दलसिंह गिरी | जेठ ३, कालिकोट | जिल्ला सदरमुकाम रहेको खाडाचक्र नगरपालिकाको मेयर र उपमेयर पदमा एमालेका उम्मेदारहरु विजयी भएका छन् । मेयर उम्मेदार जसि प्रसाद पाण्डेले २ हजार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | जेठ ३, कालिकोट | जिल्ला सदरमुकाम रहेको खाडाचक्र नगरपालिकाको मेयर र उपमेयर पदमा एमालेका उम्मेदारहरु विजयी भएका छन् । मेयर उम्मेदार जसि प्रसाद पाण्डेले २ हजार"/>

2026-09-14 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटको खाडाचक्र नगरपालिकामा सबै एमालेकै हुल

दलसिंह गिरी | जेठ ३, कालिकोट | जिल्ला सदरमुकाम रहेको खाडाचक्र नगरपालिकाको मेयर र उपमेयर पदमा एमालेका उम्मेदारहरु विजयी भएका छन् । मेयर उम्मेदार जसि प्रसाद पाण्डेले २ हजार २ सय ५ मत र उपमेयर उम्मेदार विजया विष्टले १ हजार ९ सय ८७ मत ल्याएर विजयी भएका हुन् ।

मेयरको प्रत्यासी नेकपा माओवादी केन्द्रका लक्ष्मी प्रसाद चौलागाईले १ हजार ४ सय ६१ मत ल्याएर प्राजय ब्यहोर्नु परेको छ भने उपमेयर प्रत्यासी माओवादी केन्द्रका गंगा खड्का बोगटीले १ हजार ४ सय ६४ मत ल्याएर प्राजय ब्यहोर्नु परेको छ  

अर्का प्रत्यासी नेपाली कांग्रेसका पदम बहादुर शाहीले १ हजार ४ सय २९ मत ल्याउनु भएको छ भने कांग्रेस कै राजकौरा शाहीले १ हजार ३ सय ३८ मत ल्याउनु भएको छ । खाडाचक्र नगरपालिकाका कुल ११ वटा वडामा ७ वटा वडामा एमालेले वडा अध्यक्ष सहितको पुरै प्यानल विजयी गराएको छ । वडा नं. ४, ५, ६, ७, ८, ९, र ११ मा पुरै प्यानलै विजयी भएको हो । 

माओवादी केन्द्रको २ वटा वडा नं. २ र .१० मा पुरै प्यानलै विजयी भएको छ । यस्तै नेपाली कांग्रेसको वडा नं. ३ मा पुरै प्यानल नै विजयी भएको छ भने वडा नं. १ मा वडा अध्यक्ष सहित २ सदस्य नेपाली कांग्रेसका विजयी भएका छन् । सबै वडा अन्तर्गत वडा नं. १ नेपाली कांगेसका गणेश बहादुर शाही, वडा नं. २ माआवादी केन्द्रका विर्ख विक, वडा नं. ३ नेपाली कांग्रेसका महाविर पाण्डे, वडा नं.४ नेकपा एमालेका धनसिंह विक, वडा नं. ५ नेकपा एमालेका खडानन्द चौलागाई, वडा नं. ६ नेकपा एमालेका जगदिस शाही, वडा नं. ७ नेकपा एमालेका रज बहादुर मल्ल, वडा नं. ८ नेकपा एमालेका आदिचन्द्र चौलागाई, वडा नं. ९ नेकपा एमालेका गोविन्द मल्ल, वडा नं. १० माओवादी केन्द्रका डिल बहादुर शाही र वडा नं. ११ नेकपा एमालेका पुष्पराज गिरी विजयी हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ