2026-10-07 11:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सामसङ ग्यालेक्सी एस–२५एज भारतीय बजारमा सार्वजनिक,२५ वाटको फास्ट चार्जिङ सुविधा

काठमाडौँ । दक्षिण कोरियाली ब्राण्ड सामसङले सामसङ ग्यालेक्सी एस–२५एज भारतीय बजारमा सार्वजनिक गरेको छ। भारतीय सञ्चार माध्यमका अनुसार कम्पनीले उक्त फोन भारतीय बजारमा मंगलबार सार्वजनिक गरेको हो।

यो कम्पनीको फ्ल्यागसिप फोन अन्तर्गत पर्दछ। यो फोनको डिजाइन पातलो छ। ५.८ एमएमको मोटाइ रहेको फोनको जम्मा तौल एक सय ६३ ग्राम छ। कम्पनीका अनुसार यो फोन सामसङ ग्यालेक्सी एस सिरिज अन्तर्गतको सबैभन्दा पातलो फोन हो। फोनको डिस्प्ले ६.७ इञ्च छ। यो फोनले ‘आइफोन–१७ एयर’लाई टक्कर दिने उल्लेख गरिएको छ। फोनमा डुअल रियर क्यामरा डिजाइन गरिएको छ।

जसमा दुई सय मेगापिक्सलको मुख्य क्यामरा, १२ मेगापिक्सलको अल्ट्रावाइड क्यामरा छ। सेल्फीको लागि १२ मेगापिक्सल क्यामरा छ। फोनमा एआई विशेषता समावेश गरिएको छ। जसको सहायताले फोटो तथा भिडिओ लिँदा अनावश्यक रूपमा रहेका पछाडिका दृश्यलाई हटाउन सकिने छ।

त्यस्तै, ग्राहकले फोनमा ३९०० एमएएच ब्याट्रीका साथै २५ वाटको फास्ट चार्जिङ सुविधा पाउनेछन्। ग्राहकले यो फोन १२ जिबी/५१२ जिबी र १२ जिबी/२५६ जिबी क्षमतामा पाउनेछन्। फोनको मूल्य ९३ हजार तीन सय ७७ भारूदेखि सुरू हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए