दलसिंह गिरी/बैशाख १५, कालिकोट । जलबायु परिवर्तनको असरका कारण हिजो आज मौसमी बदली भै क्षणभरमै पानी पर्ने क्षणभरमै घाम लाग्ने र क्षणभरमै हावाहुरि चल्ने क्रम झै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/बैशाख १५, कालिकोट । जलबायु परिवर्तनको असरका कारण हिजो आज मौसमी बदली भै क्षणभरमै पानी पर्ने क्षणभरमै घाम लाग्ने र क्षणभरमै हावाहुरि चल्ने क्रम झै"/>

2026-09-15 02:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राज्यबायु परिवर्तनको ज्वारभाटा दलहरुमा


दलसिंह गिरी/बैशाख १५, कालिकोट । जलबायु परिवर्तनको असरका कारण हिजो आज मौसमी बदली भै क्षणभरमै पानी पर्ने क्षणभरमै घाम लाग्ने र क्षणभरमै हावाहुरि चल्ने क्रम झै भएको छ अहिलेको स्थानीय तहको निर्वाचनको चुनाबी सरगम । 

जिल्लामा कृयाशिल नेता तथा कार्यकर्ताहरु दिन दिनै पार्टी परिवर्तन गर्ने परपाटीले त्यस्तै आभास गराएको छ । स्थानीय तहको निर्वाचनमा आफ्नो उम्मेदवारी नपरेपछि विमति जनाउदै पार्टी परित्याग गरी अर्को पार्टीमा जाने क्रमले यस्तै आभास गराएको हो ।

पार्टी परित्याग गरी अर्को पार्टीमा प्रबेश गर्ने नेता तथा कार्य कर्ताहरुमा ठूलो पार्टीको हैसियत जनाउने दलका नेता तथा कार्यकर्ताहरु बढी देखिएका छन् । पार्टी परित्याग र प्रबेश गर्नेमा बढी नेकपा एमाले र माओवादी केन्द्रमा बढी देखिएको छ । 

नेकपा एमाले कालिकोटका प्रभावशाली नेता तथा कर्नाली विकास आयोगका सदस्य कृष्ण प्रसाद आचार्य कालिका गाउ पालिकामा प्रमुखको उम्मेदवारी टिकट नपाएपछि २ दशक देखी एमालेमा क्रियाशिल राजनैतिक छाडेर माओवादी केन्द्रमा प्रबेश गर्नु भएको छ । 

यस्तै समाजवादी जनता पार्टीका जिल्ला अध्यक्ष समेत रहेका खाडाचक्र नगरपालिका वडा नं. ७ का पुत्र बहादुर मल्ल पुरै जिल्ला कमिटि एमालेमा समायित भयो भन्दै केही सदस्य सहित एमालेमा प्रबेश गर्नु भएको छ । 

यसैगरी नेकपा एमालेबाट सान्नी त्रिबेणी गाउपालिकाको अध्यक्ष उम्मेदवारी दिने भन्दै शिक्षक पेशाबाट राजिनामा दिएका शान्नित्रिबेणी गाउपालिका वडा नं. ४ का खेमराज बम अध्यक्ष उम्मेदवारीको टिकेट नपाएपछि एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रबेश गर्नु भयो तर त्यसको २ दिन नवित्दै मैले गल्ती गरेभन्दै एमालेमै फर्किएको प्रेसमार्फत जानकारी दिनु भएको छ ।

यसैगरी माओवादी केन्द्रका जिल्ला सदस्य समेत रहेका खाडाचक्र नगरपालिका वडा नं. ५ का सदानन्द चौलागाई माओवादी केन्द्रले आफ्नो क्रियाशिलताको मुल्यांकन नगरेको भन्दै पार्टी परित्याग गरी १ सय ४१ जना माओवादी कार्यकर्ता एमालेमा पर्बेश गरेको प्रबेश कार्यक्रममा एमालेले जनाएकोछ । यसो हेर्दा यि जिल्लातहका नेता तथा कार्यकर्ता नमुना पात्र मात्र देखिन्छन् ।

ग्रामिण भेगमा विभिन्न प्रलोभनमा परि एक पार्टी छाडेर अर्को पार्टीमा जाने चलन दैनिकी जस्तै बनेको छ । 

पछिल्लो चरण पार्टी परित्याग तथा पार्टी प्रबेशको ज्वारभाटाले विगतका निर्वाचनको ठम्यायीका आधारमा कुनै दलको सम्भाब्यता आकलन गर्न सकिने र सबै क्षेत्रमा जनताले चाहेकै जस्तो सक्षम नेतृत्व आउनेमा शंकाको विषय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ