असार ४, कपिलवस्तु | बाणगङ्गा नगरपालिकामा आज बम विस्फोट हुँदा आठजना घाइते भएका छन् । 

बाणगङ्गास्थित निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट भएको हो । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ४, कपिलवस्तु | बाणगङ्गा नगरपालिकामा आज बम विस्फोट हुँदा आठजना घाइते भएका छन् । 

बाणगङ्गास्थित निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट भएको हो । "/>

2026-10-31 09:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा बम विस्फोट, आठजना घाइते

असार ४, कपिलवस्तु | बाणगङ्गा नगरपालिकामा आज बम विस्फोट हुँदा आठजना घाइते भएका छन् । 

बाणगङ्गास्थित निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट भएको हो । बम विस्फोटबाट बाणगङ्गा–५ मटेरियाका ३८ वर्षीय लालबहादुर थारू र सोही ठाउँका ४५ वर्षीय शेषराम गुप्ता गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरक्षीक राजु कार्कीले जानकारी दिनुभयो । दुवै जनालाई उपचारका लागि बुटवल अस्पताल पठाइएको छ । 

अन्य घाइतेमा बाणगङ्गा–५ का बेझे थारू, विजय थारू, कमलेशप्रसाद लोनिया, बाणगङ्गा–९ का रुपलाल गुरुङ, उनकी श्रीमती सुशीला गुरुङ र सात महिनाकी छोरी मिनाक्षी रहेका छन् । बम कसले विस्फोट गराएको भन्ने बारेमा यकिन हुन सकेको छैन । नेकपा (एमाले)ले मनोनयन दर्ता गरेर फर्किएपछि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनले मनोनयन दर्ता गर्ने क्रममा सो बम विस्फोट भएको हो । 

विस्फोट विप्लव माओवादीले गराएको आशंका गरिएको छ । रातो टालोसहितको साइकललाई एक अपरिचित व्यक्तिले भीड नजिकै छाडेर गएको केही क्षणमै विस्फोट भएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय