2026-07-25 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुका १० स्थानिय तहमा जेष्ठ ३१ मा चुनाव हुदै, यस्तो छ तयारी

जेठ ८, कपिलवस्तु | जिल्लाका १० स्थानिय तहमा जेष्ठ ३१ गते सम्पन्न हुने निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारीहरू अन्तिम चरणमा पुगेका छन् । जिल्ला निर्वाचन कार्यालयले बदर मत कम गर्न र मतदाताहरूको अधिकतम सहभागीता सुनिश्चित गर्न प्रत्येक मतदाताका घरमा पुगी मतदाता शिक्षा, मतदान प्रकृया लगायता विषयहरू मदातालाई सिकाउनका लागि साविक जिल्ला विकास समिति अन्तर्गतका सामाजिक परिचालकरू, बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरु तथा शिक्षकहरू मध्येबाट प्रत्येक मतदान केन्द्रमा १ जनाका दरले ३८७ जना स्वयं सेवक खटाएको छ । उनीहरूले प्रत्येक मतदाताको घर(घरमा पुगेर मतदाताहरूलाई मतदान प्रकृयाको विषयमा प्रशिक्षित गर्नेछन् । आफ्नो क्षेत्रमा खटिएका मतदाता शिक्षा स्वयंसेवकहरू संग सम्पर्क गरी मतदान प्रकृयाको विषयमा जानकारी लिन निर्वाचन कार्यालयले सम्पूर्ण मतदाताहरूमा अनुरोध गरेको छ । भने सो प्रत्येक स्वयंसेवकले संवेदशील भएर काम गरेरनगरेको विषयमा कडाईका साथ सुक्ष्म अनुगमन गरिने जनाएको छ ।  

त्यसैगरी जिल्लामा निर्वाचनको आन्तरिक तयारीलाई पनि तिव्रता दिईएको छ । निर्वाचन कार्यमा प्रयोग गरिने सम्पूर्ण सामग्रीहरू जिल्लामा प्राप्त गरी ती सबै सामग्रीहरूलाई मतदान केन्द्रगत रूपमा छुट्याउन कर्मचारीलाई भ्याई नभ्याई छ । ६४ थरीका सामग्रीहरू मतदान केन्द्रगत रूपमा प्याकिङ गर्न करीब १ हप्ता समय लाग्ने निर्वाचन अधिकारी ज्ञानहरी घिमिरेले बताए । मतदान केन्द्रमा खटिने कर्मचारीहरुको सुची तयार गर्ने, उनीहरुलाई प्रशिक्षण संचालन गर्ने पूर्व तयारी चलिरहेको छ भने जेष्ठको १५ गते देखि प्रशिक्षण शुरू गर्ने योजना रहेको छ । यसका लागि उक्त समयदेखि आकस्मिक अवस्थामा बाहेक कुनै पनि कर्मचारीहरूलाई  बिदा नदिन सबै सरकारी कार्यालयहरूलाई अनुरोध गरेको छ । प्रत्येक मतदान केन्द्रमा १ मतदान अधिकृत, १ सहायक मतदान अधिकृत, २ सहायक कर्मचारी, २ सहयोगी कर्मचारी र २ जना स्वयंसेवक गरी  जिल्लाभरीमा ३०९० जना कर्मचारीहरू खटिने छन् । यी कर्चमारीहरू जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीहरू र सामुदायिक विद्यालयका शिक्षकहरू मध्येबाट खटिने गरी सुचिकृत गरिएको निर्वाचन कार्यालयले जनाएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतको प्रशिक्षण जिल्ला स्तरमा संचालन हुनेछ भने अन्य कर्मचारीहरूलाई मतदान अधिकृतले मतदान केन्द्रमै प्रशिक्षण गर्नेछन् । 

निर्वाचन संचालनकै क्रममा प्रत्येक गा। पा।र न।  पा। को केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय जेष्ठ १५ गते देखि संचालन हुनेछ । त्यसको लागि निर्वाचन आयोगले निर्वाचन अधिकृतहरु तोकि प्रशिक्षण संचालन गरिसकेको छ  । यसरी संचालन हुने कार्यालहरूले आफ्नो स्थानिय तहको उमेद्वारी दर्ता गर्ने लगायत आफ्नो मतदान केन्द्रहरू अन्तर्गत मतदान सम्पन्न गरी सो को मतगणना गराई परिणाम प्रकाशन गर्नेछन् । राजनितिक दल र अन्य सरोकालाहरुले मतदाता नामावली प्राप्त गर्ने , उमेद्वारी दर्ता गर्ने आदि कार्यहरू सोहि कार्यालमा नै गर्न सक्नेछन् । आफ्नो क्षेत्रको आचार संहिता उल्लंघनको विषयमा निर्णय लिने अधिकार समेत सोही कार्यालयलाई  रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सबैजना निर्वाचन आचार संहिताको विषयमा संवेदनशील भई आचार संहिताको पालना गर्न निर्वाचन कार्यालयले अनुरोध गरेको छ । 

त्यसैगरी सम्भावित मतगणना स्थल पहिचान गर्ने, मतदान केन्द्रहरूको वस्तुस्थिति र संवेदनशीलता समेत पहिचान गरी सोही अनुसार सुरक्षा निकायहरूले एकिकृत सुरक्षा योजना बनाएको जिल्ला निर्वाचन अधिकारीले बताए । जिल्लामा समग्र निर्वाचन क्रियाकलापहरू  कसरी सम्पन्न गर्ने भन्ने विषयमा जिल्ला निर्वाचन कार्यालयको समन्वयमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सम्पूर्ण निर्वाचन अधिकृतहरू, सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरू तथा जिल्ला निर्वाचन अधिकारीको समन्वय बैठक समेत सम्पन्न भई सकेको र उक्त बैठकले निर्वाचन संचालनका सम्बन्धमा रणनितिहरू तय गरेको निर्वाचन अधिकारीले बताए । 

कपिलवस्तु जिल्लामा १० स्थानिय तहमा २८६५४८ मतदाता रहेका छन् भने सबैभन्दा धेरै बाणगंगा न। पा। मा ४६७३१, र सबै भन्दा कम बिजय नगर गाऊपालिकामा १७०५७ मतदाता रहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक