2026-06-29 04:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कछुवा गतिमा मतगणना हुँदै, हालसम्म कसले कति मत ल्याए

दलसिंह गिरी | जेठ २ कालिकोट | रास्कोट नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसबाट मेयर उम्मेदार दान बहादुर बमले १ हजार १ सय ८१ मत ल्याएर अग्र स्थानमा हुनुहुन्छ भने माओवादी केन्द्रका काशिचन्द्र बराल ९ सय ६ मत ल्याएर दोश्रो स्थानमा रहनु भएको छ । यसैगरी नेकपा एमालेका मनिराज बरालले ७ सय ८१ मत ल्याएर तेश्रो स्थानमा रहनु भएको छ । 

उपमेहरका लागि नेकपा माओवादी केन्द्रबाट मिमसरा बम शाहीले १ हजार ३ सय १४ मत ल्याएर शिर्ष स्थानमा रहनु भएको छ भने राप्रपाका हजा सुनार ७ सय ८१ मत ल्याए दोश्रो एमालेका उमा शाही ७ सय १९ मत ल्याएर तेश्रो स्थानमा रहनु भएको छ । 

वडा अध्यक्षको बिजयीको नतिजा अनुसार हाल सम्म वडा नं. १ माओवादीबाट नमराज संज्याल, वडा नंं २ नेकपा एमालेका दयाराम सिमखाडाको प्यानल, वडा नं. ३ माओवादी केन्द्रका देउसिंगे कुमालको प्यानल वडा नं. ४ माओवादी केन्द्रका विबेक शाहीको प्यानल विजयी भएका छन् । भने यो न्यूज तयार पार्दा सम्म वडा नं. ५ को मतगणना भैरहेको छ ।

यस्तै खाडाचक्र नगरपालिकाको पछिल्लो मतगणनाको नतिजा अनुसार मेयरमा एमालेका जसिप्रसाद पाण्डे ९ सय ४६ ल्याएर अग्रस्थानमा हुनुहुन्छ । नेपाली कांग्रेसका पदम बहादुर शाही ८ सय ८ मत ल्याएर दोश्रो स्थानमा, माओवादी केन्द्रका लक्ष्मी प्रसाद चौलागाई ८ सय ५८ मत ल्याएर तेश्रो स्थानमा रहनु भएको छ । यसै गरी उपमेयरमा एमालेबाट उम्मेदार विजया बिष्ट ६ सय ८८ मत ल्याएर पहिलो कांग्रेसका राजकौरा शाही ६ सय ८२ मत ल्याएर दोश्रो माआवादी केन्द्रका गंगा खड्का (बोगटी) ६ सय ३८ मत ल्याएर तेश्रो स्थानमा रहनु भएको छ । वडाका प्रतिनीधिहरुको मतगणना अनुसार वडा नं. १ बाट नेपाली कांगे्रसका गणेश शाही वडा नं. २ बाट माओवादी केन्द्रका विर्ख विकको प्यानल वडा नं. ३ बाट नेपाली कांग्रेसबाट महाविर पाण्डेको प्यानल वडा नं. ४ मा नेकपा एमाले बाट धनसिंगे विकको प्यानल बिजयी भएका छन् । यसै तिलागुफा नगरपालिकाको आज दिउसको मतपरिणाम अनुसार नेपाली कांग्रेसका शंकर उपाध्याय ४ सय ५ मतले शिर्ष स्थानमा माओवादी केन्द्रका रतनबहादुर शाही १ सय ६५ मतले दोश्रो स्थानमा एमालेका कलबहादुर शाही ५८ मत तेश्रो स्थानमा रहेका छन् । यसैगरी उपमेयरमा माओवादी केन्द्र दर्शना नेपाली परियार २ सय ९ मतले शिर्ष स्थानमा नेपाली कांग्रेस लक्ष्मी शाही १ सय ७० मत मतले दोश्रो स्थानमा एमालेका गंगा खत्री ४८ मतले तेश्रो स्थानमा रहेको जिल्ला प्रहरी कार्यालय मार्फत जानकारी पाइएको छ । यस्तै पलाता गाउपालिकाको नतिजा अनुसार पालिका प्रमुखका लागि माओवादी केन्द्रका लक्ष्मण बम ४ सय ४४ मत ल्याएर शिर्ष स्थानमा नेकपा एमोलेका धिर बहादुर बमले २ सय ७२ मत ल्याएर दोश्रो स्थानमा नेपाली कांग्रेसका केयरसिंह बमले २ सय ६२ मत ल्याएर तेश्रो स्थानमा रहनु भएको जनाइएको छ ।

यस्तै उपप्रमुखका लागि माओवादी केन्द्रका दाना न्यौपानेले ४ सय ५५ मत ल्याएर शिर्ष स्थान, नेकपा एमालेका बविता उपाध्यायले २ सय ४४ मत ल्याएर दोश्रो स्थान र नेपाली कांग्रेसका सुर्जकला रोकायाले १ सय ७३ मत ल्याएर तेश्रो स्थानमा रहनु भएको छ ।

यसै गरी पचाल झरना गाउपालिकामा नेकपा एमालेका चन्द्र बहादुर शाहीले ९६ मत ल्याएर शिर्ष स्थानमा, माओवादी केन्द्रका खड्गराज सेजुवालले ७५ मत ल्याएर दोश्रो स्थानमा र नेपाली कांग्रेसका भानुभक्त संज्यालले ६४ मत ल्याएर तेश्रो स्थानमा रहनु भएको छ । उपप्रमुखका लागि नेकपा एमालेबाट दक्षिणा शाहीले १०१ मत ल्याएर शिर्ष स्थानमा, मोओवादी केन्द्रबाट तारा न्यौपानेले ८७ मत ल्याएर दोश्रो स्थानमा र नेपाली कांग्रेसका सुमित्रा बमले ४५ मत ल्याएर तेश्रो स्थानमा रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी