2026-10-31 09:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

यस्तो छ कपिलबस्तुको पछिल्लो मत परिणाम

दिपक अनुरागी/असार १६, कपिलवस्तु । कपिलवस्तुका १० वटै स्थानीय तहको मतगणना चलिरहेको छ । 

रातभर गणना भएको मतपरिणाम धमाधम सार्वजनिक हुन थालेका छन् । प्राप्त विवरण अनुसार शिवराजनगरपालिकाको वडा नम्बर २ को अध्यक्ष सहित फोरम लोकतान्त्रिकको प्यानल नै विजयी बनेको छ । फोरम लोकतान्त्रिकका वडा अध्यक्ष राम बहादुर थारुले ५ सय ९९ मत ल्याई विजयी हुनुभएको छ ।

शिवराजको नगर तर्फ एमालेका मेयर अगाडी देखिनुभएको छ । उहाले हाल सम्म ९ सय ५५ मत पाउनुभएको छ । उपप्रमुखमा ९ सय ७० मत ल्याउनुभएको छ । यस्तै फोरम लोकतान्त्रिकका मेयरले ५ सय ३३ मत ल्याई पछ्याइरहनुभएको छ ।

वाणगंगा नगरपालिकामा कांग्रेस माओबादी गठबन्धनका मेयरले १ हजार ३ सय ३१ मत प्राप्त गनुएभएको छ । उपमेयरले ८ सय ९१ मत ल्याउनुभएको छ । एमालेका मेयरले १ हजार ७८ मत ल्याउनुभएको छ । उपमेयरले १ हजार ६४ मत ल्याउनुभएको छ । 

बुद्धभुमिमा नेपाली कांग्रेसका मेयर केशव कुमार श्रेष्ठले ६ सय ९७ पाउनुभएको छ । उपमेयरमा सावित्रा थारुले ६ सय ४ मत प्राप्त गर्नुभएको छ । एमालेका मेयर रुपेश कुमार श्रेष्ठले ६ सय १३ मत प्राप्त गर्नुभयो । उपमेयरमा मञ्जु थारुले ५ सय ९७ मत ल्याउनुभएको छ । 

कपिलवस्तु नगरपालिकामा नेपाली कांग्रेसका प्रमुखले ३ सय ३८, उपप्रमुखले ३ सय ८३ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । स्वतन्त्रका मेयरले ३ सय २२ मत प्रास्त गर्नुभएको छ । 

महाराजगञ्ज नगरपालिकामा भने स्वतन्त्र उम्मेद्वार अगाडी रहनुभएको छ । स्वतन्त्रले प्राप्त विवरण अनुसार ४ सय १० मत ल्याई अग्रस्थानमा हुनुहुन्छ । नेपाली कांग्रेसका मेयरले २ सय ४६ मत ल्याउनुभएको छ ।

कृष्णनगर नगरपालिकामा भने राप्रपाका मेयरले ३ सय ४६ मत ल्याई अग्रता ल्याइरहनुभएको छ । उपप्रमुखमा २ सय ७ मत आएको छ । स्वतन्त्र मेयरमा १ सय ९५ मत आएको छ । 

मायादेवी गाउपालिकामा संघिय समाजबादी फोरमका प्रमुख २ सय २९, उपप्रमुखमा १ सय ७१ ल्याउनुभएको छ । नेपाली कांग्रेसका प्रमुखले १ सय ७३, फोरम लोकतान्त्रिकका प्रमुखले १ सय १८ मत प्राप्त गर्नुभएको छ । 

शुद्धोधन गाउपालिकाका नेपाली कांग्रेसका प्रमुखले ९० मत ल्याउनुभएको छ । उपप्रमुखमा १ सय ७७ मत छ । एमालेका प्रमुखलाई ८० र उपप्रमुखमा ६३ मत आएको छ ।  

यशोधरा गाउपालिकामा पनि कांग्रेसले नै अग्रता ल्याइरहेको छ । त्यहा कांग्रेसका प्रमुखले २ सय ५२ र उप्रमुखले २ सय २८ मत ल्याउनुभएको छ । माओबादी केन्द्रका प्रमुखले १ सय ८८ र उपप्रमुखले १ सय ६१ मत ल्याई पछ्याइरहनुभएको छ । 

विजय नगरगाउपालिकामा एमाले प्रमुखले २ सय १९ मत ल्याई अगाडी रहनुभएको छ । स्वतन्त्र प्रमुखका उम्मेद्वारले १ सय ६६ मत प्राप्त गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय