2026-10-31 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्कोट नगरपालिका १ मा माओवादी केन्द्रको प्यानल नै विजयी

दलसिंह गिरी/जेठ १, कालिकोट । कालिकोटमै विशेष महत्वका रुपमा हेरिएको रास्कोट नगरपालिका अन्तर्गत वडा नं. १ मा एक जना खुला (१) सदस्य बाहेक अरु पुरै माओवादी केन्द्रको प्यानल विजयी भएको छ । 

वडा नं. १ का एमालेबाट वडा सदस्य अलि बहादुर बम बाहेक माओवादीबाट अध्यक्ष उम्मेदार नमराज संज्यालको प्यानल विजयी भएको हो । माओवादी उम्मेदार संज्यालले ३ सय ६५ मत ल्याएर विजयी हुनु भएको छ भने वहाँका प्रत्यासी एमालेका अशोक कुमार शाहीले २ सय ४८ मत ल्याउनु भएको छ । रास्कोट नगरपालिकामा कुल १ हजार २ सय ३० मतदाता मध्य ९ सय ४० मत खसेको थियो । 

यसै गरी कालिकोटमा रहेका ४ वटा गाउपालिका तथा ३ वटा नगरपालिकामा पनि मत गणना कार्य सुरु भएको छ । कालिकोटका विवादमा रहेका २ वटा गाउपालिका नरहरीनाथ र कालिका गाउपालिकामा भने मतगणना सुरु भएको छैन । 

यसै क्रममा रास्कोट नगरपालिका वडा १ को मतपरिणाम सार्वजनिक भएको छ । सार्बजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेसबाट मेयर उम्मेदार दान बहादुर बमले ४ सय ४९ मत ल्याएर अग्र स्थानमा हुनुहुन्छ भने माओवादी केन्द्रका काशिचन्द्र बराल २ सय ५९ मत ल्याएर दोश्रो स्थानमा रहनु भएको छ । यसैगरी नेकपा एमालेका मनिराज बरालले १ सय ५७ मत ल्याएर तेश्रो स्थानमा रहनु भएको छ । 

उपमेहरका लागि नेकपा माओवादी केन्द्रबाट मिमसरा बम शाहीले ४ सय ३१ मत ल्याएर शिर्ष स्थानमा रहनु भएको छ भने एमालेका उमा शाही १ सय ८२ मत ल्याएर दोश्रो स्थानमा रहनु भएको छ ।

 यसैगरी राप्रपाका हजा सुनार १ सय १७ मत ल्याएर तेश्रो स्थानमा रहनु भएको छ । यस अघि मेयर कांग्रेस र उपमेयर राप्रपा उम्मेदार रहने गरी २ पार्टी विच समिकरण भएर चुनाब प्रचार प्रसारमा लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय