Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

संशोधन नगरी निर्वाचन गरे मुलुक द्वन्द्वमा फस्छ: भट्टराई

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ९, लहान । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नगरी जवर्जस्ती निर्वाचनमा गए मुलुक गम्भीर द्वन्द्वमा फस्ने बताएका छन् ।

नयाँ शक्ति पार्टी नेपालले सुरु गरेको ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ अन्तर्गत आज सिरहाको लहानमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सबैले आ–आफ्ना हठलाई त्यागेर संविधान संशोधन गरी चुनावमा जानु उपयुक्त हुने सुझाव दिए ।

संयोजक भट्टराईले मधेसी, आदीवासी जनजातिलगायतका असन्तुष्ट पक्षहरूलाई सहमतिमा नल्याई गराईने निर्वाचनको कुनै अर्थ नहुने बताउँदै संविधान संशोधनीय दस्तावेज भएकाले यसलाई जनताको माग र भावनाअनुसार जतिबेला पनि संशोधन गर्न सकिने भएकाले संविधान संशोधनको विषयमा कसैले हठ र जिद्दीको कुरा गर्नु गलत भएको टिप्पणी गरे ।

मुलुकलाई निकासका दिन सबै दल सम्मिलित राष्ट्रिय सरकार बनाउनुपर्ने र निर्वाचन खर्चलाई पारदर्शी बनाउनुपर्नेलगायतका मुद्दालाई अघि सारेर नयाँ शक्ति पार्टी नेपालले यो अभियान सुरु गरेको उनले जानकारी दिए ।

सभामा नयाँ शक्ति पार्टी नेपालका सहसंयोजक रामचन्द्र झा, नेता देवेन्द्र पौडेल, महेन्द्र पासवान, रामकुमार शर्मा, गङ्गा श्रेष्ठ, लक्ष्मी चौधरी, डा राजेन्द्र केसीलगायतले मुलुकको समसमायिक राजनीतिक अवस्थाका विविध पक्षमाथि प्रष्ट पारेका थिए ।