दलसिंह गिरी/बैशाख १८, कालिकोट । स्थानीय तहको निर्वाचनको सुरक्षा तयारी अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 

जिल्ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/बैशाख १८, कालिकोट । स्थानीय तहको निर्वाचनको सुरक्षा तयारी अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 

जिल्ला"/>

2026-06-28 10:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा निर्वाचनको लागि सुरक्षा तयारी अन्तिम चरणमा

2017-05-01


दलसिंह गिरी/बैशाख १८, कालिकोट । स्थानीय तहको निर्वाचनको सुरक्षा तयारी अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 

जिल्लाभर करिव १ सय ७ वटा मतदान केन्द्रको सुरक्षाका लागि सम्बेदनशिल र अति सम्बेदनशिल क्षेत्र निर्धारण गरी आवश्यक सुरक्षा जनशक्ति ब्यवस्थाप अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको हो ।

जिल्लाभर करिव ५ सय ९३ जना म्यादी प्रहरीका साथै जिल्ला भित्रको २ सय ४५ प्रहरी र जिल्ला बाहिरबाट ५ सय गरी ७ सय ४५ जना प्रहरी जनशक्ति सुरक्षाका लागि तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी निरिक्षक सूर्यबहादुर बोगटीले बताउनु भएको छ । 

जिल्ला बाहिरबाट आउने प्रहरी जनशक्ति विशेष गरी नवलपरासी, नेपालगंज, सुर्खेत र घनगढीबाट आएको प्रहरी निरेक्षक बोगटीले बताउनु भएको हो । निर्वाचनमा प्रभावकारी सुरक्षाका लागि थप १२ वटा मोबाइल टोली समेत खटाइने तयारी रहेको बोगटीले बताउनु भएको छ । 


यसै गरी शसत्र प्रहरीका प्रहरी नायब उपरिक्षक बसन्त बहादुर बोगटीको कमाण्डमा ४२ सदस्यीय शसत्र पहरीको टोली समेत जिल्ला भित्री सकेको र बाकी भोली नै जिल्ला भित्र आइपुग्ने प्रहरी निरिक्षक बोगटीले बताउनु भएको छ । 

यता निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण अन्य सामाग्रीहरु जिल्ला भित्रिसकेको जिल्ला निर्वाचन कार्यालय कालिकोटले जनाएको छ । निर्वाचन केन्द्रमा आवश्यक पर्ने क्षेकबार, मतदान परिचय पत्र, निर्देशिका, झोला, टिसट, लगायतका सामाग्री आजै नेपाली सेनाको हेलिकप्टर मार्फत जिल्ला आइपुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जित बहादुर शाहीले बताउनु भएको छ । 

१ सय ७ वटा मतदान केन्द्रमा आवश्यक पर्ने मतपेटीका भने जिल्लामा पहिले नै मौज्दात रहेकाले यो पटक नयाँ मतपेटीका नआएको बताउनु भएको छ । मतदान केन्द्रमा अति आवश्यक पर्ने १२ प्रकारका झटपट सामाग्री समेत जिल्ला निर्वाचन कार्यालयले पहिलेनै खरिद गरिसकेको जनाइएको छ । 

स्थानीय निर्वाचनका लागि आवश्यक निर्वाचन अधिकृतलाई यस अधि नै तालिम दिई सम्बन्धित निर्वाचन अधिकृत कार्यालयमा खटाइ सकिएकाले अब सहायक मतदान अधिकृतहरुका लागि यहि २० र २१ तालिमको आयोजना गरी मतदान केन्द्रमा खटाइने तयारी रहेको शाहीले बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी