दिपक अनुरागी/कपिलवस्तु २०, असार । कपिलवस्तुको शिवराज नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । 

मङ्गलबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार एमालेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिपक अनुरागी/कपिलवस्तु २०, असार । कपिलवस्तुको शिवराज नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । 

मङ्गलबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार एमालेक"/>

2026-06-30 11:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुको शिवराज नगरपालिकामा एमाले विजयी

2017-07-04


दिपक अनुरागी/कपिलवस्तु २०, असार । कपिलवस्तुको शिवराज नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । 

मङ्गलबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार एमालेका उम्मेद्वार नेत्रराज अधिकारी ६ हजार १ सय ५५ मत ल्याई मेयरमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत शेषकान्त पंथीले जानकारी दिनुभएको छ । निकटतम प्रतिद्धन्द्धि संघिय समाजबादी फोरम नेपालका कृष्ण कुमार चौधरीले ४ हजार ७ सय ४२ मत ल्याउनुभएको छ । 

उपमेयरमा पनि एमालेकी शिवकुमारी थारु भारी मतले विजयी हुनुभएको छ । थारुले ५ हजार ९ सय ६२ मत ल्याउनुभएको छ । निकटतम प्रतिद्धन्द्धि संघिय समाजबादी फोरमकी सुमन यादवले ३ हजार २९ मत प्राप्त गर्नुभयो । 

शिवराजका ११ वटा वडा मध्ये एमालेले चार, संघिय समाजबादी फोरमले दुई, स्वतन्त्रले दुई, फोरम (लोकतान्त्रिक), नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले एक एक वडामा जित हासिल गर्न सफल भएका छन् । 

निकै प्रतिस्पर्धा रहेको शिवराजमा अन्तत्वगोत्वा एमालेले नै मेयर र उपमेयर पदमा विजय हासिल गरेको छ । नगरमा एमाले र कांग्रेस विच तिव्र प्रतिस्पर्धा चल्ने अनुमान गरिए पनि कांग्रेसले २ हजार मत पनि ल्याउन सकेन । 

उपमयेर निर्वाचित शिव कुमारी थारु २३ बर्षिय युवती हुन् । एमालेले मेयर र उपमेयरमा चसनाव जितेपछि उसका कार्यकर्ताले अहिले भव्य खुसीयाली मनाइरहेको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ