दलसिंह गिरी/असार ५, कालिकोट । सिंगो नेपालकै आर्थिक ब्यह्भार थेग्न सक्ने सामथ्र्य कर्नालीमा रहेको बर्तमान संसद सदस्य तुलाराज विष्टले बताउनु भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/असार ५, कालिकोट । सिंगो नेपालकै आर्थिक ब्यह्भार थेग्न सक्ने सामथ्र्य कर्नालीमा रहेको बर्तमान संसद सदस्य तुलाराज विष्टले बताउनु भएको छ । 

2026-09-14 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सामर्थ्य सहितको कर्नाली, राज्यको उपहास: सांसद विष्ट


दलसिंह गिरी/असार ५, कालिकोट । सिंगो नेपालकै आर्थिक ब्यह्भार थेग्न सक्ने सामथ्र्य कर्नालीमा रहेको बर्तमान संसद सदस्य तुलाराज विष्टले बताउनु भएको छ । 

आम्दानीको प्रमुख श्रोतको रुपमा रहेको जलसम्पदालाई मात्र प्रबर्धन गर्न सके सिंगो नेपालकै आर्थिक ब्यह्भार थेग्न सक्ने विष्टले बताउनु भएको हो । अन्तरदेशिय जलसुशासन, खानेपानी तथा सरसफाईका सवालका बारेमा आइतबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै विष्टले कर्नाली क्षेत्रका सम्भाब्यता, भौगोलिक अवस्था, यहाको परिस्थीतिको कुनैपनि अध्ययन नगरी राज्यले अझैपनि कर्नालीलाई शौतेनी ब्यवहार देखाएको आरोप लगाउनु भएको छ । राज्य स्तरबाट बजेट विनियोज देखि सरकारको अर्थपूर्ण प्रतिनिधित्व छनोट सम्म पनि सौतेनी ब्यवहार देखाएको भन्दै यस्तो आरोप लगाउनु भएको हो । 

जल, जमिन, जडिबुटी, जंगल, र पर्यटकिय क्षेत्रको भण्डारण रहेको कर्नाली भन्दै फुका गफ हाक्ने शिर्षर्थ नेताहरुले ब्यवहारत अपमान शैली देखाउने गरेको बताउनु भएको छ । कर्नाली समृद्धिका लागि अबको नयाँ जनप्रतिनिधिहरुले केन्द्रको मुख नताकि यो पाटी त्यो पाटी हैन जनताको जनप्रतिनिधिको रुपमा एक ढिक्का भएर समृद्धिमा लाग्नुपर्ने बताउनु भएको छ । 

किर्डाक नेपाल कालिकोटको सहजिकरण, जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिको समन्वय, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल कालिकोटको आयोजनामा आयोजित १ दिने अन्तरक्रिया कार्यक्रममा गाउ तथा नगरपालिकाका जनप्रतिनिधिहरुले अबको ५ बर्षमा गाउ समाज हुदै सिंगो कर्नाली समृद्धिका लागि प्रमुख सवाल केलाउदै समाधान उपाय सहित अगाडी बढ्ने प्रतिवद्धता गरेका छन् । अन्तरक्रियामा बोल्दै जनप्रतिनिधिहरुले समाज परिवर्तनको पहिलो आधार ब्यवहार परिवर्तन, शिक्षा र सरसफाइ भएकाले यसको प्रत्याभूतिको लागि आफ्नो पहिलो काम रहने बताएका छन् ।

बर्तमान संसद सदस्य विष्टको प्रमुख आथित्यता, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल कालिकोटका अध्यक्ष चित्रसिंह गाउलेको अध्यक्षतामा आयोजित अन्तरक्रियामा जिल्लामा पानीको अवस्था, यसको उपयोग र अबको आवश्यकताबारे छलफल गरिएको छ । 

गाउपालिका तथा नगरपालिकाका जननिर्वाचित प्रमुख, उपप्रमुख तथा कार्यालयका कार्यकारीहरुको उपस्थिति, पत्रकार, नागरिक समाज, खानेपानी तथा सरसफाई संग काम गर्ने गैससका प्रमुख प्रतिनिधि सरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ