2026-06-29 07:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटको नरहरिनाथमा एमालेका विष्ट विजयी

जेठ १०, कालीकोट | जिल्लाको नरहरिनाथ गाउँपालिकामा अध्यक्षका उम्मेदवार नेकपा (एमाले)का धिरबहादुर विष्ट विजयी हुनुभएको छ । उहाँले दुई हजार ४६० मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मीनबहादुर बोगटीले दुई हजार २३८ मत ल्याउनुभएको छ । 

त्यसैगरी, उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मनशोभा बुढा विजयी हुनुभएको छ । उहाँले दुइ हजार २४९ मत ल्याई विजयी हुुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुनिता बुढाले दुई हजार ३८ मत ल्याउनुभएको बताइएको छ । नरहरिनाथ गाउँपालिकामा चारवटा वडामा नेकपा (एमाले), तीनवटा वडामा नेकपा (माओवादी केन्द्र) र दुईवटा वडामा नेपाली काँग्रेसले जित हासिल गरेको निर्वाचन अधिकृत प्रदीपराज अधिकारीले बताउनुभएको छ । 

कालीकोट जिल्लामा दुई नगरपालिका (तिलागुफा र रास्कोट) सहित तीन गाउँपालिका (पचालझरना, सान्नित्रिवेणी र पलांता)मा नेकपा (माओवादी केन्द्र)ले जित हासिल गरेको छ भने खांडाचक्र नगरपालिकामा नेकपा (एमाले)ले जित हासिल गरेको छ । 

महावै गाउँपालिकामा अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा (एमाले)ले विजय हात पारेको छ भने नरहरिनाथ गाउँपालिकामा अध्यक्ष नेकपा (एमाले) र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)ले जित हासिल गरेको छ । नरहरिनाथ गाउँपालिकाको नन्दादेवी मावि सेरापाटा मतदान केन्द्रमा पुनः भएको मतदानपछि नेकपा (माओवादी केन्द्र)को प्यानलै विजयी भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी