२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी : ओली अलि बढी ‘खुला र प्रष्ट’, प्रचण्ड सदा झैँ कुटील र ‘छद्‍म’

२०८१, २५ पुष बिहीबार १३:१४

काठमाडौँ | पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को मंगलबार सम्पन्न भएको केन्द्रीय कमिटी बैठकलाई लिएर टिप्पणी गरेका छन्। भट्टराईले बिहीबार बिहान बैठकको तुलना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली अलि बढी खुला र प्रस्ट भएको विश्लेषण गरेका छन्। उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सदा झैँ कुटिल र छद्म रहेको टिप्पणी गरेका छन्।

उनले नेपालको जटील भूराजनीतिक सन्दर्भ केलाउँदै नेपाल र रूसको नियति फरक होला ? भन्दै प्रश्न समेत गरेका छन्। ‘ओली र प्रचण्डका कम्युनिष्ट पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो- बाहिरी रूप ‘समाजवादी’ भित्री सार नोकरशाही पुँजीवादी!’नेसपाका अध्यक्षसमेत रहेका भट्टराईले भनेका छन्,‘बरू ओली अलि बढी खुला र प्रष्ट ! प्रचण्ड सदा झैं कुटील र छद्म! खासगरी नेपालको जटील भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा र क्रान्तिकारी लफ्फाजी (revolutionary phrase-mongering) को प्रयोगमा ! बाघ vs ब्वाँसो ? नेपाल र रूसको नियति फरक होला ?’

एमाले र माओवादी बैठक केन्द्रीय कमिटी बैठक आइतबार सुरू भएर मंगलबार सकिएको थियो। एमालेले आइतबार नै राजनीतिक र सांगठनिक प्रतिवेदन सार्वजनिक गरेको थियो भने माओवादी केन्द्रले भने अध्यक्ष प्रचण्डले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन पारित नभएससम्म सार्वजनिक नगर्ने भन्दै बाहिरिइएन। दुवै दलले प्रतिवेदन पारित गरेका छन्।

निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि ‘मिसन– २०८४’ मा होमिएको एमालेले समाजवादको लक्ष्य हासिल गर्न पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने प्रण गरेको छ। कांग्रेस एमालेको संयुक्त सरकार बनेसँगै मुलुकमा राजनीतिक स्थायित्वको आशा जागृत भएको एमालेको ठम्याइ छ।

सत्तारुढ दलहरू बीचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ होस् र यो सरकार प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सफल होस् भन्ने कामना एमाले बैठकले गरेको छ। मिथ्यासूचना (मिसइन्फर्मेसन), दुराशययुक्त सूचना (डिसइन्फर्मेसन) र झुठ्ठा सूचना (फेक इन्फरमेशन) विश्वव्यापी चुनौती बनेको एमाले निष्कर्ष छ। मिथ्या सूचनाले समाजमा विभाजन, प्रदूषण र नैराश्य सिर्जना गरिरहेको एमालेको विश्लेषण छ।

निर्वाचन प्रणालीमा ध्यान दिनु पर्ने माओवादी बैठकले एजेन्डा बनाएको छ। माओवादी केन्द्रले संविधान संशोधनभन्दा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ। विशेष महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको बेला नेकपा माओवादी केन्द्रको बैठकले पहिलो ६ महिना अभियानमा जाने र त्यसपछि अर्को ६ महिनाको तयारी गरेर महाधिवेशन गर्ने निर्णय गरेको छ। बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ। कतिपय केन्द्रीय सदस्यले भने पुन: पार्टी एकता गरेको भनेर नेतृत्वले महाधिवेशन छल्न खोज्न सक्ने टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा