2026-09-15 01:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राप्रपा शाहीले कांग्रेसका २ महामन्त्रीलाई भने – नीति तथा कार्यक्रम छलफलमा कहीँ पनि देखिनुभएन किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका दुई महामन्त्रीलाई खोजे।

कांग्रेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नीति तथा कार्यक्रम छलफलमा प्रतिनिधि सभामा उपस्थित नभएको उनको भनाइ छ। सरकार संसदप्रति जबाफदेही हुनुपर्नेमा नभएकोले संसदको महत्त्व घट्दै गएको दाबी राप्रपा प्रमुख सचेतकसमेत रहेका शाहीको थियो।

‘तर एउटा आश्चर्य कुरा- मेरो पार्टीभन्दा परको कांग्रेसतिर गएँ म। नेपाली कांग्रेसमा दुई जना शसक्त युवा नेता हुनुहुन्छ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा। उहाँहरू नीति तथा कार्यक्रम छलफलमा कहीँ पनि देखिनुभएन,’ सांसद शाहीले भने, ‘यो संसदको सबैभन्दा ठूलो दल हो कांग्रेस। सरकारमा सहभागी पनि छ। सायद उहाँहरूलाई यस्तो लागेजस्तो लाग्यो- खाऊँ भने कान्छा बाबुको अनुहार, नखाऊ भने दिनभरिको शिकार।’

नीति तथा कार्यक्रममा केही पनि नआएकोमा विरोध गर्न कांग्रेस महामन्त्रीद्वयलाई आफ्नै पार्टी सरकारमा भएकोले गाह्रो परेको हुन सक्ने पनि उनको भनाइ छ। ‘विरोध गरौं, आफ्नै पार्टी सरकारमा छ, नगरौं मनले मानेको छैन। संसद नै छाडिदिऊ आनन्दै,’ गगन र विश्वप्रकाशलाई लक्ष्य गर्दै उनले भने। महामन्त्री थापा स्वीट्जरल्याण्ड गएका थिए भने अर्का महामन्त्री शर्मा सगरमाथा आधार शिविर गएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ