2026-09-12 09:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मधेशका दर्जन बढी नेताहरुद्वारा पार्टी परित्याग

चैत २३, लहान | शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) का पूर्व केन्द्रीय सदस्यसहित सप्तरीका एक दर्जन जिल्लास्तरीय नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । 

पार्टीका पूर्व केन्द्रीय सदस्य तथा संस्थापक नेता भरतप्रसाद साहलगायतले मङ्गलबार संयुक्त प्रेस विज्ञप्तिमार्फत पार्टी परित्यागको घोषणा गर्नुभएको हो । 

सप्तरीका जिल्ला उपाध्यक्ष वैजुप्रसाद दास र भागिरथप्रसाद साह, सहसचिव ललनप्रसाद यादव, जिल्ला सदस्य रासदेव राम, चित्तरंजन सदा, रामचन्द्र चौधरी, कुलानन्द चौधरी, मुसण्डिवती चौधरी, सञ्जीवकुमार साह, जिल्ला सल्लाहकार युगेश्वर साह र युवा सङ्गठनका पूर्व जिल्ला अध्यक्ष सनात अलिले पार्टी परित्याग गरेका छन् । 

पार्टीमा व्यक्तिवाद, स्वार्थवाद र अवसरवादी प्रवृत्ति हावी भएको र आसेपासे मान्छे मात्रै पहुँच र पदमा पुग्ने गैरराजनीतिक संस्कारको बोलवाला बढेकाले काम गर्न असहज महसुस गरी पार्टी परित्याग गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ । 

पार्टीभित्रको गलत संस्कारविरुद्ध पटकपटक विरोध र असन्तुष्टि जनाउँदा पनि कुनै सुनुवाइ नहुँदा आफ्नो राजनीतिक साख जोगाउन र अस्तित्व बचाइ राख्न सामूहिक राजीनामा गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस