दिपक अनुरागी/असार १४, कपिलवस्तु । दोस्रो चरणको स्थानीय तह निर्वाचन कपिलवस्तुमा ७५ प्रतिशत मत खसेको छ । विहान ७ बजे देखि सुचारु भएको मतदान प्रकियामा साझ ५ बजे सम्म "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिपक अनुरागी/असार १४, कपिलवस्तु । दोस्रो चरणको स्थानीय तह निर्वाचन कपिलवस्तुमा ७५ प्रतिशत मत खसेको छ । विहान ७ बजे देखि सुचारु भएको मतदान प्रकियामा साझ ५ बजे सम्म "/>

2026-09-16 04:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा ७५ प्रतिशत मत खस्यो

दिपक अनुरागी/असार १४, कपिलवस्तु । दोस्रो चरणको स्थानीय तह निर्वाचन कपिलवस्तुमा ७५ प्रतिशत मत खसेको छ । विहान ७ बजे देखि सुचारु भएको मतदान प्रकियामा साझ ५ बजे सम्म ७५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलयका प्रमुख ज्ञानहरी घिमिरेले जानकारी दिनुभएको छ । 

जिल्लाका १० स्थानीय तहका २ सय ३३ मतदान स्थलका ३ सय ८७ केन्द्र रहेका थिए । सबै मतदान केन्द्रमा कपिलवस्तुका नागरिकले मतदान गरेका छन् । लामो समयपछि मतदान गर्न पाएपछि मतदाता निकै उत्साहित देखिएका थिए । मतदान केन्द्रमा मतदाताहरु विहानै देखि लाइनमा बसेका थिए । विहान पानी पर्ने संकेत देखिए पनि जिल्लामा आज मौसमले पनि साथ दिएको छ । 

यसैगरि जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सकिएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले जानकारी दिनुभयो । राजपा नेपाल र नेकपाको आधार इलाका बोलियो मानिएको कपिलवस्तुमा शान्तिपुर्ण मतदान भएको हो । राजपाका नेताहरुले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएको कारण पनि जिल्लामा निर्वाचन शान्तिपुर्ण रुपमा भएको प्रहरीले जनाएको छ । 

विशेषगरी जिल्लाको कपिलवस्तु, महाराजगञ्ज, कृष्णनगरनगरपालिका र यशोधरा र मायादेवी गाउपालिकामा राजपाको राम्रै पकेट क्ष्ाँत्र मानिएको थियो तर यि स्थानीय तहमा मतदाताले निर्वाचनमा उत्साह रुपमा भाग लिएका छन् ।

यसैगरि नेपाल कम्युनिष्ट पार्टिको आधार इलाका मानिएको शिवराज नगरपालिकाको वडा नम्बर ९ शिवगढीमा पनि शान्तिपुर्वक मतदान भएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक प्रह्लाद सुवेदीले जानकारी दिनुभयो । साविक शिवगढी गाविसमा पर्ने यस क्षेत्रमा नेकपाको आधार इलाका मानिन्छ । नेत्र विक्रम चन्द्र (विप्लव)को घरपनि यहि क्षेत्रमा छ । 

कुल ५ सय २६ जन प्रतिनिधी चयनका लागी बुधबार भैरहेको स्थानीय तहको निर्वाचनमा ३ हजार १ सय ३६ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । भने कुल २ लाख ८६ हजार ५ सय ४८ मतदाता रहेका थिए ।

यता जिल्लामा १ सय १० बर्षिय एक जना बृद्धाले मतदान गर्नुभएको छ । जिल्लाको वाणगंगा नगरपालिका ११ हथौसा घरबुदिया निवासी पुर्णकला ज्ञवालीले मतदान गर्नुभएको हो । उहालाई मतदान स्थलका कर्मचारीले उचालेर मतदान केन्द्रमा पु¥याएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग