By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    5 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    5 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    5 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    6 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    11 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    11 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कपिलवस्तुमा चुनावी माहोल तात्दै, धमाधम उम्मेदवारको घोषणा हुँदै
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > कपिलवस्तु - KPL > कपिलवस्तुमा चुनावी माहोल तात्दै, धमाधम उम्मेदवारको घोषणा हुँदै
कपिलवस्तु - KPLराजनीति

कपिलवस्तुमा चुनावी माहोल तात्दै, धमाधम उम्मेदवारको घोषणा हुँदै

साझासवाल
Last updated: June 12, 2017 11:38 am
साझासवाल
4 Min Read
Share

मो इमरान खान/जेठ २९, कपिलवस्तु । असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा कपिलवस्तुका राजनितिक दलहरुले धमाधम उम्मेदवारको घोषणा गरिरहेका छन् । 

नेकपा एमालेले जिल्लाका १० स्थानीय तह मध्ये ९ वटा तहमा उम्मेद्वारको टुंगो लगाई सकेको छ भने कांग्रेसले ४ नगरपालिकाको उम्मेदवारको छिनोफानो गरिसकेको छ। माओवादी केन्द्रले ८ वटा तहमा उम्मेदवारको टुङगो लगाइसकेको छ । 

अहिले उम्मेदवारहरु भोट माग्नका लागि जनताको घर दैलो चहारीरहेका छन । उत्तरी क्षेत्रका वाणगंगा, बुद्धभुमि र शिवराज नगरपालिका क्षेत्र चुनावमय बनेको छ । नेपाली कांग्रेसले जिल्लाको कपिलवस्तु नगरपालिका, बुद्धभुमि नगरपालिका, मायादेवी गाउँपालिका, शुद्धोधन गाउपालिकाको उम्मेदवारको टुंगो लगाउन बाँकी छ । यहाँका उम्मेदवारहरुको टुंगो केन्द्रले लगाउने कांग्रेस जिल्ला सदस्य तथा प्रचारप्रसार समिति संयोजक प्रकाश घिमिरेले बताए । 

शनिबार पनि उम्मेदवारको नाम छनौट गर्न टिकट वितरण समितिको बैठक र छलफल चलेको उनले बताए । अबेर साँझ आइतबार वा सोमवार सम्म जिल्लाका सबै तहको नाम टुंगो लाग्छ, घिमिरेले भने । एकल रुपमा चुनाव जित्ने छाँट नदेखेपछि दलहरु चुनावी तालमेलमा जुटेका छन्। 

जिल्लामा सबैभन्दा बढी मतदाता रहेको बाणगंगा नगरपालिकामा माओवादी केन्द्र र कांग्रेसबीच चुनावी तालमेल भएको छ। कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख पाउने गरी चुनावी तालमेल भएको कांग्रेस क्षेत्र नम्बर १ का सभापति हरिराज घिमिरेले बताए । 

यसअघि दुबै पार्टीले प्रमुख र उपप्रमुखको छुट्टा छुट्टै नाम सार्वजनिक गरी सकेका थिए । संयुक्त प्यानलमा कांग्रेसका मंलग प्रसाद थारु र माओबादी केन्द्रका टोप नारायण बेल्वासे उम्मेवार बनेका छ । ११ वडा रहेको नगरपालिका कांग्रेसलाई ७ र माओवादीलाई ४ वडा भागमा परेको छ । दुबै पार्टीको तर्फबाट वडा अध्यक्ष र अन्य पदहरुमा आकांक्षी बढी रहेकोले उम्मेदवार छान्न हम्मे÷ हम्मे परेको बताइएको छ । एमालेको राम्रो पकड मानिएको बाणगंगा नगरपालिकामा कांग्रेस र माओवादीबीच तालमेल भएपछि चुनाव निकै प्रतिस्पर्धात्मक हुने मतदाताहरु बताउँछन । बाणगंगा नगरपालिका जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ। 

यस क्षेत्रमा २०७० सालमा भएको संविधानसभा निर्वाचनमा एमालेका बलराम अधिकारी विजयी भएका थिए। त्यसैले यसपटक पनि निर्वाचनमा एमाले हाबी हुने धेरैको अनुमान छ । एमालेले बाणगंगा नगरपालिकामा पार्टी जिल्ला सचिव विमला घिमिरेलाई प्रमुख र चक्र अर्याललाई उपप्रमुखमा चुनावी मैदानमा उतारेको छ । शिवराज नगरपालिकामा पनि दलहरु चुनावी अभियान व्यस्त छन । कांग्रेसले जिल्ला सचिव प्रेम बहादुर रायमाझीलाई नगरप्रमुखको उम्मेदवार बनाएको छ । 

उपप्रमुखका लागि भने कांग्रेसले कुनै उम्मेदवार चयन गरेको छैन । कांग्रेसले यस नगपालिकामा उपप्रमुखको उम्मेदवार अन्य दललाई दिएर तालमेल गर्ने रणनीति बनाएको छ । एमालेबाट सभासदमा पराजित नेत्रराज अधिकारी प्रमुखको उम्मेदवार छन । २१ वर्षिया शिव कुमारी थारुलाई उपप्रमुखको उम्मेदवार छिन । राप्रपाबाट युवाहरु माझ लोकप्रिय अजय थापा प्रमुखको उम्मेदवार छन । माआवादी केन्द्रले डा.प्रकाश पौडेल र उपप्रमखुमा श्वेता योगीलाई उम्मेदवार बनाएको छ । चार वटै दलले अहिले प्रसारप्रसार अभियान चलाएका छन । बुद्धभुमि नगरपालिकामा एमालेको तर्फबाट रुपेश श्रेष्ठ नगरप्रमुखको उम्मेदवार छन ।  

कांग्रेसले अझै बुद्धभुभि नगरपालिकामा प्रमुखको नाम टुंगो लगाएको छैन । कांग्रेसका केशव श्रेष्ठ, र विरेन्द्र मिश्रासँगै पूर्व सांसद् विष्णु आचार्यको नाम चर्चामा छ । संघीय समाजवादी फोमरले पनि उम्मेदवारहरुको नाम छनौट अन्तिम चरणमा पुगेको बताएको छ । दक्षिणी क्षेत्रमा कांग्रेससँग प्रतिस्पर्धा हुने भएकाले कांग्रेसले उम्मेदवार घोषणा गरेपछि मात्र आफुहरुले उम्मेदवारको नाम बाहिर ल्याउने फोरमका नेता अब्दुल रसिद खांले बताए । 

राष्ट्रिय जनता पार्टी आन्दोलनमा जाने कि चुनावमा जाने दोधारमा परेकोले जिल्लाका दक्षिणी क्षेत्रका मतदाताहरु अन्यौलमा छन । फेरी राजपा आन्दोलनमा जाने आशंकाले चुनाव तोकिएको मितिमा हुन्छ कि हुदैन भनेर मतदाताहरु ढुक्क हुन सकेका छैनन । 

दक्षिणी क्षेत्रमा अझै चुनावी प्रचारप्रसारले तीव्रता पाएको छैन । स्थानीय तहको निर्वाचन कुनै हालतमा हुन नदिने राष्ट्रिय जनता पार्टी नेपाल कपिलवस्तुका संयोजक कैलाश अग्रहरीले प्रतिक्रिया दिएका छन । जिल्लाको दक्षिणी क्षेत्र सदरमुकाममा दिनहुँ राजपाले विरोध कार्यक्रम गर्दै आएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article यी हुन् ५ नम्बर प्रदेशका एमाले उम्मेदवार (नामावलीसहित)
Next Article रोल्पामा खुकुरी प्रहार गरी आफ्नै श्रीमतिको हत्या
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

राजनीति

सभामुख र प्रमुख सचेतक छलफल- प्रतिनिधिसभाको आगामी तालिका तय

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष

1 year ago
राजनीति

सुनकोशी मरिन डाइभर्सन आयोजना तोकिएकै समयमा सम्पन्न गर्न मन्त्री खड्काको निर्देशन

1 year ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?