दलसिंह गिरी | जेठ ४, कालिकोट | खाडाचक्र नगरपालिकाका नव निर्वाचित मेयर जसि प्रसाद पाण्डेले खाडाचक्र नगरपालिकालाई “उ” बनाउने प्रतिवद्धता गर्नु भएको छ । यहि गएको बैशाख ३१ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | जेठ ४, कालिकोट | खाडाचक्र नगरपालिकाका नव निर्वाचित मेयर जसि प्रसाद पाण्डेले खाडाचक्र नगरपालिकालाई “उ” बनाउने प्रतिवद्धता गर्नु भएको छ । यहि गएको बैशाख ३१ "/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

नव निर्वाचित मेयर पाण्डेद्धारा खाडाचक्र नगरपालिकालाई “उ” बनाउने प्रतिवद्धता

२०७४, ४ जेष्ठ बिहीबार १५:००

दलसिंह गिरी | जेठ ४, कालिकोट | खाडाचक्र नगरपालिकाका नव निर्वाचित मेयर जसि प्रसाद पाण्डेले खाडाचक्र नगरपालिकालाई “उ” बनाउने प्रतिवद्धता गर्नु भएको छ । यहि गएको बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचन पछि हिजो साझ सकिएको मतगणनाबाट बिजयी पाण्डेले आज  जिल्ला सदरमुकाम मान्म खाडाचक्रमा भएको बिजय र्यालीमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । 

विजय र्यालीको सम्बोधनको क्रममा हातारिदै पाण्डेले आफ्नो ५ बर्षे कार्यकालमा खाडाचक्र नगरपालिकालाई जिल्लाकै एक नमुना नगरपालिका बनाउने केही बुदागत एजेण्डा टिपोट निकाल्दै पाण्डेले हतारिएर “उ” बनाउने प्रतिवद्धता गर्दछु भन्नु भएको छ ।

सुन्दर र समृद्ध नगर बनाउने बुदागत टिपोटलाई बाचन गर्दै पाण्डले खाडाचक्र नगरपालिकाका प्रत्येक वडाहरुमा माध्यामिक विद्यालय, स्वास्थ्य चौकी सडक संजाल, विद्युत जडान जस्ता अभियान पहिलो प्राथमिकताका रुपमा लिने बताउनु भएको छ । यस्तै खाडाचक्र नगरपालिका रहेका प्राकृतिक तथा धार्मिक पर्यटकिय स्थलहरुको प्रवर्धन गरी नगरपालिकालाई आर्थिक समृद्ध बनाउने, प्रत्येक बस्ती बस्तीमा नमुना उद्योग संचालन गर्ने, विदेशीने युवाहरुलाई नगर भित्र बस्ने खालको रोजगार मुलक बाताबरण श्रृजना गर्ने जस्ता बदागत प्रतिवद्धता गर्नु भएको छ । दलितहरुको एजेण्डालाई उठान गर्दै पाण्डेले दलित उत्थानका लागि विशेष अभियान समेत संचालन गर्ने प्रतिवद्धता गर्नु भएको छ ।

 

महिलाका सवालहरुबारे उठान गर्दै उपमेयर विजयी बिजया विष्टले महिला सशक्तिकरणको अभियान आफ्नो पहिलो एजेण्डा रहने बताउनु भएको छ । यस्तै कार्यक्रममा बिजयी १ नं. वडा सदस्य प्रेम बहादुर शाहीले ५ बर्षमा आफ्नो नगरपालिकालाई कुपोषण मुक्त नगरपालिका बनाउने प्रतिवद्धता गर्नु भएको छ । 

गाउ तथा नगर तहमा एकमात्र खाडाचक्र नगरपालिकाबाट मेयर तथा उपमेयर उम्मेदार बिजयी गराउन सफल एमाले पार्टीले आज खाडाचक्रमा बिजय र्याली सहित कोणसभा कार्यक्रम गरेको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष नेश्नल शाही (नगिन्द्र)को अध्यक्षतामा आयोजित कोण सभा कार्यक्रममा नेकपा एमाले सांसद तुलाराज विष्ट, पूर्व कार्यबहाक जिल्ला अध्यक्ष विश्वराज बम, शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष हंशराज शाही लगायतले बिजयी मेयर उपमेयर लगायत जिल्लाका सबै वडा पालिकाका बिजयी पदाधिकारीहरुलाई बदाई तथा कार्यसफताको शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ