मो इमरान खान | जेठ २४, भैरहवा | सिद्धार्थनगर नगरपालिकामा ने.क.पा. (माओवादी केन्द्र) को तर्फबाट मेयर र उपमेयरका प्रत्यासीसंग प्रेस सेन्टर नेपाल रुपन्देही भैरहवा शाखाले छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मो इमरान खान | जेठ २४, भैरहवा | सिद्धार्थनगर नगरपालिकामा ने.क.पा. (माओवादी केन्द्र) को तर्फबाट मेयर र उपमेयरका प्रत्यासीसंग प्रेस सेन्टर नेपाल रुपन्देही भैरहवा शाखाले छ"/>
2026-06-29 11:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सिद्धार्थनगरमा प्रेस सेन्टर र उम्मेदवारबीच छलफल

मो इमरान खान | जेठ २४, भैरहवा | सिद्धार्थनगर नगरपालिकामा ने.क.पा. (माओवादी केन्द्र) को तर्फबाट मेयर र उपमेयरका प्रत्यासीसंग प्रेस सेन्टर नेपाल रुपन्देही भैरहवा शाखाले छलफल गरेको छ ।

असार १४ गते हून गइरहेको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरुको पक्षमा निर्वाचन परिणाम कसरी पार्न सकिन्छ भनेर पार्टी सिद्धार्थनगर कमिटीले भैरहवामा आयोजना गरेको छलफलमा उम्मेदवार तथा माओवादीका नेताहरुले अहिले सम्म भएको प्रचार प्रसार कार्यक्रमको बारेमा जानकारी गराएका थिए । माओवादी केन्द्र सिद्धार्थनगर कमिटीका अध्यक्ष चोपलाल आचार्य, माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज हकिकुल्लाह खाँ, जिल्ला सह–संयोजक एवं सिद्धार्थनगर इन्चार्ज अनुप बराल, नगर सचिव तीर बहादुर रोकाय डार्बिन, सह–सचिव मेराज खान लगायतको उपस्थिीतिमा भएको उक्त छलफलमा मेयरका प्रत्यासी फैज अहमद खानले सिद्धार्थनगरका जनताले घरदैलोको क्रममा दिएको आवश्वासनले आफुहरुको जीत सुनिश्चतता दिएको बताए । सोही अवसरमा उपमेयरको उम्मेदवार कमला थापाले अहिले देशभरी नै माओवादी केन्द्रको जनलहरले गर्दा सिद्धार्थनगरमा पनि जनताको साथ र सहयोग पाउनेमा आफु ढुक्क भएको बताइन ।

छलफलमा मेयरका पदका उम्मेदवार फैज अहमद खानले सिद्धार्थनगरको विकासको लागी माओवादी केन्द्रको जीत आवश्यक भएको जनताले बुझिसकेको समेत बताए । उनले विश्वास व्यक्त गर्दै भने माओवादी  प्रति जनताको विश्वास र भरोसा बढेको छ । हामी दावीका साथ भन्छौं माओवादी केन्द्रले सबैको अधिकार सुनिश्चित गर्छ । सिहंदरबारको अधिकार गाउँ, नगरमा पु¥याउने काम पनि माओवादीले गरेको हो । पहिलो चरणमा  माओवादीले  जितेका स्थानहरुमा प्रतिबद्धता गरे अनुसार काम गरिरहेको छ । यसर्थ हामीले प्रतिबद्धता गरे अनुसारको काम पुरा गरेर जनतालाई समुन्नत र सम्पन्न बनाउन चाहन्छौं ।

छलफलमा प्रेस सेन्टर नेपाल रुपन्देहीका उपाध्यक्ष कमल रायमाझी, प्रदेश नं. ५ सदस्य दिपक गलामी, भैरहवा शाखा अध्यक्ष पशुपति यादव, उपाध्यक्ष सचिन चौधरी, सचिव रबिन्द्र प्रताप गुप्ता, सदस्य आशिष चौधरीले बोल्दै मिडिया र प्रविधिको सहि प्रयोग गर्दै जनता समक्ष आफ्ना एजेण्डाहरु पु¥याउन उम्मेदवारलाइ सुझाव दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी