Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

यस्तो छ कपिलबस्तुको पछिल्लो मत परिणाम

२०७४, १६ असार शुक्रबार ०१:५२

दिपक अनुरागी/असार १६, कपिलवस्तु । कपिलवस्तुका १० वटै स्थानीय तहको मतगणना चलिरहेको छ । 

रातभर गणना भएको मतपरिणाम धमाधम सार्वजनिक हुन थालेका छन् । प्राप्त विवरण अनुसार शिवराजनगरपालिकाको वडा नम्बर २ को अध्यक्ष सहित फोरम लोकतान्त्रिकको प्यानल नै विजयी बनेको छ । फोरम लोकतान्त्रिकका वडा अध्यक्ष राम बहादुर थारुले ५ सय ९९ मत ल्याई विजयी हुनुभएको छ ।

शिवराजको नगर तर्फ एमालेका मेयर अगाडी देखिनुभएको छ । उहाले हाल सम्म ९ सय ५५ मत पाउनुभएको छ । उपप्रमुखमा ९ सय ७० मत ल्याउनुभएको छ । यस्तै फोरम लोकतान्त्रिकका मेयरले ५ सय ३३ मत ल्याई पछ्याइरहनुभएको छ ।

वाणगंगा नगरपालिकामा कांग्रेस माओबादी गठबन्धनका मेयरले १ हजार ३ सय ३१ मत प्राप्त गनुएभएको छ । उपमेयरले ८ सय ९१ मत ल्याउनुभएको छ । एमालेका मेयरले १ हजार ७८ मत ल्याउनुभएको छ । उपमेयरले १ हजार ६४ मत ल्याउनुभएको छ । 

बुद्धभुमिमा नेपाली कांग्रेसका मेयर केशव कुमार श्रेष्ठले ६ सय ९७ पाउनुभएको छ । उपमेयरमा सावित्रा थारुले ६ सय ४ मत प्राप्त गर्नुभएको छ । एमालेका मेयर रुपेश कुमार श्रेष्ठले ६ सय १३ मत प्राप्त गर्नुभयो । उपमेयरमा मञ्जु थारुले ५ सय ९७ मत ल्याउनुभएको छ । 

कपिलवस्तु नगरपालिकामा नेपाली कांग्रेसका प्रमुखले ३ सय ३८, उपप्रमुखले ३ सय ८३ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । स्वतन्त्रका मेयरले ३ सय २२ मत प्रास्त गर्नुभएको छ । 

महाराजगञ्ज नगरपालिकामा भने स्वतन्त्र उम्मेद्वार अगाडी रहनुभएको छ । स्वतन्त्रले प्राप्त विवरण अनुसार ४ सय १० मत ल्याई अग्रस्थानमा हुनुहुन्छ । नेपाली कांग्रेसका मेयरले २ सय ४६ मत ल्याउनुभएको छ ।

कृष्णनगर नगरपालिकामा भने राप्रपाका मेयरले ३ सय ४६ मत ल्याई अग्रता ल्याइरहनुभएको छ । उपप्रमुखमा २ सय ७ मत आएको छ । स्वतन्त्र मेयरमा १ सय ९५ मत आएको छ । 

मायादेवी गाउपालिकामा संघिय समाजबादी फोरमका प्रमुख २ सय २९, उपप्रमुखमा १ सय ७१ ल्याउनुभएको छ । नेपाली कांग्रेसका प्रमुखले १ सय ७३, फोरम लोकतान्त्रिकका प्रमुखले १ सय १८ मत प्राप्त गर्नुभएको छ । 

शुद्धोधन गाउपालिकाका नेपाली कांग्रेसका प्रमुखले ९० मत ल्याउनुभएको छ । उपप्रमुखमा १ सय ७७ मत छ । एमालेका प्रमुखलाई ८० र उपप्रमुखमा ६३ मत आएको छ ।  

यशोधरा गाउपालिकामा पनि कांग्रेसले नै अग्रता ल्याइरहेको छ । त्यहा कांग्रेसका प्रमुखले २ सय ५२ र उप्रमुखले २ सय २८ मत ल्याउनुभएको छ । माओबादी केन्द्रका प्रमुखले १ सय ८८ र उपप्रमुखले १ सय ६१ मत ल्याई पछ्याइरहनुभएको छ । 

विजय नगरगाउपालिकामा एमाले प्रमुखले २ सय १९ मत ल्याई अगाडी रहनुभएको छ । स्वतन्त्र प्रमुखका उम्मेद्वारले १ सय ६६ मत प्राप्त गर्नुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै