2026-06-29 11:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कांग्रेसका दुईसय नेता कार्यकर्ताद्वारा पार्टी परित्याग

2017-06-08

मो इमरान खान/ जेठ २५, कपिलवस्तु । दोस्रो स्थानीय तह निर्वाचन नचिकदा उम्मेदवार विषयमा कपिलवस्तु जिल्लामा बिवाद उत्पन्न हुदै गइरहेको छ । 

उम्मेदवारको बिवाद लिई नेपाली कांग्रेसका जिल्ला नेतासहित दुर्यसय कार्यकर्ताले नेपाली कांग्रेस परित्याग गरेका छन । स्थानीय तह निर्वाचनमा नगरपालिकाको उम्मेदवार चयनको विषयमा पार्टी नेतृत्वले मनोमानी ढंगले टिकट वितरण गरेको भन्दै महाराजगंज नगरपालिका क्षेत्रका झण्डै २ सय नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका हुन ।

नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधी दिर्घनारायण पाण्डेयलाई महाराजगंज नगरपालिकाको मेयर पदमा उम्मेदवार नबनाएको भन्दै नेता पाण्डेयसहितका क्रियाशील सदस्यहरुले पार्टीको साधारण सदस्य समेतबाट राजीनामा दिएको बताएका छन । यसरी नेता पाण्डेय संगै पार्टी परित्याग गर्नेहरुमा महाराजगंज ईकाई सभापति बलराम यादव, सचिव पशुपति मौर्य, कोषाध्यक्ष हनुमान गुप्ता, क्षेत्रीय सदस्य मुनीराम यादव लगायतका नेताहरु रहेका छन ।

पछिल्लो संविधान सभा निर्वाचनमा आफू सभासद्को आकांक्षी रहेको, महाराजगंज गाविसका पूर्व अध्यक्ष समेत रही जनताको घरदैलोमा पुगी सेवा गरेको भए पनि आफूलाई पार्टीले मूल्यांकन नगरेका कारण वाध्य भै पार्टी परित्याग गर्नु परेको बताएका छन । नेता पाण्डेय सहित पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरु अहिले कुनै पार्टी प्रवेश भने गरेका छैनन् ।

नेता पाण्डेयले आफूलाई पार्टीले मेयर पदको उम्मेदवार नबनाए पनि आफू कुनै अन्य राजनैतिक दल वा स्वतन्त्र रुपमै भए पनि स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने बताएका छन । नेपाली कांग्रेसले सो नगरपालिकामा पार्टीका कार्यवाहक सभापति अब्दुल कलाम खांलाई उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेस ठूलो पार्टी भएका कारण उम्मेदवारको आकांक्षी धेरै जना हुने गरेको र उम्मेदवार बनाउन छुटेका अग्रज कार्यकर्ताहरुलाई अन्य स्थानमा समेट्ने पार्टीले नीति लिएको पार्टीका जिल्ला सचिव महेन्द्र पाठकले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी