दिपक अनुरागी/असार ५, कपिलवस्तु । असार १४ को स्थानिय तहको दोस्रो निर्वाचनको लागि कपिलवस्तुमा आइतबार उत्साहपुर्वक रुपमा उम्मेदवार दर्ता भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिपक अनुरागी/असार ५, कपिलवस्तु । असार १४ को स्थानिय तहको दोस्रो निर्वाचनको लागि कपिलवस्तुमा आइतबार उत्साहपुर्वक रुपमा उम्मेदवार दर्ता भएको छ । 

"/>
२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा ३ हजार १ सय ४४ उम्मेद्वार चुनावी मैदानमा

२०७४, ५ असार सोमबार १३:०६


दिपक अनुरागी/असार ५, कपिलवस्तु । असार १४ को स्थानिय तहको दोस्रो निर्वाचनको लागि कपिलवस्तुमा आइतबार उत्साहपुर्वक रुपमा उम्मेदवार दर्ता भएको छ । 

१० स्थानिय तह रहेको जिल्लामा ६ नगरपालिका र ४ गाउपालिका रहेका छन् । जसमा मेयर, उममेयर, प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदको लागि कपिलवस्तुमा ३ हजार १ सय ४४ उम्मेद्वारहरु चुनावी मैदानमा उत्रिएका हुन् । यि उम्मेदवारहरुले जिल्लाका १० स्थानिय तहमा आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।

वाणगंगामा २ सय ६० जनाको उम्मेदवारी

४६ हजार ७३१ मतदाता रहेको वाणगंगा नगरपालिकामा ५७ पदको लागि २ सय ६० जनाको उम्मेद्वारी परेको छ । असार १४ गतेको स्थानीय तहको निर्वाचनको लागि आइतबार वाणगंगामा यति धेरै पदमा उम्मेद्वारी परेको हो ।

वाणगंगा नगरपालिकाका प्रमुख तुल्सिराम मरासिनीका अनुसार मेयर पदको लागि ११ जनाको उम्मेद्वारी दर्ता भएको छ । यस्तै उपमेयरको लागि ९ जनाको उम्मेद्वारी परेको छ ।

नगरका ११ वडा अध्यक्षको लागि ६४ जनाको उम्मेद्वारी दर्ता भएको छ भने सवै वडाका महिला सदस्य ४५ जना, दलित महिला सदस्य ३५ जना, खुल्ला सदस्य ९६ जनाले उम्मेद्वारी दिएको वाणगंगा नगरपालिकाले जनाएको छ ।

नगरका ३० ठाउका ६० केन्द्रबाट असार १४ गते मतदाताले आफुले चाहेको उम्मेद्वारलाई भोट दिन पाउनेछन् ।

बुद्धभुमिमा २ सय १९ जनाको उम्मेद्वारी

बुद्धभुमि नगरपालिकामा ५७ जनप्रतिनिधीको लागि २ सय २९ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यलय कपिलवस्तुले जनाएको छ । नगरको मेयर पदको लागि १३ जनाको उम्मेद्वारी परेको छ  भने उपमेयरको लागि ११ जना चुनावी प्रतिस्पर्धामा उत्रने भएका छन् ।

३४ हजार ४सय ५३ मतदाता रहेको यस नगरपालिकामा ११ वडा अध्यक्षको लागि ६१ जना चुनावी मैदानमा उत्रने गरि उम्मेदवारी दर्ता गराएका छन् । खुल्ला सदस्यको लागि १ सय ११, महिला सदस्यको लागि ५१ र दलित महिला सदस्यको लागि ४५ जनाको उम्मेद्वारी दर्ता भएको निर्वाचन कार्यलय कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तु नगरपालिका ३ सय ६४ चुनावी मैदानमा

जिल्लाको सबैभन्दा पुरानो कपिलवस्तु नगरपालिकामा ३ सय ७४ जना चुनावी मैदानमा उत्रने भएका छन् । नगर भित्रका ६२ जना जनप्रतिनिधीका लागि ३ सय ७४ जना चुनावी मैदानमा उत्रने भएका हुन् ।

कपिलवस्तु नगरपालिकामा मयेर पदका लागि १० जना र उपमेयर पदका लागि १३ जना स्थानिय तहको निर्वाचनमा चुनाव लड्ने छन् । नगरका १२ वडाका वडा अध्यक्षको लागि ७७ जना चुनावी मैदानमा उत्रने गरि उम्मेद्वारी दिएका छन् ।

खुल्ला सदस्यको लागि १ सय १३, महिला सदस्यको लागि ७१ र दलित महिला सदस्यको लागि ५८ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

शिवराजमा ३ सय ८९ जना लड्दै

शिवराज नगरपालिकाले असार १४ गते पछि ५७ जना जनप्रतिनिधी पाउने छ । त्यसको लागि ३ सय ८९ जनाको उम्मेदवारी परेको छ । शिवराजमा मेयर पदको लागि १८ जना र उपमेयरको लागि १० जना चुनाव लड्दै छन् ।

कुल ३१ हजार ८ सय ३० मतदाता रहेको शिवराजको ११ वडाका वडा अध्यक्षका लागि ९८ जना प्रतिस्पर्धा रहेका छन् ।

यस्तै खुल्ला सदस्यको लागि १ सय ४२, महिला सदस्यको लागि ६३ र दलित महिला सदस्यको लागि ५८ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

कृष्णनगरमा सबैभन्दा बढी उम्मेदवार

कपिलवस्तुको भारतीय सिमाना संग जोडिएको कृष्णनगर नगरपालिकामा अरुको तुलनामा सबैभन्दा बढी उम्मेद्वार चुनाव मैदानमा होमिएका छन् ।

जिल्लाका १० स्थानिय तह मध्ये सबैभन्दा बढी उम्मेद्वारी कृष्णनगर नगरपालिकामा परेको छ । त्यहा ६२ जना जनप्रतिनिधीका लागि ४ सय ८० जना चुनावी मैदानमा छन् ।

नगरको मेयर पदका लागि २२ जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने उपमेयरमा २१ जनाको उम्मेदवारी परेको छ । कृष्णनगरमा २९ हजार २ सय ३१ मतदाताले भोट दिन पाउनेछन् ।

नगरको वडा अध्यक्षको लागि १ सय २७ जनाले उम्मेदवारी दिएका छन् । खुला सदस्यको लागि १ सय ७४, महिला सदस्यको लागि ७१, र दलित महिला सदस्यको लागि ६५ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

महराजञ्जमा पनि उम्मेदवारी दर्ता

कुल २६ हजार ७ सय २८ मतदाता रहेको महाराजगञ्ज गाविसले असार १४ पछि ५७ जना जनप्रतिनिधी पाउदैछन् । त्यसको लागि ३ सय २१ जना चुनावी प्रतिस्पर्धामा होमिएका छन् । महाराजगञ्जको मेयरको लागि ८ र उपमयेरको लागि ६ जनाको उम्मेदवारी परेको छ ।

नगरका ११ वडाका वडा अध्यक्षको लागि ८० जना चुनावी मैदानमा रहेका छन् । खुल्ला सदस्यका लागि १ सय ३६, महिला सदस्यको लागि ४६ र दलित महिला सदस्यका लागि ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

चारगाउपालिकामा पनि उतिकै मात्रमा उम्मेद्वारी

कपिलवस्तुमा चार गाउपालिका रहेका छन् । जसमा जिल्लाको सुदुर पश्चिमी भेगमा रहेको विजयनगर गाउपालिका हो । त्यहा गाउपालिका प्रमुखमा १२ जना र उपप्रमुखमा १३ जनाको उम्मेद्वारी परेको छ ।

गाउपालिकाका वडा अध्यक्षको लागि ६३, खुल्ला सदस्यको लागि ८६, महिला सदस्यको लागि ३५ र दलित महिला सदस्यको लागि ३२ जनाको उम्मेद्वारी परेको छ । १८ हजार ३७ मतदाता रहेको विजयानगर गाउपालिकामा ३७ जना जनप्रतिनिधी निर्वाचित हुनेछन् ।

यस्तै मायादेवी गाउपालिका प्रमुखमा १४ र उपप्रमुखको लागि ८ जनाको उम्मेद्वारी परेको छ । २३ हजार ४ सय २१ मतदाता रहेको गाउपालिकाले ४२ जना जनप्रतिनिधी पाउनेछ । त्यसको लागि २ सय ८६ जनाको उम्मेद्वारी परेको छ ।

गाउपालिका प्रमुखमा ८ र उपप्रमुखमा ६३ जना चुनावी मैदानमा रहेका छन् । खुल्ला सदस्यमा १ सय ४, महिला सदस्यको लागि ४९ र दलित महिला सदस्यको लागि ४९ जना चुनावी मैदानमा रहेका छन् ।

उता यशोधरा गाउपालिकाले असार १४ पछि ४२ जना प्रतिनिधी पाउनेछ । त्यसको लागि २ सय जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । प्रमुख पदमा ८ र उपप्रमुखमा १३ जनाको उम्मेद्वारी परेको छ ।

१८ हजार १ सय ६१ मतदाता रहको यशोधराको वडा अध्यक्षको लागि ६७ जनाको उम्मेद्वारी परेको छ । खुल्ला सदस्यको लागि ९३, महिला सदस्यको लागि ४२ र खुल्ला महिला सदस्यको लागि ४१ जनाको उम्मेद्वारी दर्ता भएको छ ।

यसैगरि शुधोधन गाउपालिकामा पनि ३ सय ३६ जना चुनावी मैदानमा उत्रिएका छन् । गाउपालिकामा ३२ जना जनप्रतिनिधी चुनीने छन् । प्रमुख पदको लागि १५ र उपप्रमुखको लागि १० जना चुनावि मैदानमा उत्रिएका हुन् ।

वडा अध्यक्षको लागि ५३ जना छन् भने वडाका खुल्ला सदस्यको लागि ८४, महिला सदस्यका लागि ३७ .र खुल्ला महिला सदस्यका लागि ३७ जना चुनावी मैदानमा उत्रिएको जिल्ला निर्वाचन कार्यलय कपिलवस्तुले जनाएको छ । शुद्धोधन गाउपालिकामा  २१ हजार ९ सय ५६ जनाले भोट हाल्न पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ