असार २८, कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नं ९ बाट संयुक्त प्यानलसहित विजयी बनेका वडा अध्यक्ष चुर बहादुर खड्का जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २८, कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नं ९ बाट संयुक्त प्यानलसहित विजयी बनेका वडा अध्यक्ष चुर बहादुर खड्का जि"/>

2026-09-16 04:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

वडा अध्यक्ष खड्काको पहिलो निर्णय पुर्ण सरसफाई


असार २८, कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नं ९ बाट संयुक्त प्यानलसहित विजयी बनेका वडा अध्यक्ष चुर बहादुर खड्का जिवनले भब्य समारोहका विच पदभार ग्रहण गरेका छन् ।

जिल्लाको विकट मानिएको शिवगढी गाउ स्थित वडा कार्यालयको भवनमा वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन । उनि संगै वडा सदस्यमा विजयी बनेका सबै सदस्यले पदभार ग्रहण गरेका हुन ।

पदभार ग्रहण गरे संगै वडा अध्यक्षले आफनो वडालाई पुर्ण सरसफाई उन्मुख वडा घोषणा गर्ने र सेवालाई चुस्त दुस्त थप प्रभावकारी गदै सहज बनाउने निर्णय गरेका छन । शिवगढीमा स्वास्थ्य समस्या रहेको र त्यसको प्रमुख कारण सरसफाई भएकाले आफुले वडालाई सरसफाई उन्मुख वडा को निर्णय गरेको बताए । म जुनसुकै पार्टिबाट चुनाव लडे पनि म अब सबैको साझा हु । मैले कुनै पनि राजनैतिक दल विशेषलाई प्राथमिकतामा राखी काम गर्ने छैन उनले आफ्नो प्रतिबद्धता ब्यक्त गरे ।

कोहि कसैले पनि आजबाट मैले सेवा समयमै पाईन ,ढिलाई भयो , कर्मचारीले टेरेन भन्ने गुनासो आउने छैन उनले भने । हामी तपाईहरु काम गर्ने जिम्मेवारी बोकेर आएका हो । हामीलाई आफना समस्या भन्न कुनै अपठ्यारो मान्नु पदैन खड्का ले भने ।

भब्य समारोहका आयोजना गरेर पदभार ग्रहण कार्यक्रमको आयोजना गरेका वडा सचिव प्रेमवलीले अब आफुलाई पनि काम गर्न सहज वातावरण बन्नेमा विश्वास ब्यक्त गरे । जनप्रतिनिधी नहुदा हामीलाई काम गर्न अप्ठ्यारो थियो । निर्णयार्थ काम गर्ने अवस्था थिएन । अब मलाई विश्वास छ सबैखाले समस्याको समाधान हुनेछ । सेवा प्रभावकारी हुनेमा ढुक्क हुन म सबैलाई आग्रह गर्न चाहन्छु ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग