७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘२०७३’ लोडसेडिङ अन्त्य भएको र बिकासको राजनीति शुरु भएको बर्ष

१ बैशाख २०७४, शुक्रबार ०४:००

अनिल अधिकारी | (काठमाडौँ) | बि.स. २०७३ साल नेपालीहरुको लागि सबैभन्दा समस्याको बिषय मध्ये एक 'लोडसेडीङ्ग' को अन्त्यको लागि एतिहाँसिक बर्ष बन्न सफल बन्यो । २०७३ मा अरु धेरै बिषयलाई सुधारको  बर्ष मान्न सकिएपनि लोडसेडीङ्ग अन्त्यको लागि स्वर्ण बर्ष बन्न सफल भयो । बिभिन्न बहानामा कामचोर, भ्रष्ट प्रवृति र कमिसनको खेललाई अन्त्य गर्दै लोडसेडीङ्गमा भएको अचुक प्रयासलाई जनताले खूला हृदयले स्वागत समेत गरेका छन् ।

लोडसेडीङ्ग अन्त्यको प्रयासमा सरकार र प्राधिकरणका अधिकारीहरुले गरेको प्रयत्न निकै उदाहरणीय बनेको छ साथै गर्न चाहेमा तत्काल असम्भव कुरा समेत सम्भव हुने रहेछ भन्ने प्रामाणित भएको छ । २०७३ साललाई फर्केर हेर्दा यो वर्ष पनि अन्य वर्ष जस्तै उत्तारचढावको वर्ष रह्यो । राजनीतिक रुपमा वर्ष २०७३ ले त्यति आशापूर्ण काम गर्न नसके पनि २०७४ मा निर्वाचन गर्न सकिए २०७३ अझै महत्वपूर्ण बर्ष बन्छ । बिशेष गरि राजनीतिक वृत्तमा मधेससँगको तिक्तता र भूकम्प पिडितलाई राहत वितरणमा यो बर्ष व्यतित भयो । पिडितहरुलाई पहिलो किस्ता लगभग पुर्याईसकिएको अवस्थामा सोचेजति भूकम्प पिडितहरुले आफुलाई नयाँ आवासमा बस्ने वातावरण भने पाउन सकेनन । अघिल्लो सरकारले बिकासको राजनीति सुरु गरेपनि उसले आफुलाई बिकासमा भाषणले मात्र प्रमाणित गर्न सक्यो । उसले गरेको भाषणलाई माओवादी/कांग्रेस लगायत अन्य दल सहितको संयुक्त सरकारले धेरै हदसम्म ब्यबहारिक रुपमा पुरा गर्ने प्रयास गरे भन्न सकिन्छ । त्यस्तै अब भविष्यमा बन्ने सरकारले समेत यस्तै खालका बिकासको राजनीति गर्नुपर्ने बाध्यता आईलागेको छ, जसको श्रेय भने केपी ओली नेतृत्वमा रहेको एमाले/माओवादी सरकारलाईनै जान्छ ।

सरकार परिवर्तनमा एमाले/माओवादी समीकरण एकाएक परिवर्तन भई कांग्रेस/माओवादी समीकरण पनि २०६३ कै सुरुवातसँगै भयो । त्यस्तै अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाभियोग लागेको बर्षको रुपमा पनि यो बर्ष परिचित बन्यो त्यस्तै मधेसको आन्दोलन र नाकाबन्दीको सामना गर्दा अघिल्लो एमाले नेतृत्वको सरकारले गरेको काम र त्यसको कारण मधेसमा परेको नकारात्मक प्रभावको सामनामै २०७३ बित्यो । मधेस समस्या समाधान भन्दा पनि राष्ट्रियताको नाममा एमालेले गरेको बिबिध कार्यक्रमका कारण मधेसमा तिक्तता अझै मौलाउन पुग्यो जुन बिषय अझै सेलाउन सक्केको छैन । मधेसी पनि नेपाली हुन्, उनीहरुमा पनि राष्ट्रियता छ भन्ने ब्यबहार प्रस्तुत नगर्दासम्म यो समस्या अझै बल्झिने स्थिति छ । अझै मधेसी दलहरुले आफ्नो लोकप्रियता र राजनीतिक स्वार्थको लागि समेत केपी ओली सरकारको ब्यबहार र त्यसपछिको बिबिध घटनाक्रमलाई नकारात्मक रुपमा टिप्पणी गर्दै मधेसीलाई आन्दोलनमा सहभागी गराउंदै आएको छ । जुन कुराले भावी दिनहरुमा पनि काँडाको रुपमा नेपाललाई बिझाईरहने निश्चित छ । मधेसीवादी दलले नाकाबन्दी गर्दै आफ्नै देशका जनतालाई न्युनतम आवाश्यकताको लागि बन्दि बनायो । जसमा मधेसी नेताहरुले आफुलाई राजनीतिमा उत्रिने गतिलो हतियार बनाए जसको कारण मधेस र पहाड-हिमाल प्रति फाटोमा टेवा दियो त्यसैले पनि २०७३ लाई निकै तनावपूर्ण बनायो । यस्तै पछिल्लो समय नेकपा एमालेको मेची महाकाली अभियानको क्रममा सप्तरीमा भएको गोलीकाण्डमा परि ५ जनाको मृत्युले नेपालको राजनीतिमा निकै ठूलो हलचल ल्यायो । यो बिषयले एमालेप्रति मधेस दृष्टिकोणमा समेत प्रभाव पारेको छ । एमालेले भन्ने गरेको राष्ट्रवादले मधेसलाई निषेध गर्छ भन्ने सोचमा थप बल पुग्ने गरि एमालेले आफुलाई खरो ब्यबहारमा उतार्दै आयो जसलाई मधेसी दलले निकै फाइदाजनक रुपमा उपयोग गरे ।  

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले गत कातिक १७ देखि १९ (नोभेम्वर २ देखि ४) सम्म नेपालको औपचारिक भ्रमणमा आए । जो १८ वर्षपछि नेपाल भ्रमणमा आएका भारतकै ठुला व्यक्तित्व हुन् । यस अघि सन् १९९८ मा भारतका तत्कालीन राष्ट्रपति केआर नारायण नेपाल भ्रमणमा आएका थिए ।

त्यस्तै नेपालको तर्फबाट भएको उच्चस्तरीय भ्रमण, राजदुत नियुक्तीको विषय तथा आइजीपी नियुक्तीको विषयले राजनीतिक मोड लिएर पनि छुट्टै चर्चा पायो । अर्को महत्वपूर्ण घटना जो देश र अर्को देशसंग सम्बन्धित छ, कञ्चनपुर जिल्लाको आनन्द बजारमा भारतीय सशस्त्र प्रहरी बलले दसगजासम्बन्धी विवादमा ताकी-ताकी एक नेपालीलाई मारे । भारतीय एसएसबिको गोलीले स्थानीय गोविन्द गौतमको निधन भयो । जो नेपालको लागि सहिद स्विकारिए । यो घटनाले नेपाल-भारत सम्बन्धमा अझै दरार पैदा गर्यो ।

त्यस्तै चर्चित र्याप गायक यम बुद्धको लन्डनमा आत्महत्याको बिषय पनि २०७३ मा बिर्सन नसक्ने बिषय मध्ये एक हो । मोरङ घर भएका अधिकारी २०७३ माघ १ गते लण्डन स्थति साउथ हयारोस्थित आफ्नै घरको बाथरुममा मृत अवस्थामा फेला परेका थिए ।

त्यस्तै २०७३ मा अत्यन्त हावादारी रातो नम्बरको आतंकले पनि निकै चर्चा कमायो । सामाजिक सञ्जालमा ‘रातो नम्बर’ बाट फोन आएको भन्दै अफवाह फैलाएको आरोपमा गायिका प्रश्न्ना पाण्डे र गायक दीपक बराईलीलाई प्रहरीले गत पुस २० गते पक्राउ समेत गर्यो । तर उनीहरुनै रातो नम्बर प्रकरणको सुरुवात कर्ता भने होइनन् । मोबाइल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै फेसबुक र ट्वीटरमा हावादारी पोष्टहरुलाई पत्यार मान्दै प्रचार गरिए जसले धेरैलाई आतंकित समेत बनायो । 

समग्रमा भन्नु पर्दा २०७३ नेपालीको लागि फलदायी बर्ष रह्यो । केहि तिक्तता केहि राजनीतिक अस्थिरता र केहि नकारात्मक कुरा संगै देशमा बिकासको राजनीति सुरु भएको बर्ष र धेरै बिकास आयोजनाको बन्द फाइलहरु यही बर्ष खुले । लोडसेडीङ्गको साथै स्वास्थ्य क्षेत्रमा पनि निकै सुधारको काम भए । बिशेषगरि मृगौला पिडितलाई निशुल्क सेवा र २०७४ लगत्तै निशुल्क मृगौला प्रत्यारोपणको लागि समेत सबै प्रक्रिया पुरा भई बजेट समेत निकाशा भईसकेको अवस्थामा जनताको स्वास्थ्यप्रति पनि केहि हदसम्म सफल काम भए । बिशेष गरि उर्जा क्षेत्रमा मन्त्री जनार्दन शर्मा, प्राधिकरण हाक्ने कुलमान घिसिङ्ग र उनको टिम साथै जनताको लगानीको लागि अनलाइन सर्वेक्षण निकै राम्रा प्रयास हुन् । त्यस्तै नेपालका सबै सरकारी कामकाजलाई अनलाइन गर्नुपर्ने बिषयमा पनि अन्य बर्षको तुलना धेरै कामहरु भए भने कतिपय कामहरु अनलाइनबाटै सुरु भईसकेका छन् । 

अब २०७३ हामी माझ छैन, नयाँ बर्षको सुरुवातसंगै बिगतका सकारात्मक सिकाईलाई अवलम्बन गर्दै थप नयाँ बिकासको कामलाई पछ्याउंदै जानुपर्नेछ । बिशेष गरि मधेस समस्या निराकरण, तीनै तहको निर्वाचन, संबिधान कार्यान्वयन, रुष्ट राजनीतिक दलसँग सहमति, बैदेशिक सम्बन्ध सुधार, तत्काल बैदेशिक रोजगारीमा भएका बेथितिलाई हल गर्दै देशमै रोजगारीको वातावरण र पारदर्शीता तथा शुसासनको काममा अघि बढ्नु आवश्यकता छ । २०७४ नेपालको लागि अझै फलदायी बनोस् शुभकामना !!

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ