By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    24 minutes ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    17 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    20 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    21 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    15 minutes ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    24 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: स्थानिय चुनावमा शिवराज: एमाले ढुक्क, कांग्रेसलाई तनाव
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > कपिलवस्तु - KPL > स्थानिय चुनावमा शिवराज: एमाले ढुक्क, कांग्रेसलाई तनाव
कपिलवस्तु - KPLराजनीति

स्थानिय चुनावमा शिवराज: एमाले ढुक्क, कांग्रेसलाई तनाव

साझासवाल
Last updated: June 20, 2017 8:02 am
साझासवाल
14 Min Read
Share


दिपक अनुरागी/ असार ६, कपिलवस्तु । उद्योगधन्दा र कलकारखानाको हिसाबले जिल्लाकै ठुलो र महत्वपूर्ण नगरपालिका मध्ये एक हो शिवराजनगरपालिका । दजनौँ उद्योगहरु रहेको यस नगरपालिका औद्योगिक क्षेत्रको सम्भावना बोकेको नगरपालिका पनि हो । 

शिवगढी, धानखोला, उमरी गुफा जस्ता चर्चित धार्मिक स्थल रहेको शिवराजको अर्को महत्वपुर्ण पहिचान हो । जिल्लामा एउटा मात्र कपिलवस्तु नगरपालिका रहेको अवस्थामा २०७१ बैशाख २५ गते सरकारले शिवराज नगरपालिका र कृष्णनगर नगरपालिका थप गरेको थियो । त्यति बेला सम्म वाणगंगा नगरपालिका बनिसकेको थिएन् भने बनाउने कोशिसमा यहाँका राजनितिक दलहरु थिए । 

असार १४ मा हुन गैरहेको दोस्रो स्थानिय तहको निर्वाचनमा यस नगरपालिकाले पनि मेयर उपमयेर पाउदैछ । कुन दलका कुन नेता मेयर र उमेयरको कुर्चिमा बस्ने हुन अझै फैसला भएको छैन् । त्यसका लागि असार १४ गतेको निर्वाचन कुर्नुपर्ने हुन्छ । तरपनि राजनितिक दलको हैसियत र प्रभावका आधारमा मेयर र उपमेयर कुन दलका कुन उम्मेद्वारले जित्छन् अनुमान भने लगाउन सकिन्छ । 

शिवराज नगरपालिका साविकका ८ गाविस मिलेको बनेको छ । २०७१ सालमा नगरपालिका घोषणा गर्दा वीरपुर, चनई, जवाभारी, विशुनपुर र शिवपुरलाई मिलाइएको थियो । तर स्थानिय निकायको नयाँ संरचना अनुसार ३ गाविस थप भएका छन् । पछि थपिएका गाविस शिवगढी, लालपुर र थुनिया हुन् । यसरी शिवराज नगरपालिका साविकका ८ गाविस मिलेर बनेको छ । 

शिवराजमा मुख्यतया स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र संघिय समाजबादी फोरम नेपाल विच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चौथोमा राप्रपा, पाचौमा माओबादी केन्द्र र छैठौमा राजपा नेपाल आउनेछ । विं.सं. २०५४ सालको निर्वाचनलाई नियाल्ने हो भने साविकका ८ गाविस मध्ये नेपाली कांग्रेस ३, नेकपा (एमाले) ३, सद्भावना पार्टि १ र राप्रपाले १ गाविसमा अध्यक्ष जितेको थियो । कांग्रेसले शिवगढी, जवाभारी र थुनियामा गाविस अध्यक्ष जितेको थियो । एमालेले शिवगढी, चनई र वीरपुरमा गाविस अध्यक्ष जितेको थियो भने राप्रपाले विशुनपुर र सद्भावनाले लालपुरमा गाविस अध्यक्ष जितेका थिए । 

यसरी अहिलेको स्थानिय तहको चुनावलाई पहिलेको आधार मान्ने हो भने नेकपा (एमाले) बलियो शक्तिको रुपमा देखिन्छ । किनकि नेकपा (एमाले)ले जितेका गाविस अरु गाविसको तुलनामा बढी जनसंख्या र मतदाता भएका गाविस हुन् । साविक विरपुर चन्द्रौटा बजारमै पर्ने, शिवपुर भौगोलिक हिसावले ठुलो र जनसंख्याको हिसावले पनि धेरै र चनई पनि उहि परिवेशमा रहेकोछ । अझ अर्को प्रसङ्ग के छ भने यि तीन ओटै गाविसहरु पुर्व पश्चिम राजमार्ग संग सटेका ह्न् । 

कांग्रेसले जीतेका गाविस मध्ये शिवगढी अलि बढी जनसंख्या भएको गाविस हो । थुनियाको जनसंख्या कमै छ भने जवाभारी औधोगिक क्षेत्र भएको गाविस हो । राप्रपा र सद्भावनाले जितेका विशुनपुर र लालपुरको जनसंख्या अहिले पनि कम नै छ । यसरी विगतको स्थानिय तहको निर्वाचनलाई नियाल्दा शिवराज नगरपालिकाका मुख्य प्रतिस्पर्धी दल नेकपा (एमाले) र नेपाली कांग्रेस नै हुन् भन्न सकिन्छ ।  

२०५४ को स्थानिय तहको निर्वाचन पछि देशमा २०६४ र २०७० गरि दुईवटा संबिधानसभाका राष्ट्रिय निर्वाचनहरु भएका छन् । ति निर्वाचनलाई नियाल्दा विभिन्न अधिकारका आन्दोलन र नयाँ पार्टि खुल्ने क्रममा देखिएको प्रतिस्पर्धाले नेकपा (एमाले) र नेपाली कांग्रेसलाई केहि धक्का लाग्न गएको छ । शिवराज नगरपालिका क्षेत्र नं ४ र क्षेत्र नं. ५ मा पर्छ । यि दुई वटै क्षेत्रमा २०६४ सालको संबिधानसभाको पहिलो निर्वाचनमा मधेस केन्द्रित दलले जितेका थिए । क्षेत्र नं. ४ मा तमलोपा र क्षेत्र नं. ५ मा मधेसी जनअधिकार फोरम नेपालले जितेको थियो । त्यस बेला अरु दल लगभग शुन्य प्राय थिए । 

१० बर्षे सशस्त्र द्धन्द्ध संगै शान्ति प्रक्रियामा आए पछि पहिलो संबिधानसभा निर्वाचनमा होमिएको नेकपा (माओबादी)ले देशका धेरै ठाउँमा जीत निकाल्दा यि क्षेत्रमा माओबादी शुन्य प्राय थियो भने कांग्रेस एमाले पनि कमजोर नै थिए । यसरी पहिलो संबिधानसभा निर्वाचनमा दुई निर्वाचन क्षेत्रमा मधेस केन्द्रित दलको वर्चश्व देखिन्छ यद्यपि नगरपालिका भित्रका गाविसमा भने कांग्रेस, एमाले, माओबादीको राम्रै मत आएको थियो । 

यता २०७० सालको दोस्रो संबिधानसभाको निर्वाचनमा क्षेत्र नम्बर ५ मा तत्कालिन मधेसी जनअधिकार फोरम नेपाल र हालको संघिय समाजबादी फोरम नेपालले जितेको थियो भने क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसलले जितेको छ । फोरम नेपालबाट पार्टिका उपमहासचिव रहेका अभिषेक प्रताप शाह क्षेत्र नम्बर ५ का सासंद हुन् भने क्षेत्र नम्बर ४ का सासंद नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका सुरेन्द्रराज आचार्य हुन् । 

क्षेत्र नम्बर ४ मा अर्को रोचक प्रसङ्ग के छ भने पहिलो संबिधानसभा निर्वाचनमा पाचौ, छैठौ स्थानमा रहेको नेपाल (एमाले) दोस्रो निर्वाचनमा कांग्रेस संग झण्डै ४ सय मतले पराजित भएको थियो । एमालेबाट पार्टिका वरिष्ठ नेता नेत्रराज अधिकारी उठ्नुभएको थियो । जनताका लोकप्रिय नेताका रुपमा चिनिने अधिकारी त्यस क्षेत्रकै चर्चित नेता हुन् ।   

कुल ३२ हजार ६ सय मतदाता रहेको शिवराजमा सबैभन्दा बढी मतदाता साविक शिवपुर गाविसमा रहेका छन् । त्यहा ८ हजार भन्दा बढी मतदाता रहेका छन् । त्यस पछि क्रमश ६, ६ हजार भन्दा बढी मतदाता रहका साविक गाविसहरु वीरपुर र चनई हुन् । यि तीन गाविसहरुको मतदाता संख्या अन्य ५ गाविसका मतदाता संख्या जोड्दा पनि बढी हुन आउछ । साविक शिवगढीमा २ हजार ८ सय ५०, लालपुरमा १ हजार ९ सय बत्तिस, विशुनपुरमा २ हजार ३ सय अड्चालिस, थुनियामा ३ हजार उन्नाइस, जवाभारीमा १ हजार ६ सय ६४ मतदाता रहेका छन् । यसरी पाच गाविसका मतदाता संख्या जोड्दा ११ हजार ८ सय १२ हुन आउछ । कुल ३२ हजार ६ सय मतदाता मध्ये अरु शिवपुर, वीरपुर र चनईमा नै छन् ।  

नेपाली कांग्रेसले शिवराजको मेयरमा पार्टि सचिव प्रेम बहादुर रायमाझीलाई उठाएको छ । थुनिया निवासी रायमाझी निवर्तमान गाविस अध्यक्ष पनि हुनुहुन्छ । रायमाझी रहेको गाविसमा मतदाताको संख्या कम हुनाले पनि उहालाई मेयरमा जित निकाल्न गाह्रो हुन सक्छ । पार्टि भित्र टिकटको विषयमा तीव्र मतभेद भएकोले पनि उहालाई टाउको दुखाईको बिषय बनेको छ । मेयरका आकांक्षी रहेका त्यस क्षेत्रका सफल उद्योगी जमसेद अलि मियाले आफु स्वतन्त्र उठ्ने बताउदै आउनुभएको छ । 

अर्का मेयरका उम्मेदवार हरी पोख्रेल पनि आफुले टिकट नपाए पछि असन्तुष्ट बन्नुभएको छ । पोख्रेल टिकट नपाएकोमा आक्रोस केहि दिनको लागि मात्र हो कि पछि सम्म हो त्यो यसै भन्न सकिने अवस्था छैन् । तर प्रचार प्रसारको समयमा असन्तृष्टि बन्ने र निर्वाचन आचारसहिंता लागेपछि सक्रिय बन्नुले पनि निर्वाचन जित्नमा कांग्रेसलाई अप्ठयारो पर्न सक्छ । एमालेले महिना दिन अघि नै उम्मेद्वार चयन गरि घरदैलो गरिसकेको बेला कांग्रेसले अन्तिम समयमा उम्मेद्वार सार्वजनिक नगर्नुले पनि निर्वाचन जित्ने राम्रो शुभसंकेत होइन् । 

कांग्रेसले मेयरमा रायमाझीलाई मात्र उम्मेद्वार बनाए पनि उपमेयरमा भने गम्भिर चलखेल गरेको छ । उपमेयरमा महिला अनिवार्य उठाउनु पर्ने कानुनी प्रावधान रहेको छ तर कांग्रेसले उपमेयरमा आधिकारिक रुपमा कसैलाई उठाएको छैन् । मेयर पदका आकांक्षी रहेका नेता हरी प्रसाद पोख्रेललाई कांग्रेसले उपमेयरमा स्वतन्त्र उठ्न लगाएर चलखेल गरेको छ । मेयर पद नपाए पछि तीव्र असन्तृष्ट बनेका पोख्रेललाई उपमेयरमा उम्मेद्वारी बनाई पार्टि सभापति सुरेन्द्रराज आचार्यले रायमाझीलाई जिताउने गरि चलखेल गरेका हुन् । 

सबैभन्दा बढी मतदाता रहेका गाविसहरुमा एमालेको राम्रो वर्चश्व हुनु र वीरपुर जस्तो मतदाताको राम्रो पकट रहेको क्षेत्रमा जमसेद मिया स्वतन्त्र उठ्नुले पनि कांग्रेसलाई टाउको दुखाई भएको छ । सोहि क्षेत्रकै हरी पोख्रेलले रायमाझीलाई कसरी सघाउछन् भन्ने हेर्न बाकी छ । कांग्रेसले आफ्नो आन्तरिक कलह समयमै साम्य पार्न सकेन भने शिवराजको मेयर उमेयरको कुर्चि गुमाउन पनि सुक्छ ।   

यता नेकपा (एमाले) ले वरिष्ठ नेता नेत्रराज अधिकारीलाई मेयरको लागि उठाएको छ । शिवपुर निवासी अधिकारी त्यस गाविसका निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ । यस गाविसबाट ८ हजार भन्दा धेरै मतदाता रहेका छन् । क्षेत्र नम्बर ४ बाट दुई पटक सम्म संबिधानसभा निर्वाचनमा उठ्दा शिवपुरका जनताले उहालाई राम्रो भोट दिएका थिए । अझ पहिलो संबिधानसभा निर्वाचन भन्दा दोस्रो संबिधानसभा निर्वाचनमा अधिकारीले शिवपुर गाविसबाट धैरै राम्रो भोट ल्याउनुभएको थियो । 

यि ८ हजार भोटलाई बचाउन सके अधिकारीलाई मयेरमा जित्न सजिलो हुनेछ । निवर्तमान गाविस अध्यक्ष भएको नाताले जनताले अधिकारीलाई नै दिनेमा एमाले विश्वस्त छ । अझ एमालेले शिवपुर गाविसबाटै उपमेयरको रुपमा शिवकुमारी थारुलाई उठाएको छ । २१ बर्षिय थारु शिवपुरकि थारु समुदायिकी चर्चीत नेतृ हुन् । थारु र पहाडिया समुदायको बसोबास रहेको शिवपुरमा थारुलाई उमयेरमा उठाएकै कारण पनि एमलेलाई जित्न थप बल पुगेको छ । 

बढी मतदाता रहेको वीरपुर, चनई जस्ता गाविसमा अझै निवर्तमान अध्यक्ष आफुनो रहेकोले चुनाव आफ्नो पक्षमा आउनेमा एमाले ढुक्क जस्तै छ । लालपुर, जवाभारी, विशुनपुर जस्ता गाविसमा आफ्नो मत केहि कम आउने एमालेको अन्ुमान छ । यि गाविसमा कांग्रेसले बढी मत नल्याउन सक्छ यहाँ संघिय समाजबादी फोरम र नया शक्तिको गठबन्धन भयो भने गठबन्धनले नै जित्न सक्छ । किनभने यि गाविसमा मधेसी समुदायको राम्रो बाहुल्यता छ ।

यि साविक गाविसमा फोरमले जिते पनि एमालेलाई चुनाव जित्न सहज हुनेछ । किनकि एमालेको पकट रहेका गाविसमा फोरम नेपालका धेरै भोट छैनन् । तर कांग्रेसको भोट फोरम नेपालले काटे पनि राप्रपाबाट मेयरमा उठेका युवा नेता अजय थापाले एमालेको भोट काट्न सक्नेछन् । केहि महिना अघि सकिएको स्ववियु निर्वाचनले पनि यो कुरा प्रमाणित गरिदिएको छ कि राप्रपाका अजय थापा एमालेका मुख्य प्रतिस्पर्धी हुन् । चुनाव जित्नेमा थापा ढुक्क जस्तै छन् । 

शिवपुर र खरेन्द्रपुरको क्याम्पसमा स्ववियु सभापति जित्छौ भन्दै आएको एमालेले हावा खाई सकेको छ । सभापति बाहेकका अन्य पद एमाले अखिलले जिते पनि सभापति राप्रपाको नेप्राविसंघले जितेको छ । तर यि क्याम्पसमा राप्रपाका कार्यकर्ता धेरै भएर होइन् अजय थापा भएर हो । सिंगो युवापिढी थापाको समर्थनमा छ । थापा चनई निवासी हुन् । एमालेका भोट उनले कति काट्छन्, यसै भन्न सकिने अवस्था छैन् ।

साविक शिवगढी गाविसले पनि मेयर र उमयेरको कुर्चिमा पु¥याउन निर्णायक भुमिका खेल्न सक्छ । अरु पार्टिको तुलनामा शिवगढी माओबादीको आधार इलाका हो । नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लवको घर नै शिवगढी रहेको र नेकपाले चुनाव बहिस्कार गरेको कारण त्यहाका मतदाताले के गर्छन् यसै भन्न सकिने अवस्था छैन् । यदि भोट दिई हाले नेकपा (माओबादी केन्द्र) लाई दिन सक्नेछन्, किनकि त्यहा सहीद परिवार धेरैछन् । सहीद परिवारको मर्म माओबादी केन्द्रले बुज्छ कि भन्ने आशा उनिहरुमा लाग्न सक्छ । 

शिवराजमा नेकपा (माओबादी केन्द्र) ले डा. प्रकाश पौडेललाई मेयर र श्वेता योगीलाई उपमेयरमा उठाएको छ । चन्द्रौटामा लामो समय चिकित्सकको रुपमा रहि नागरिकलाई सेवा दिदै आएको र सहीद परिवार भएको कारण पौडेल पनि कांग्रेस एमालेका मुख्य प्रतिस्पर्धी हुन सक्नेछन् । तर माओबादी केन्द्रका कार्यकर्ता भन्दा नेकपाका कार्यकर्ता धेरै भएको कारण समस्या जितको लागि समस्या हुन सक्ला । 

यद्यपि दोस्रो संबिधानसभामा बैद्य माओबादीले चुनावको विरोध गरे पनि मतदाताहरुले एमालेलाई सघाएको चर्चा सुनिने गर्छ । तर यसपालि सहीद परिवारकै सदस्य र समाजिक व्यक्ति भएको कारण पौडेललाई चन्द नेतृत्वको नेकपा र बैद्य नेतृत्वको क्रान्तिकारी माओबादीले सघाउन सक्छ । अहिले एमालेले यसको फाइदा नउठाउन पनि सक्छ । यसले गर्दा पनि एमालेलाई शिवगढीमा चुनाव जित्न बढी मेहनत गर्नुपर्ला । 

फेरी एमालेले उठाएको उम्मेद्वार अरु भन्दा वरिष्ठ नेता हुन् । पटक पटक संसदीय चुनावमा लडेर पनि हारलाई सहजै स्विकार गर्न सक्ने अधिकारीको अर्को विशेषता हो । चुनाव हारेपनि जनताको घरदैलोमा पुग्ने अधिकारीको बानी आफैमा गजबको छ । यसले गर्दा यसपाली जनताले एमाले उम्मेद्वार अधिकारीलाई पताउनेमा एमालेवृत्त ढुक्क छ । 

यता शिवराजमा मेयर र उपमयेरको मुख्य प्रतिस्पर्धी संघिय समाजबादी फोरम नेपाल पनि हो । उसले मधेसका अधिकांश मत तान्न सकनेछ । राजपा नेपाल चुनावमा भाग नलिए सबै भन्दा बढी फाइदा फोरम नेपाललाई हुनेछ । किनकि राजपा नेपालका कार्यकर्ताले आफुलाई भोट दिन्छन् भन्नेमा फोरम विश्वस्त हुनसक्छ । 

फोरम नेपालले नया शक्ति संग चुनावी तालमेल गरेको र इलियास मुसलमान जस्ता त्यस क्षेत्रका नया शक्तिका नेता हुनुले पनि फोरम नेपालले मयेर पद चड्काउन्छ यसै भन्न सकिने अवस्था छैन् । 

साथै लामो समय स्थानिय निकायमा सरकारी कर्मचारी रहि काम गरेका कृष्ण प्रसाद चौधरी जस्ता उम्मेद्वार संघिय समाजबादी फोरम नेपालबाट उठ्न खोज्नु पार्टिलाई फाइदाको बिषय हुन सक्छ । जे भएपनि त्यहा नया शक्तिका इलियास मुसलमान र फोरम नेपालका कृष्ण चौधरी मध्ये एकले मेयरको उम्मेद्वार पाउनेछन् । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article वाणगंगामा बस र ट्रक ठोक्किदा एकको मृत्यु, १५ जना घाइते
Next Article फेरि देखियो स्क्रब टाइफस, चारजनामा सङ्क्रमण
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

शान्ति, सुरक्षा र कोरोना नियन्त्रणमा परिचालन हुन सुरक्षा निकायलाई गृहमन्त्री थापाको निर्देशन

57 years ago
काठमाडौँ - KTMराजनीति

प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा अरुण सुवेदी नियुक्त

57 years ago
काठमाडौँ - KTMचितवन - CTWराजनीति

माओवादी निकट प्रेस सेन्टरको अधिवेसन सुरु

57 years ago
राजनीति

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?