले ले माफि मागेको छ । 

यस्तै महासचिव ईश्वर पोखरेलले सामाजिक सद्भाव र साम्प्रदायिक एकता खल्बल्याउन चाहनेहरु सल्बलाउँदैछन्न, हाम्रो एकताको बलमा तिनीहरुलाई जवाफ दिनुपर्ने वताए । एमाले कुनै एक समुदाय, क्षेत्र, जाति वा भाषाको पाटी नभई समग्र मुलुकको पार्टी रहेको  पुष्टि गरे ।

यो अभियान नेकपा एमालेको मात्र नभई  सिंगो राष्ट्रको अभियान भएकाले आमजनताले उत्साहजनक सहभागिता रहेका  बताए ।यस्तै केन्द्रीय कमिटीका सचिव गोकर्ण विष्टले राष्ट्रिय एकता, सद्भाव र समृद्धिका पक्षमा रहेका कारण सबै जातजाति, भाषा र संस्कृतिका जनतालाई जोड्ने पुलका रुपमा रहेको चर्चा गरे । हिमाल पहाड र तराईका जनताहरु विचमा एकताले पारस्पाकिर सवन्धले हाम्रो नेपाल सवल हुनेमा जोड दिए ।

केन्द्रीय सदस्य तथा सांसद लालबाबु यादवले एमालेलाई मधेसविरोधी भनेर आरोप लगाउनेहरुले इतिहासको अध्ययन नै नगरेको बताए ।नेकपा (एमाले) कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलको अध्यक्षता र सांसद विश्रामप्रसाद चौधरीको सञ्चालनमा सभा सम्पन्न भएको थियो । कार्यक्रममा कांग्रेस, माओवादी पार्टी छाडेर एमाले प्रवेश गरेकाहरुलाई स्वागत गरिएको थियो ।

मधेशि गठवन्दनले भने आजै अभियान को विरोधमा कपिलवस्तु बन्दको आवहन गरेको थियो । जिल्लाको चन्द्रौटामा मधेशि दलका नेता कार्यक्रताले दिनै भरि कालो झण्डा देखाई विरोध गरेका थिए । अर्को सम्बोधन दाङको लमहीमा आयोजना हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल